काठमाडौँ, ११ असोज । सिन्धुपाल्चोक माङ्गा–६ का दिनेश नेपालीको चार वर्षीया छोरी दिपिका नेपाली आज सोही ठाउँस्थित अँधेरी ठाडो खोलाले बगाएर बेपत्ता भएकी छिन् ।
आमासँग लुगा धुन गएको अवस्थामा खोलाले बगाएर उनलाई भोटेकोसी नदीतर्फ लगेको प्रहरीले जनाएको छ । उनको खोजी जारी रहेको समेत प्रहरीले जनाएको छ ।
0 comments