लिजिया बार्सामाथि रियल मड्रिडको सहज जित,दुई वर्षपछि बेलको पहिलो गोल
12:35 AM
Loading...
काठमाडौं,३ कात्तिक । ग्यारेथ बेलले २०१४ पछि पहिलो च्याम्पियन्स लिग गोल गर्दा रियल मड्रिडले लिजिया वार्सामाथि सहज जित हात पारेको छ ।
मंगलबार राति भएको खेलमा रियल मड्रिडले लिजिया वार्सामाथि ५–१ गोल अन्तरको जित हात पारेको हो । तर, उसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो भने गोल गर्न असफल रहे । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १६ औं मिनेटमा बेलको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटमा जोडिलोभिकले आत्मघाती गोल गरेपछि रियलको अग्रता दोब्बर भयो ।
तर, २२ औं मिनेटमा वार्साका राडोभिकले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ मा पुर्याए । ३७ औं मिनेटमा एसान्सिओले गोल गर्दै पहिलो हाफमा रियल मडिडलाई ३–१ को अग्रता दिलाए । दोस्रो हाफमा रियलले दुई गोल थप्यो । अर्को खेलमा सेभिल्लाले डिनामा जाग्रेबमाथि १ –० को जित निकालेको छ । उसका लागि समिर नासरीले गोल गरे ।

![]() |
0 comments