९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई शिकार गरेर अघाएको बाघको संज्ञा दिएका छन् ।
पत्रकार गोपाल खनालको पुस्तक भूराजनीति सार्वजनिक कार्यक्रममा पूर्व प्रधानमन्त्री ओली कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भए ।
नेपाली कांग्रेस निदाएको छ कि ब्यूँझिएको छ थाहा छैन भन्दै उनले भने, ‘कांग्रेस चुपचाप छ, आरामसँग बसिरहेको छ केही भएको छैन जस्तो । बाघले कुनै शिकार भेट्टायो भने टन्न खान्छ र खुट्टा पसारेर बस्छ । कांग्रेसले के शिकार गर्यो, के पायो कुन्नी खुट्टा पसारेर बसेको छ ।’
उनले अघि भने, ‘के हो नीति कांग्रेसको ? प्रमुख पार्टीको परराष्ट्र नीति के हो ? आर्थिक नीति के हो ? उहाँहरुको सरकारको प्रवक्ताले बोल्छ, बाटो खोल्यो भने वातावरण विगि्रन्छ, कमेन्ट केही छ ? त्यही सहि हो या होइन ।’
0 comments