दिल्लीबाट काठमाडौं आउँदै गरेको विमानमा धूवाँ देखिएपछि आकस्मिक अवतरण

10:33 PM

Loading...


काठमाडौँ, ११ असोज । नेपाल वायु सेवा निगमको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको ‘लुम्बिनी’ एयरबस एक्कासि धुवाँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । चालक दलका सदस्यसहित १६३ यात्रु रहेको विमानमा १२ हजार पाँच सय फिट उचाइमा रहेका अवस्थामा धुवाँ देखिएपछि अवतरण गराइएको निगमका प्रवक्ता रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालभित्रको सिमानामा प्रवेश गरेपछि एयरबसमा जहाजभित्र धुवाँ देखिएपछि काठमाडौं टावरलाई सम्पर्क गरी आकस्मिक अवतरण गराइएको हो । विमानमा रहेका सबै यात्रु सकुशल भएको र धुवाँ देखिनाका बारेमा परीक्षण गरिरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

You Might Also Like

0 comments