लहानमा नयाँ ‘सरगम एफएम’ खुल्यो

12:27 AM

Loading...
लहान, ११ असोज । सिरहाको लहानबाट आजदेखि ‘रेडियो सरगम’ एफएम ९३ मेगाहर्जको नियमित प्रसारण सुरु भएको छ ।शेख मिडिया हाउसद्वारा लहान नगरपालिका–८ मा सञ्चालित एफएमको नियमित प्रसारणको एक कार्यक्रमका बीच प्रेस चौतारी नेपालका महासचिव राजेश राईले उद्घाटन गर्नुभयो । यससँगै लहानमा एफएम रेडियोको सङ्ख्या पाँच तथा सिरहा जिल्लामा आठ पुगेको छ । यसअघि लहानबाट ‘रेडियो सौगात’, ‘रेडियो समग्र’, ‘रेडियो समाद’ र ‘रेडियो फूलबारी’ प्रसारण हुँदै आएको छ ।

सो अवसरमा महासचिव राईले रेडियो एफएमको विकाससँगै मुलुकमा पछाडि परेका समुदायका आवाज राज्यसम्म पुग्न लागेकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

शेख मिडिया हाउसका अध्यक्ष फिरोज शेखको अध्यक्षतामा आयोजित एफएम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिरहाका पूर्वसभापति तथा ‘रेडियो सौगात’का सञ्चालक दिनेश्वर गुप्ता, पत्रकार सुरेन्द्रप्रसाद गुप्ता र ‘रेडियो समग्र’ एफएमका अनुज राउतलाई सम्मान गरिएको थियो ।

You Might Also Like

0 comments