प्रधानमन्त्री गोवाबाट केहीबेरमा देश फर्कदै
1:24 AM
Loading...
काठमाडौं, १ कात्तिक । ब्रिक्स र बिमस्टेक आउट रिच सम्मेलनमा सहभागी हुन भारत गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् । प्रधानमन्त्री अपरान्ह ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ । सम्मेलन आइतबार नै सकिएको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको बैठकमा प्रचण्ड सहभागी भएका थिए । उनले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गरेका थिए ।गोवामा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि जिङपिङ, भुटानका प्रधानमन्त्री छिरिङ तोक्बेसँग छुट्टा छुट्टै भेटघाट गरेका थिए । १८ सदस्यीय टोलीका साथ प्रधानमन्त्री शनिवार गोवा प्रस्थान गरेका थिए ।

![]() |
0 comments