भूमिहीनलाई अनुदान उपलब्ध गराउन माग

9:51 AM

Loading...
नुवाकोट, १३ असोज । जिल्ला भूमिअधिकार मञ्च नुवाकोटले जिल्लाका भूमिहीन तथा बिर्ता समस्या भएका सर्वसाधारणलाई पनि अन्य सरह अनुदान रकम उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज ज्ञापनपत्र बुझाउँदै मञ्चले भूकम्पका कारण घर भत्केका परिवारलाई दिने अनुदान रकम, गुठी, बिर्ता, भूमिहीन किसानलाई उपलब्ध नगराइएको भन्दै अनुदान रकम प्रदान गरी सुरक्षित घर निर्माणको वातावरण निर्माण गर्न सरकारसँग माग गरेको हो । मञ्च नुवाकोटका अध्यक्ष चूडामणि गजुरेलको नेतृत्वमा विभिन्न गाविसबाट आएका भूमिहीन किसानले प्रजिअ विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाउँदै गोस्र्याङ, चारघरे, खड्गभन्ज्याङ, जिलिङ, रातमाटे, गणेस्थान लगायत गाविसमा एक हजार पाँच सयभन्दा धेरै परिवार गुठी तथा बिर्ता समस्याबाट प्रभावित भएको जनाउँदै भूमिहीनको समस्या समाधान गरी जग्गधनी पुर्जा वितरणको माग गरे । ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले भूमिअधिकारकर्मीले अघि सारेका माग नीतिनिर्माणसँग सम्बन्धित भएकाले जिल्लाबाट यसमा समाधानको ढोका नखुल्ने भएकाले ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइने आश्वासन दिनुभयो ।

You Might Also Like

0 comments