मेलम्चीबासीलाई रोयल्टी दिनुपर्ने माग राखेपछि प्रधानमन्त्री दाहालले यस्तो जवाफ दिए

4:34 AM

Loading...


बनेपा, ८ असोज । मेलम्चीमा कलकल पानी बगिरहेको छ, आसपासका डाँडाबाट झरना झरेको छ । प्राकृतिक सुन्दरताले छपक्कै ढाकेको मेलम्चीलाई सांसद शेरबहादुर तामाङले ‘चिटिक्क परेकी बेहुलीको’ उपमा दिए । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालको अनुगमनपछि आयोजित कार्यक्रममा उनले उक्त उपमा दिएका हुन् । “हामी मेलम्चीलाई छिट्टै डोलीमा राखेर अन्माउन तयार छौँ तर हाम्रा पनि केही सर्त छन्”–सांसद तामाङले भनिरहँदा ड्यासमा बसिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने मुसुमुसु हाँसिरहे । सम्बोधनका क्रममा सासंद तामाङले प्राकृतिक सुन्दरताको वर्णन गर्दै मेलम्चीको खानेपानी छिट्टै भित्र्यउनुहोस् तर स्थानीय जनतालाई यसको रोयल्टी कम्तिमा प्रतियुनिट रु पाँच दिनोस, सके बढी नै दिनोस् भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधनका क्रममा भने, “म तपाईंहरुले माग गरेभन्दा बढी नै रोयल्टी दिन प्रयत्न गर्नेछु ।” विडम्बना मेलम्चीको खानेपानी आयोजनामा पुग्ने प्रवेशद्वार वा सडकको अवस्था जीर्ण रहेको छ । ग्राभेलिङ गरेको, खाल्डाखुल्डी भएको र ठाउँठाउँमा गएको पहिरोले सडकलाई कुरुप बनाएको छ । तर पनि काठमाडौँका लागि खानेपानी पुर्याउन त्यहाँको जनशक्ति पूर्णरुपमा लागिपरेको छ ।

सो खानेपानी आयोजनाअन्र्तगत मेलम्ची, याङ्गरी र लार्के नदीलाई डाइभर्सन गरी सुरुङको माध्यमबाट दैनिक ५१ करोड लिटर खानेपानी काठमाडौँ भित्र्याउने लक्ष्य राखिएको आयोजनाका कार्यकारी निर्देशक 
घनश्याम भट्टराईले जानकारी दिए । रासस

You Might Also Like

0 comments