संविधान कार्यान्वयन जटिल बन्दै — काँग्रेस नेता पौडल
8:47 AM
Loading...
नेपालगञ्ज, १० असोज- नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संक्रमण यथावत् रहेकाले संविधान कार्यान्वयनको अवस्था निकै जटिल रहेको बताउनुभएको छ । कैलाश मानसरोवर तीर्थयात्रामा जाने क्रममा आज नेपालगञ्जमा कार्यकर्तालाई सम्बोधन गर्दै मधेशी दलले पनि संविधानलाई नस्वीकारेको र संविधानले नै व्यवस्था गरेको स्थानीय तह, प्रादेशिक र केन्द्रीय तह पुनःसंरचनाको कुरा पनि लथालिंग भएकाले संविधान कार्यान्वयनको अवस्था निकै जटिल रहेको बताउनुभयो । राष्ट्रका समस्या समाधान गर्ने भन्दा पनि सत्ताको खेल बढी हुन थालेको भन्दै पौडेलले चिन्ता व्यक्त गर्नुभयो । संविधानको सहज र शिघ्र कार्यान्वयनका लागि दलीय एकतामा उहाँले जोड दिनुभयो । संविधान कार्यान्वयन, स्थानीय निकाय र सरकार सञ्चालनका विषयमा पार्टीको आधिकारिक धारणा बाहिर आउनुपर्ने पौडेलको भनाई छ । पटक–पटक केन्द्रीय समिति बैठक बोलाउन आफूहरुले सम्झाईरहे पनि पार्टी सभापतिले त्यसो नगरेको उहाँले बताउनुभयो । संविधान संशोधनका विषयमा बजारमा धेरै कुरा आएको बताउँदै पौडेलले यसमा नेपाली काँग्रेसले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताउनुभयो । पार्टी सभापतिको कार्यशैलीले काँग्रेस आलोचित भएको पौडेलेको आरोप छ ।

![]() |
0 comments