द फेमसको पोष्टर सार्वजनिक
8:17 AM
Loading...
काठमाडौं, ११ असोज । नेपाली कथानक चलचित्र ‘द फेमस’को पोष्टर सार्वजनिक भएको छ । आगामी कात्र्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुने यो चलचित्रले यस अघि एक एनिमेशन गीत र टिजरलाई सार्वजनिक गरेको थियो ।
अहिले सार्वजनिक पोष्टरहरुमा प्रमोद खड्का, सविना कार्की, सुरवि जैन विष्ट, सोनिया जिआर, सुमन थापालाई अटाईएको छ । पोष्टरमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । द फमेसलाई संचारकर्मी तथा निर्देशक समीर बलामीले निर्देशन तथा निर्माण गरिएको हो । चलचित्र बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । चलचित्रलाई डबल लभस्टोरी फेमेली ड्रामा भनिएको छ । चलचित्रले केही दिनमै सञ्चारकर्मी माझ ट्रेलर र बाँकी गीत सार्वजनिक गरिने बताएको छ । रश्मी भट्ट, प्रभात बलामी र सुरेश चौधरीको पनि चलचित्रमा मूख्य भुमिका रहेको छ ।
अशोक कार्कीले खिचेको फिल्ममा बाबु बलामीको द्धन्द, सन्तोष प्रगाढ र टंक बुढाथोकीको संगीत, मधुकर बलामीको एनिमेशन, सुरेश चौधरी र सुधिर श्रेष्ठको नृत्य, सुरेश चौधरीको सम्पादन रहेको छ । फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् ।

![]() |
0 comments