अग्रिम टिकट लिँदा विद्यार्थीले छुट पाएनन्, छुट दिन निर्देशन

8:34 AM

Loading...


काठमाडौँ, ७ असोज-
दसैँका लागि घर जाने विद्यार्थीलाई अग्रिम टिकट बुकिङ गर्दा छुट नदिएको र बस सञ्चालक समितिका नाममा धेरै टिकट राख्ने गरेको अनुगमनका क्रममा पाइएपछि उक्त कार्य तत्काल रोक्न निर्देशन दिइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको बजार अनुगमनका क्रममा पश्चिम नेपाल बस व्यवसायी सङ्घलाई उक्त निर्देशन दिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी सार्वजनिक भेरी यातायात समिति नयाँ बसपार्क काठमाडौँ, राप्ती अञ्चल सार्वजनिक व्यवसायी समिति नयाँ बसपार्क, पासाङल्हामु यातायात सेवा समिति बालाजु, अखिल नेपाल यातायात व्यवसायी सङ्घलाई पनि सरकारले तोकेअनुसारको छुट र भाडादर मात्र लिनका लागि विभागले निर्देशन दिएको छ ।

You Might Also Like

0 comments