आज यसकारण उपत्यका बन्दको आव्हन गरेको थियो वैद्य माओवादीले, तर फिर्ता लियो

11:06 PM

Loading...


काठमाडौँ, ९ असोज–
पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा (क्रान्तिकारी माओवादी) ले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ । - चन्दा सङ्कलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी)का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई रिहा गरेपछि बन्द फिर्ता लिइएको माओवादी उपत्यका संयोजक दिनेश शर्माले जानकारी दिनुभयो ।

सो पार्टीले पक्राउ कार्यकर्ता रिहाइको माग गर्दै आइतबार उपत्यका बन्द कार्यक्रम आयोजना गरेको थियो । पक्राउ नेता, कार्यकर्ता सिंहदरबार प्रहरी वृत्तमै शुक्रबारदेखि आमरण अनशन बसेकामा हिजाे रिहा गरिएको हो ।

You Might Also Like

0 comments