भारतले पाकिस्तानसँग युद्ध गरे अमेरिकाले साथ नदिने,युद्ध गरे भारतले ठूलो नोक्सानी बेहोर्नुपर्ने अमेरिकाको चेतावनी
2:02 AM
Loading...
काठमाडौं, ९ असोज । काश्मिरको उरीमा भारतीय सैनिकमाथि भएको हमलापछि भारत र पाकिस्तानबीच चर्किएको विवादका बीच विश्वकै एक शक्ति राष्ट्र अमेरिकाले युद्धको बाटो नरोज्न दुबै देशलाई अपिल गरेको छ ।अमेरिकाको प्रमुख पत्रिका न्यूयोर्क टाइम्सले शुक्रबारको सम्पादकीयमा यदि दुई देशबीच युद्ध भए यसबाट भारतलाई ठूलो नोक्सान हुने चेतावनी दिएको छ । सम्पादकीयमा अमेरिकी सरकारको धारणासमेत जोडेर भारतलाई पाकिस्तानसँग युद्ध गर्ने खेलमा नलाग्न सुझाव दिँदै यदि भारतले पाकिस्तानसँग युद्ध गर्छु भनेर सोच्यो भने यसबाट उसैलाई नै नोक्सान हुनेमा सचेत गराइएको छ ।
भारत र पाकिस्तानको परमाणु शक्तिको चिरफार गर्दै भनिएको छ– ‘यदि दुई देशबीच चलिरहेको विवादले युद्धको रुप लियो भने यो निकै घातक हुनेछ । भारतले बदला लिन कारवाही गरेमा यसले पाकिस्तानलाई जवाफी कारवाहीमा उत्रन बाध्य पार्नसक्छ । यो जटिल स्थिती हुनसक्छ । सम्पादकीयले भारत र भारतीय नेतालाई बदलाको भावना त्याग्न सुझाव दिएको छ ।
अमेरिकी पत्रिकामा पाकिस्तानलाई पनि संयमितता अपनाउन सुझाव दिइएको छ । आतंकवादविरुद्ध सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
0 comments