फ्रि भिसा फ्रि टिकट कार्यन्वयन गराउन बुझायो ज्ञापनपत्र
3:55 AM
Loading...
काठमाडौं, ७ असोज । आप्रवासी हकहित संरक्षण केन्द्र रामेछापले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न सरकारको ध्यानकर्षण गरेको छ । जिल्ला प्रशासन कार्यायल मार्फत ज्ञापनपत्र बुझाउँदै केन्द्रले एक वर्ष अघि सरकारले लागु गरेको फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न माग गरेको हो । सरकारले वैदेशिक रोजगारीको लागि खाडीका साउदी अरब, युएई सहित ६ वटा देश र मलेसिया जाने कामदारलाई फ्रि भिषा फ्रि टिकटमा पठाउने निर्णय गरेको थियो ।
रोजगारदाता कम्पनीले कुनै सेवा शुल्क नदिएको अवस्थामा मात्र कामदारले रोजगारदाता कम्पनीलाइ दश हजार रुपैयाँ दिने निर्णय भएको थियो । त्यही निर्णय कार्यान्वयनको माग सहित ध्यानाकर्षणपत्र बुझाएको संरक्षण केन्द्रका दुबचन लामाले जानकारी दिए ।
0 comments