ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजको विकासमा उपयोग गर्नुपर्छ : मन्त्री केसी

11:53 PM

Loading...


काठमाडौँ, १५ असोज । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिक कोषले २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो — ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजको विकास तथा समृद्धिका लागि उपयोग गर्नुपर्दछ ।

मन्त्री केसीले ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि उनीहरुको अधिकार सुनिश्चित गराउनुपर्ने बताउँदै ज्येष्ठ नागरिकको हक, हित र अधिकार प्रवद्र्धनका लागि आफू जीवनभर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नयाँ संविधानले सबैको अधिकार सुरक्षित गरेको बताउँदै उहाँले असन्ुतष्ट पक्षको भावना समेट्न संविधान संशोधनमा एमालेको सहयोगको अपेक्षा पनि गर्नुभयो ।

कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको जानकारी दिँदै उनीहरुलाई सम्मानका साथ समाजका हरेक क्रियाकलापमा सहभागी गराउनुपर्ने बताउनुभयो ।

समाज कल्याण परिषद्का कामु निर्देशक शिवकुमार बस्नेत, अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली, अपाङ्ग कोषका प्रतिनिधि गोपाल भण्डारी, अधिकारकर्मी कृष्णमुरारी भण्डारी र खेमनाथ उपाध्यायले ज्येष्ठ नागरिकलाई आफ्नै घरमा सम्मान र आदरकासाथ धर्म, कर्ममा क्रियाशील बनाउनुपर्ने बताउँदै त्यसका लागि समाजमा चेतनाको लहर फैलाउनुपर्ने बिचारव्यक्त गर्नुभयो ।

You Might Also Like

0 comments