­
­

जेटिएको जागिर दिएपनि गर्दैन’- युवा कृषक गोपी यादव

9:06 AM

Loading...


खगेन्द्र दाहाल, नेपालगञ्ज- बाँके बसुदेवपुर वडा नं २५ का ३८ वर्षिय युवा कृषक गोपी प्रसाद यादव गाउकै अगुवा कृषकका रुपमा चिनिन्छन । गोपीले कक्षा ५ सम्म मात्र पढेका छन । घरको आर्थिक अवस्था कमजोर भएकाले ५ कक्षा भन्दा माथि चाहेर पनि पढ्न पाएनन्, । दैनिक ज्याला मजदुरी गरेर घरमा साझ विहानको छाक टार्ने कृषक यादव विस्तारै तरकारी खेती गर्न थालेपछि अवस्था नै फेरीएको छ । शुरुमा त उनले २०५८ सालमा ५ धुर जमिनमा तरकारी खेतिगर्न थाले । त्यहि ५ धुर जमिनमा लगाएको तरकारीले यादवलाई विस्तारै व्यवसायिक बन्न सिकायो । तरकारी खेती गर्ने क्षेत्रफल बढाउदै लगेका कृषक यादवले हाल १० कठ्ठा क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्ने गरेका छन ।तरकारी खेती गर्नु पुर्व कृषक गोपीले ज्याला मजदुरी सगै भैसी पनि पाल्ने गर्दथे । दुई वटा भैसी पालेका थिए उनले । भैसीलाई रोग लाग्दा उपचार गर्न नसक्दा दुवै भैसी म¥यो । भैसीमा लगाएको लगानी सबै डुवेको उनि बताउछन । गोपी यादवलाई भैसी नफापेपछि पाल्न छाडेर विस्तारै थोरै लगानि बाट तरकारीखेतीगर्न तर्फ लागेका हुन । पहिले सानो क्षेत्रमा तरकारी लगाउने कृषक गोपी ६५ साल देखी उनको व्यवसायिक तरकारी खेती गर्नमा रप्तार बढाए । एक्कासी ५ कठ्ठा क्षेत्रफल भन्दा बढिमा तरकारी खेती गर्न थाले त्यसमा पनि सफल भएपछि उनले अहिले १० कठ्ठा क्षेत्रफलमा तरकारी लगाउछन । युवा कृषकको रुपमा बेग्लै पहिचान बनाएका कृषक गोपीको बारीमा बाह्रै महिना तरकारी फल्छ । तरकारी खेतीमा गएर काम गर्न उनलाई आनन्द आउछ ।

तरकारी खेती गर्दा धेरै खुसी लाग्ने गरेको छ उनि भन्छन्, ‘मलाई जेटिएको जागिर दिए कसैले भने पनि गर्दैन तरकारी खेती मात्रै गर्छु ।’ गोपीलाई एक सस्थाले कृषि प्रावधिकको रुपमा काम गर्न भनेर प्रस्ताव आएको हो तर जागीर भन्दा तरकारीमा बढी फाइदा हुने देखेर जागिर खान मानेनन्, । पढाई कम भएपनि कसैभन्दा कम नभएको अनुभुति गराउन सफल छन युवा कृषक गोपी यादव । उनि राधा कृष्ण कृषि सहकारी सस्थाको अध्यक्ष्य भएर सस्था समेत चलाइरहेका छन । गोपीले तरकारी खेती सम्बन्धि आफु पनि थुप्रै तालिम लिइसकेका छन । हिजो आज विभिन्न कृषक , कृषक समुहहरुलाई तरकारी खेती सम्बन्धि तालिम दिन थालेका छन ।

उनले तालिम लिएरै एग्रोभेट पनि आफै खोलेका छन गाउँमा । कृषक गोपी यादवले जेटिएको जागिर पाएर पनि त्यसै छाडेका भने होइनन । उनि भन्छन जेटिएको जागिर भन्दा मैले तरकारीबाट बढी कमाउछु भने किन गर्ने ? अहिले कृषक गोपीले केहि नभएपनि तिन महिनामा १ लाख चोखो बचत गर्छन । यसरी हेर्ने हो भने उनले बार्षिक ४ चाख तरकारी उत्पादन गरेरै कमाएको देखिन्छ । कृषक गोपीको घरमा ८ जनाको परिवार छ । बहिर बाट तरकारी किनेर खादा विषादी हालेको धेरै पाइने भएकाले पनि आफै आग्रेनिक तरकारी फलाएर आफु पनि खाने र अरुलाई पनि खुवाउने गरेको बताउछन ।

You Might Also Like

0 comments