महिनामा १५ लाखको कस्तो खाना खान्थे केपी ओली ? (खर्च विववरणसहित)
8:53 AM
Loading...
काठमाडौं, असोज १० । पूर्व प्रधानमन्त्री ओलीले एक महिनामा १५ लाखको खाना खाएको सार्वजनिक भएपछि उनले कस्तो खाना खान्थे त ? भन्ने प्रश्न समेत जन्मेको छ ।
केही मिडियाले पूर्व प्रधानमन्त्री ओलीको मासिक खर्चको विवरण सार्वजनिक गरेपछि खाना समेत अनियमितता त भएको थिएन ? भन्ने प्रश्न समेत उठेको हो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नौ महिने कार्यकालमा १ करोड ३४ लाख खर्च गरेका थिए । औषतमा १५ लाख जति खानामा खर्च खर्चको अभिलेख हेर्दा कतिपय महिनामा २५ लाखसम्म खर्च गरेको खुल्न आएको समाचारमा उल्लेख छ ।
त्यसो भए १५ लाखको के खान्थे त ओली ? त्यसो त पूर्व प्रधानमन्त्री ओली आफू भने मृगौलाको उपचार गराएर बसेका व्यक्ति हुन ।
सामान्यतः प्रधानमन्त्री कार्यालयमा पाहुन सत्कारका लागि केही लाख खर्च हुनु स्वभाविकै हो । तर प्रचण्डको पहिलो ५० दिनको खर्च र ओलीको औसत खर्च हेर्दा यो अस्वभाविक देखिन्छ । प्रचण्डको भन्दा ओलीले झण्डै ७ सय प्रतिशत बढी खानामा खर्च गरेका छन् । प्रचण्डले आफ्नो ५१ दिनको कार्यकालमा २ लाख ३१ हजार मात्रै खर्च गरेको श्रोतले बताएको छ ।
ओलीको प्रधानमन्त्री कालमा गरेको खर्चको भुक्तानी तिर्न अहिले पनि प्रधानमन्त्री कार्यालयमा बिल आउने गरेका छन् ।
पूर्व प्रधानमन्त्री ओलीले सनकको भरमा मानिसहरु बोलाएर भोज खुवाउने गरेकोले पनि बिल बढी आएको कतिपयको टिप्पणी छ । “भोजमा गरेको खर्चका बिलहरु अहिले पनि आइरहेका छन् । कसरी भुक्तानी गर्ने ? हामी आफै अप्ठ्यारोमा परेका छौं ।” प्रधानमन्त्री कार्यालयका कर्मचारी भन्छन्, “हालैमात्र भोज र गाडी मर्मतको नाममा ११ लाखको बिल अहिले प्रधानमन्त्री कार्यालयमा पेस भएको छ ।”
ओलीले सोल्टी होटल, अन्नपूर्ण होटल, बुद्धनारायण खाद्यान्न सप्लायर्स, अनमोल क्याटरिङमा गरेको खर्च निकै अस्वाभाविक देखिन्छ । तथ्याङ्क हेर्दा जतिसुकै सुशासनको कुरा गरे पनि ओलीको कार्यकालमा राज्य कोषको चरम दुरुपयोग भएको कर्मचारीहरु नै बताउँछन् ।
साभार एभरेष्ट दैनिक बाट

![]() |
0 comments