स्वास्थ्य सेवालाई सुदृढीकरण गर्न स्वास्थ्य बिमा
10:01 PM
Loading...
बैतडी, ११ असोज । स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य सेवालाई सुदृढीकरण गर्नका लागि पनि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि सोमबार बैतडी पुग्नुभएका कार्यकारी यो कार्यक्रमले सबै नागरिकलाई समान व्यवहार गरेको र पहुँच नपुगेकाको स्वास्थ्य सेवामा पहुँच पु¥याउने दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सरोकारवालाले स्वास्थ्य बिमा कार्यक्रम निकै राम्रो भएको र यसलाई कार्यान्वयनमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको हुनाले त्यो हकलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्नका लागि घरघरमा गएर दर्ता गर्ने कार्यक्रम रहेको छ उहाँले भन्नुभयो “स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि जिल्लामा स्वास्थ्य बिमा सञ्चालन समिति रहने र त्यसले कार्यान्वयन गर्नेछ ।”
कार्यकारी निर्देशक डा लोहनीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारको सङ्ख्या भएकाले दुई हजार ५०० जमा गर्नुपर्ने र ती सदस्यको रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभयो ।
यसलाई प्रभावकारी बनाउनमा सबै नागरिकको उत्तिकै सहयोग रहनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । बैतडीमा स्वास्थ्य बिमाका लागि जानकारी दिने कार्यक्रम सुुरु भइसकेको र फागुन १ गतेदेखि सेवा सुरु हुने उहाँले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रत्येक गाविसमा दर्ता कर्मचारी राखिने र उनीहरुले घरमै गएर प्रत्येक परिवारको नाम दर्ता गर्नेछन् । स्वास्थ्य बिमा कार्यक्रममा दर्ता भएकाको नामावलीका आधारमा उनीहरुलाई सेवा प्रदान गरिने बताइएको छ ।
यसैबीच बैतडीमा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमअर्थात स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सरकारले चालु आवमा २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्ने नीति लिएसँगै सुदूरपश्चिमका अछाम र बैतडीमा चालु आवदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने र गरिब नागरिकलाई उपचार सेवामा पहुँच पु¥याउने हिसाबले सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनी बताउनुभयो । स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि बैतडी पुग्नुभएका डा लोहनीले स्वास्थ्य बिमा कार्यक्रम सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका सञ्चालन गरिएको बताउनुभयो । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको हुनाले त्यो हकलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्नका लागि घरघरमा गएर दर्ता गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै नागरिकले सहयोग गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बिमा कार्यक्रम सफल हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ ।

![]() |
0 comments