एमालेले सरकारलाई भन्यो : गोवामा के भयो ? संसदमा जानकारी गराउ
11:53 PM
Loading...
काठमाडौं, २ कात्तिक । प्रमुख प्रतिपक्षी दल एमालेले भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भएको भनिएको त्रिपक्षिय सम्झौता बारे जानकारी गराउन सरकारसँग माग गरेको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समय लिएर एमाले सांसद भतरमोहन अधिकारीले त्रिपक्षिय सम्झौतामा भएका विषयहरु प्रधानमन्त्रीले जानकारी गराउनु पर्ने बताउनुभयो ।
उहाँले ब्रिक्स सम्मेलनका बेला त्रिदेशिय आर्थिक करिडोर बनाउने भन्ने खबर आएकाले त्यसबारे पनि जानकारी गराउन माग गर्नु भएको छ । उहाँले चीन र भारतका दुवै पदाधिकारीलाई भेला गरी आर्थिक करिडोरलाई अगाडि बनाउन सरकाले पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
यस्तै सरकारले चीनसँग यस अघि भएका सन्धि सम्झौता कार्यान्वयन गर्न चासो नदेखाएको आरोप पनि अधिकारीले लगाउनुभयो । सरकारले पारवहन लगायत सम्झौता पालना नगरेकै कारण चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण स्थगित भएको उहाँको आरोप छ ।

![]() |
0 comments