रसिया र अमेरिका तनावबीच अलेप्पोमा बमबारी : ८५ को मृत्यु, ३ सयभन्दा बढी घाइते

11:49 PM

Loading...
अलेप्पो, १० असोज । सिरियाली सेनाले विद्रोहीहरुको पकड रहेको पूर्वी अलेप्पो क्षेत्रमा गरेको बमबारीमा कम्तिमा ८५ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् । २ लाख ५० हजारभन्दा बढी जनसंख्या रहेको अलेप्पोमा पछिल्लो केही दिनमा निरन्तर बमबारी भइरहेको छ । छोटो समय भएको युद्धविराम भंग भएपछि सिरियाली सरकारले बिहिबार नयाँ चरणको कारवाही अघि बढाउने घोषणा गरेको थियो । एलेप्पो मिडिया सेन्टरका अनुसार आइतबार भएको कारवाहीमा मारिनेको संख्या पछिल्लो समयकै सबैभन्दा बढी हो ।

आक्रमणमा आवसीय क्षेत्र, अस्पताल लगायत पनि परेको सिएनएनले जनाएको छ । त्यहाँ कार्यरत मानवअधिकारवादी संस्था तथा स्वास्थ्यकर्मीहरुले अकाशमा लगातार फाइटर जेटहरु उडिरहेको कारण उद्दारमा कठिनाई भइरहेको बताएका छन् । त्यस्तै त्यहाँ औषधी, रगत र अन्य आवश्यकीय सामग्रीको चरम अभाव रहेको बताएका छन् । त्यस्तै त्यहाँ डाक्टरहरुको पनि अभाव रहेको छ । त्यहाँ कार्यरत एक अधिकारकर्मीका अनुसार अब अलेप्पोमा मात्र २० जना डाक्टरहरु बाँकी रहेका छन् ।

सिरियाली सरकारले नयाँ कारवाही थालेपछि संयुक्त राष्ट्रसंघको सेक्युरिटी काउन्सिलको आपतकालिन बैठक आइतबार बसेको थियो । उक्त बैठकमा कुटनीतिज्ञहरुबीच चर्काचर्की समेत परेको थियो । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत समान्था पावरले रसियाले सिरियाली सरकारको बरबरतालाई सहयोग गरेको भन्दै राहत सामग्रीमा समेत रसिया र असादले आक्रमण गरेको भन्दै विरो गरिन् ।जवाफमा रसियाली राजदूत भिटाली चुर्किनले अमेरिकाले विद्रोहीहरुलाई सघाएको कारण उद्दार र राहतमा असर पुर्याइरहेको बताए । अमेरिकाले सहयोग गरेका विद्रोही समूहका कारण पहिलेनै सामान्य बनिसक्नुपर्ने राहत र उद्दारमा ढिलाई भइरहेको तर्क गरे ।

You Might Also Like

0 comments