परिवर्तन भयो न्याम्सको नाम, अब मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
11:10 PM
Loading...
काठमाडौँ, ९ असोज– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकले न्याम्सको नाम मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राख्ने भएको छ ।मनमोहनलगायतका विषयमा तत्काल ठोस निर्णय नगरे डा गोविन्द केसीले १० असोजबाट नवौँ चरणको अनशन सुरु गर्ने घोषणा गरेपछि न्याम्सका सहकुलपतिसमेत रहनुभएका स्वास्थ्यमन्त्री गगन थापाले आकस्मिक रुपमा सिनेट बैठक बोलाउनुभएको थियो ।
सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई मनमोहन अधिकारी चिकित्सा विज्ञान प्रतिष्ठान बनाएर प्रस्तावित मनमोहन कलेजको सम्पूर्ण स्वामित्व आफूले लिने निर्णय पनि बैठकले गरेको छ ।
डा केसीले उठाएका मुद्दामध्ये चिकित्सा शिक्षा विधेयकबारे भोलि संसद्मा छलफल हुने अन्य मुद्दा पनि सम्बोधन भइरहेको स्वास्थ्यमन्त्री थापाले बताउनुभयो ।
0 comments