सलमानको फिल्ममा छैनन् फवाद
8:44 AM
Loading...
ताजाखबर। केहि समयदेखी खबर आईरहेको थियो कि फवाद खान, सलमान खानको आगामी फिल्मको हिस्सा हुनेछन् । यो खबर असत्य सावित भएको छ ।
यो फिल्म सलमान खानको प्रोडक्शन हाउस मातहतमा बन्नेछ । यो फिल्मको निर्देशन नितिन कक्कडले गर्नेछन् । फिल्मको शूटिंग अरको बर्ष हुनेछ । तर अहिले खबर आएको छ कि फवाद यो फिल्ममा हुनेछैनन् ।
नितिनले एक इन्टरभ्यूमा भनेका छन् कि उनले यो फिल्मको लागि फवादलाई साइन गरेका छैनन् । उनले आफुले कुनै पाकिस्तानीसँग साथमा फिल्म नबनाईरहेको स्पष्ट पारे ।
यद्यपी नितिनले कलाकार कुनै देश वा धर्मको नहुने समेत खुलाए । पछल्लो समय पाकिस्तानी कलाकारलाई भारत छोड्न धम्की समेत आईरहेका छन् । यो समयमा नितिनले यस्तो बताएका हुन् ।
भारत-पाकिस्तानबीचको झगडाले भारतमा करियर बनाईरहेका तथा चल्तीमा रहेका कलाकारको सुरक्षास्थिती गम्भीर हुँदै गएको बताईन्छ ।

![]() |
0 comments