सडक दुर्घटनामा परि भारतीय नागरिकको मृत्यु
9:13 AM
Loading...
मोरङ, १० असोज । बेलबारी–३ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रु बस र भारतीय नं प्लेटको कार ठोकिँदा आज एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७५६१ नं को बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ यु ३४२१ नं को कार ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । दुर्घटनामा कार चालक भारत, सुपौल घर भएका २८ वर्षीय विनयकुमार जैसवालको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ ।
यसैबीच बयरवन–९ मा आज बिहान एक महिलाको शव फेला परेको छ । बयरवन–९ स्थित जङ्गलको झाडीमा नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया आर्य मूलकी महिलाको शव फेला परेको इप्रका पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

![]() |
0 comments