बौद्ध अर्घौं सदनको ३९ औं वार्षिक साधारण सभा

12:18 AM

Loading...
पोखरा, ९ असोज-
पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनको ३९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभाको प्रमुख अतिथि प्रधान मन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव महेन्द्रमान तमु, सदन गुम्बाका प्रमुख लामा आचार्य थुब्तेय येसे र लोपेन जिग्मी दोर्जेले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सचिव महेन्द्रमान तमुले लामो इतिहास बोकेको स्वंयसेवी संस्था बौद्ध अर्घौं सदनलाई आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले सदनले आवाश्यक प्रकृया मिलाएर माग भएमा आफुले राज्यको श्रोतलाई उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । सदनको लागि विधुतिय शवदहन र नयाँ बन्न लागिरहेको बहुउद्धेश्यीय गुम्बाका लागि सबैको साथ जरुरी रहेको बताउनुहुदै संस्थामा युवा सहभागीतालाई ध्यान दिन सुझाव दिनुभयो । विषय वस्तुका बारेमा जानकारी गराउन अब गुम्बाहरुले पनि भक्तजनहरु विच विभिन्न विषयमा अन्तरक्रियात्मक छलफलको वातावरण बनाउनु पर्दछ भन्नुहुदै उहाँले संविधान अधुरो अपुरो भए पनि अधिकारको उपायोग गर्नुपर्नेमा जोड दिनुभयो । बौद्धमार्गीहरुको सहिष्णुताले समाजमा पुर्याएको प्रभावको तमु प्राज्ञिकहरुले अनुसन्धान गर्दा उपयुक्त हुने भन्दै पोखरामा गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्चको गठन भई क्रियाशील रहेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालका अध्यक्ष सुन्दर तमु, पोखराका पुवए उपमेयर क्या.मानबहादुर तमु, सदनका सल्लाहकार अध्यक्ष तथा निर्वतमान अध्यक्ष क्या.मनबहादुर तमु, पुर्व अध्यक्ष जमदार बिलबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै बौद्ध अर्घौ सदनलाई व्यवस्थित र समृद्धिका लागि सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।
सदनका प्रमुख लामा गुरु आचार्य थुप्तेन येशेले तमु प्ये ताँ ल्हु ताँको बारेमा प्रष्ट्याउनुभएको थियो भने लोपेन शिक्षक जिग्मी दोर्जे सदनद्धारा सञ्चालित बौद्ध शिक्षा केन्द्रमा अध्ययन गराउने विषयका विविध पक्षमा जानकारी गराउनुभएको थियो ।
साधारणसभामा सदनका सचिव मोती प्रसाद तमुले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिलबहादुर तमुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसरी नै कार्यक्रममा सदनलाई सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
सदनका अध्यक्ष क्याप्टेन भुवनसिं गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद तमुले स्वागत र सचिव मोतीप्रसाद तमुले कार्यक्रम संचालन गर्नुभएको थियो ।

You Might Also Like

0 comments