ओलीले भन्दा कडा बोले माधव नेपालले : विदेशबाट आएकालाई राष्ट्रपति बनाउन सकिँदैन

3:29 AM

Loading...



काठमाडौं, ८ असोज । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको संविधान अपुरो र अधुरो रहेको भन्नु गलत भएको बताएका छन् । बारा काठमाडौ सम्पर्क मंचले शनिबार राजधानीमा गरेको कार्यक्रममा नेपालले विश्वमा काहिँ पनि सर्वस्वीकार्य संविधान नभएको भन्दै नेपालको संविधानमा पनि केहि कमी कमजोरी रहेको हुन सक्ने बताए । उनले भने, ‘संविधान परिमार्जन र संशोधन हुन्छ । हाम्रा पनि सबै कुरा संविधानमा आएका छैनन् । यो त सम्झौताको दस्तावेज हो । संविधानले सबैको भावना समेट्न सक्दैन । ’

सबैको कुरा समेट्ने भन्दैमा विदेशबाट आएकालाई राष्ट्रपति भने बनाउन नसकिने उनले बताए । मधेसी मोर्चाले राखेका सहि मागको सम्बोधन भने गर्न सकिने उनको भनाई थियो । यस्तै नेपालले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुन नसक्ने नसक्ने तर्क गर्दै भने, ‘कर्णालीमा के गर्ने त त्यहाँ त जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने हो भने कति बन्छ?’ अहिले देशको प्रमुख चुनौति भनेको संविधान कार्यन्वयन हो भन्दै नेता नेपालले कुनै पनि हालतमा निर्धारित समसमै स्थानीय तहको निर्वाचन गरिनुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवा कुर्चिमोहमा फसेको टिप्पणी गरे । भारत भ्रमणमा गएको समयमा प्रधानमन्त्रीले नेपालको संविधान अपूर्ण रहको स्वीकारेको भन्दै नेपालले प्रश्न गर्दै भने, ‘कति प्रतिशतले बनाएको संविधान पूर्ण हुन्छ ?’

You Might Also Like

0 comments