काठमाडौं, ९ असोज – कतिपय मान्छे स्वास्थ्यका लागि भन्दै सधौ खाली खुट्टा हिाड्ने पनि हुन्छन् । स्वास्थ्यविज्ञले खाली खुट्टा नरम चौर या घाासे मैदानमा कसरत गर्दा फाइदा हुने पनि बताउने गरेका छन् । पैतालामा चोटपटक लाग्नबाट भने सचेत हुनुपर्ने उनीहरूले सुझाब दिने गरेका छन् । लन्डनको वेस्टर्न युनिभर्सिटीकी हेल्थ लेक्चरर गिलियन मेन्डिचले एक रिसर्चपछि सबैलाई अपिल गरेकी छिन्, ‘खाली पैताला जमिनमा टेकेर कसरत गर्दा स्वास्थ्यमा धेरै फाइदा मिल्छ ।’ लन्डनमा योगसमेत सिकाउने मेन्डिचले खाली पैताला जमिनमा कसरत गर्दाका फाइदाबारे बुादामा अथ्र्याएकी छिन् :
नाङ्गै पैताला जमिनमा कसरत गर्दा या हिँड्दा पैतालामा भरपूर मात्रामा अक्सिजन प्राप्त हुन्छ र रक्तसञ्चार सहज गराएर थकाइ कम गराउँछ ।
सहरका तुलनामा प्रकृतिको सम्पर्कमा नाङ्गो पैताला हिँड्नेहरूमा रक्तचाप र तनाव नियन्त्रित गर्ने हर्मोन सन्तुलित हुन्छ । जमिनमा पाइने कतिपय लाभदायी ब्याक्टेरियाले तनाव कम गर्ने र प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् । नयाँ पत्रिकाले छापेको छ ।
नाङ्गो पैताला जमिनमा हिँड्दा मानव शरीरका सबै कोशिका र तन्तुमा जमिनको अर्थिङ प्रभाव पर्छ । धर्तीको ऊर्जा चक्रले शरीरको विद्युतीय तन्त्रमा अनुकूल–प्रतिकूल प्रभाव पार्छ । नाङ्गो पैताला जमिनमा हिँड्दा धर्तीको पूरा ऊर्जा शरीरमा सञ्चरित हुन्छ । खाली पैताला जमिनमा कसरत गर्दा जोर्नीको दुखाइ, अनिद्रा र मुटुसम्बन्धी समस्यामा पनि फलदायी हुन्छ । प्रकृति अर्थात् धर्तीबाट भिटामिन ‘एन’ ऊर्जा प्राप्त हुन्छ ।
0 comments