मिस प्लस टु गण्डकी सिजन टु को सेल्फ ट्यालेन्ट राउण्ड सम्पन्न, ग्राण्ड फिनाली कार्तिक ५ मा हुने

1:04 AM

Loading...




हेम्जा,३०असोज । द नेस्क्ट इन्टरटेनमेन्ट एण्ड इभेन्टस् म्यानेजसमेन्टेका प्रस्तुती र डि. के फिल्मस काठमाण्डौंको सहकार्यमा हुने मिस प्लस टु गण्डकी सिजन दुई २०७३ को सेल्फ टयालेन्ट राउण्ड शनिवार सम्पन्न भएको छ । सेल्फ टयालेन्ट राउण्डमा ९ जना युवतीहरुले आफनो प्रस्तुती राखेका थिए । उनीहरु श्रावण र भदौ महिनामा भएका विभिन्न अडिसनहरु पार गर्दे ग्राण्ड फिनालीका लागि प्रतिस्पर्धामा उभिएका हुन् । सेल्फ टयालेन्ट राउण्डको निर्णायकहरुमा हास्य कलाकार शिशिर राना, पोखरा क्रियटिम हाउसका रामकृष्ण पौडेल र मिस आरडेन्ट २०१५ की विजेता अनुषा श्रेष्ठ रहेकी थिइन् ।सहभागी प्रतियोगीहरुको कोरियोग्राफी ८ जना डिजाइर्नरहरुले गरेका थिए ।

मिस प्लस टु गण्डकी सिजन टु को ग्रेन्ड फिनाले यही कार्तिक ५ गते पोखरा सभागृहमा दिउँसो १ बजे देखि हुने आयोजक संस्थाका यमनारायण श्रेष्ठले जानकारी दिए । यम नारायण श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन कोरियोग्राफर विजय श्रेत्रीले गरेका थिए ।मिस प्लस टु गण्डकी सिजन दुई २०७३ को उपाधी जित्न सफल विजेताले गोल्डेन क्राउनका साथमा नगद २५ हजार रुपैया, साथमा अध्ययनरत कलेजको शिक्षणthenexteemofficialशुल्कमा सत प्रतिशत छुट, फस्ट रनर अफ हुन सफल विजेताले सिल्भर क्राउनका साथमा नगद २० हजार, त्यस्तै दोस्रो रनर अफले सिल्भर क्राउनका साथमा नगद १५ हजार, त्यस्तै दशर्क च्वाईसमा ५ हजार पाउने भएका छन् भने, विजेताहरुलाई विभिन्न राष्ट्रिय स्तरमा सञ्चालनहुन इन्भेटमा सहभागिता जनाउन पाँउने, कम्युटर, फेसन डिजाइनर लगायतका विभिन्न विद्याका कोषहरुमा विशेष छुट उपलब्ध गराइने, सिजन २ को उपाधि चुम्न सफललाई मिस नेपाल कल्चर २०१७ को लागि सहभागी हुन कुनै प्रशिक्षण शुल्क तिर्न नपर्ने, मोडल कोयस्ट इन्टरनेशनल नेपाल २०१७ मा सहभागिता जनाउन पाउनुका साथै विभिन्न म्यूजिक भिडियोहरुमा अभिनय, पत्रपत्रिका तथा एफ रेडियोहरुमा अन्र्तवार्ता लगायतका विविध कार्यक्रममा सहभागिता गराइने र विभिन्न आर्कषक उपहारहरु प्रदान गरिने द नेस्क्ट इन्टरटेनमेन्ट एण्ड इन्भेन्टस म्यानेजमेन्टका रोहन्सन प्रजुले ले जानकारी दिए । साथै अडिसनमा सहभागी हुने प्रतियोगिहरुको लागि प्रतियोगिहरुले पढ्ने कलेज सँग सहकार्य गरी शिक्षण शुल्क, कुनै पनि डिजाईनर ड्रेसअप, तथा व्यवसायिक कोर्षहरुमा केही प्रतिशत छुट गराईनुका साथै म्यूजिक भिडियोहरुमा अवसरहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
सोही अवसरमा ग्याल्म सिटीको प्रस्तुतीमा फेसन डिजाइनर कन्टेस्ट २०१६ हुने भएको छ । जृुन पोखरामा नै व्यूटी प्याजेन्ट्समा पहिलो चोटी समावेश गरिन लागीएको हो । डिजाइनर कन्टेस्टमा फस्ट हुन सफल विजेताले नगद २५ हजारका साथमा सर्टिफिकेट र तेस्रो स्थानमा आउने डिजाइनरले १५ हजार नगदका साथमा सर्टिफिकेट प्राप्त गर्ने ग्याल्म सिटी पोखराका डिजाइनर अमित बरालले जानकारी दिए । द नेक्स्ट इन्टरटेनमेन्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको प्रस्तुती तथा डि.के फिल्मस्को सहकार्यमा दीपक खाँडको निर्देशनमा पोखरामा निमार्ण हुन लागेको द रेड डायरीमा मिस प्लस टु का विजेता लगायत अन्य सहभागी प्रतियोगीहरुलाई अभिनय गर्ने अवसर प्राप्त हुनेछ । डिजाईनर प्रतिस्पर्धामा आएका प्रतियोगीहरुले तयार पारेको पोशाकहरु उक्त चलचित्रमा प्रयोग हुने आयोजक संस्थाका विजय श्रेष्ठ र प्रियंङ्का श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रम सफलपार्नका लागि मुख्य प्रायोजक बायो भोड्का, अन्य स्पोन्सरहरुमा डाँफे होटल टेनिङ ल्याङवेज इन्टिच्यूट, कुँवर व्रर्दश एण्ड सन्स, सिजन इम्पोरियम, प्रजु इन्जिनियरि· कन्सल्टेन्सी, दालचिनी फुड जक्सन, स्टेशन फुड जक्सन, मनकामना गोल्ड एण्ड सिल्भर सप, उपहार काष्ठ उद्योग, एसिक्स ऐनिमेशन, आडीया प्राइभेट लिमिटेड, फेशन ओल्भा लगायत रहेको द नेस्क्ट इन्टरटेनमेन्ट्स म्योनज मेन्ट का सिइयो रोहसन प्रजु विकासले जानकारी दिए ।

You Might Also Like

0 comments