फोहरबाट ऊर्जा उत्पादन गर्नेमा जोड

8:07 AM

Loading...


काठमाडौँ, ११ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकले काठमाडौँ उपत्यकाबाट दैनिक रुपमा निस्कने फोहरबाट ऊर्जा उत्पादन गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।नेपाली काँग्रेसका धनराज गुरुङद्वारा प्रस्तुत सो प्रस्तावलाई सोही दलका बद्रीप्रसाद पाण्डे र जीवन परिवारले समर्थन गर्नुभएको थियो । सो प्रस्तावमा उपत्यकाबाट दैनिक ६८९ टन फोहर उत्पादन हुने गरेको र यसको व्यवस्थापनमा अबाँै खर्च हुने गरेको परिपे्रक्ष्यमा फोहर उपयोग गरी नवीकरणीय ऊर्जा लगायत जैविक मल समेत उत्पादन गर्न सकिने भएकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने कार्य प्रारम्भ गर्न आवश्यक भएको जनाइएको छ ।

प्रस्तावमाथि रेवतीरमण भण्डारी, योगेन्द्र तामाङ घिसिङ, जेबी टुहुरे, प्रेम सुवाल, राजेन्द्रकुमार केसी, रामवीर मानन्धर, रामहरि खतिवडा, रामेश्वर ढुङ्गेल र प्रतीक्षा तिवारी मुखियाले फोहरबाट ऊर्जा उत्पादन गर्न सरकारले नयाँ नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले फोहरबाट ऊर्जा उत्पादनमा जोड दिएको र काठमाडाँै महानगरपालिकाले टेकुमा ऊर्जा उत्पादनको नमुना परीक्षण गरिरहेको जानकारी दिनुभयो । व्यवस्थापिका–संसद्को अर्काे बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

You Might Also Like

0 comments