सुनको जलप लगाएको ४०० वर्ष पुरानो बुद्धको बहुमूल्य मूर्ति चोर पक्राउ
3:02 AM
Loading...
काठमाडौं,३ कात्तिक । सुनको जलप लगाएको झण्डै चारसय वर्ष पुरानो मूर्तिहरु र मूर्तिका गहना चोरीमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भिमखोरी–३ घर भई बनेपा बस्ने गणेशलाल श्रेष्ठ, रामेछाप गाउँसरा–४ घर भई ललितपुर ईमाडोल बस्ने मानबहादुर मगर, दोलखा लाकुरीडाँडा–४ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने वासुदेव के.सी. भन्ने मिनबहादुर खत्री र ललितपुर गाबहाल बस्ने तिर्थ डंगोल रहेका छन् ।गएको साउन १० गते राति ललितपुर उपमहानगरपालिका–१२ नौदेवहालमा रहेको बुद्ध गुम्बाको बाहिरी गारोमा प्वाल पारेर ताल्चा काटी बहुमूल्य मूर्ति र त्यसको गहना चोरेको भन्दै प्रहरीले उनीहरुलाई पक्रेको हो । बहुमूल्य प्राचिन मूर्तिहरु र मूर्तिका गरगहनासमेत योजनावद्ध तरिकाले संगठित चोरी गर्न सुराकी दिने, चोरी गर्ने, ओसार पसार एवं विक्री वितरण गरी संगठित अपराध र पुरातात्विक मूर्ति चोरीमा अनुसन्धान गर्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई ललितपुर जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

![]() |
0 comments