विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक दलको भागबण्डा नमिल्दा मुगुमा खुकुरी हानाहान, झडपमा दुई जना गम्भीर घाइते
1:47 AM
Loading...
मुगु, ३ कात्तिक । मुगुमा खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् । हुम्लासँग जोडिएको फोतु गाविसमा मंगलबार बेलुकी खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारबाट फोतु गाविस वडा नम्बर ६ का बिट्क्या मल्ल र केआई सिंह मल्ल घाइते भएका छन् ।गएको महिना गाउँको विद्यालय व्यवस्थापन समिति गठन गर्ने बिषयमा भएको झडपको रिस फर्काउनका लागि मंगलबार बेलुका खुकुरी हानाहान भएको स्थानीय बासिन्दाको भनाई छ । घाइते मध्ये भाइ केआई सिंह मल्ल गम्भीर रहेको स्थानीय जवारी शाहीले बताए । मंगलबार बेलुका ५ बजेतिर धान बोकेर घर फर्किंदै गर्दा फोतु गाविसको वडा नम्बर ८ नेरगाउँका जानराज शाही, प्रकाश शाही र बिष्णुबहादुर मल्लले खुकुरी प्रहार गरेका हुन् ।
गएको महिना विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा राजनीतिक दलको कुरा नमिलेपछि झगडा सुरु भएको हो । गएको महिना भएको झगडामा पनि केही घाइते भएका थिए । मंगलबार घटेको घटना बारेमा थप जानकारी लिनका लागि प्रहरी कार्यालय मुगुबाट प्रहरी टोली गइसकेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट झण्डै तीन दिन टाढा रहेको छ ।

![]() |
0 comments