हरेक वर्ष घटस्थापनाका दिन प्रकाशन हुने ‘जमरा’ यसबर्ष पनि

12:25 AM

Loading...


काठमाडौँ, १५ असोज । प्राध्यापक कुमार कोइरालाले एकीकृत उपभोक्ता सङ्घको वार्षिक प्रकाशन जमराको २१ औँ अङ्कको आज यहाँ लोकार्षण गर्नुभयो । तीनकुने सुविधानगरस्थित उक्त संस्थाले नेपालको कला, संस्कृति, धर्म, साहित्य, वेशभूषा, रहनसहनका अतिरिक्त अर्थशास्त्र, समाजशास्त्र, विज्ञान र स्वास्थ्यलगायतका विषय समेटेर हरेक वर्ष घटस्थापनाका दिन ‘जमरा’ पुस्तक प्रकाशन गर्दै आएको छ । सङ्घमा त्यस क्षेत्रका २३० घरधुरी आबद्ध छन् ।

जमराको यस अङ्कमा प्राडा कुमार कोइरालालगायत, इन्जिनियर देवशर्मा पौडेल, प्राध्यापक डिल्लीराज शर्मा र सङ्घका अध्यक्ष मदनकुमार सिवाकोटीलगायतका लेख समावेश गरिएको सङ्घले जनाएको छ ।

सङ्घले त्यस क्षेत्रका टोलमा सरसफाइसम्बन्धी जनचेतना, रक्तदान, वृक्षरोपण, स्वास्थ्य शिविरलगायतका सामाजिक कार्य सञ्चालन गर्दै आएको छ ।


You Might Also Like

0 comments