बसको ठक्करबाट झापामा दुई जनाको घटनास्थलमै मृत्यु
1:15 AM
Loading...
झापा, १ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–३ निवासी ५७ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँका ६० वर्षीय अग्नि भेटवाल रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३५९६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे५प ३८५३ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । थेवे र भेटवाल मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । रासस

![]() |
0 comments