११ असोज, चितवन । गृहमन्त्री विमलेन्द्र निधिले त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा बंगलादेशबाट गोताखोर नल्याइने बताएका छन् ।
सोमबार यातायात मन्त्री रमेश लेखकले घटनास्थलको अवलोकन गरेपछि बंगलादेशबाट गोताखोर ल्याएर भए पनि घिमिरेको खोजी गर्ने बताएका थिए । मन्त्री लेखकको बिफ्रिङपछि प्रधानमन्त्री प्रचण्डले पनि आवश्यक परे बंगलादेशबाट गोताखोर ल्याउन कुटनीतिक पहल गर्ने बताए ।
तर, मंगलबार सुरक्षा प्रमुखसहित चितवन दाह्रचोकको घोप्टेभिर पुगेका गृहमन्त्री निधिले भने बंगलादेशका गोताखोरभन्दा नेपालका सुरक्षाकर्मी र माझीहरु नै सक्षम रहेको बताए ।
मन्त्री निधिले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘नेपाली नदीनालाबारे उनीहरुलाई जानकारी छैन, त्यसैले नेपाली सुरक्षा निकाय र माझीहरुको सहयोगमा खोजी कार्य गर्नुको कुनै विकल्प छैन ।’
उनले ६ सयको संख्यामा सुरक्षाकर्मी र स्थानीय माझी परिचालन गरिएका कारण घिमिरेको अवस्था पत्ता लाग्ने विश्वास व्यक्त गरे ।
0 comments