रुससँग छन् यस्ता खतरानक शक्तिशाली हतियार,जसले सिगों विश्व १ मिनेटमै खरानी बनाइदिन सक्छ

1:14 AM

Loading...




एजेन्सी । संसारका परमाणु हतियार सम्पन्न राष्ट्रहबीच बढिरहेको विवादका कारण तेश्रो विश्व युद्धको चर्चा पनि बढेर गएको छ । हतियारको होड गरिरहेका महाशक्ति राष्ट्रहरुबीच शितयुद्धकालीन चेतावनीको भाषा पनि आदान प्रदान भैरहेको छ । पछिल्लो समयमा विश्व महाशक्ति अमेरिका र अर्को शक्ति रुसबीच बढिरहेको तनावले विश्व युद्ध हुने हो कि भन्ने आशंका जन्माएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकहरुलाई परमाणु आक्रमणको सामना गर्न तयार रहन आह्वान गर्दै ड्रिल समेत गराइरहेका छन् । उनले वाररुममा बसेर हतियारको परीक्षण पनि गरिरहेको बताइन्छ ।रुससँग रहेको सबैभन्दा खतरनाक हतियारः टोपोल मिसाइल

संसारमै सबैभन्दा धेरै आणविक हतियार रहेको देश रुससँग रहेको सबैभन्दा घातक हतियार टोपोल मिसाइल हो । रुसको यो हतियार देखेर संसार काँप्छ । गत हप्ता मात्र रुसले आफ्नो सबैभन्दा शक्तिशाली हतियारको परीक्षण गरेको थियो । रुससँग रहेको यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलले ११ हजार किलो मिटर टाढा सम्म अचुक निशाना लगाउन सक्छ । रुसले यस्ता कम्तिमा ५० वटा मिसाइल तैनाथ गरेर राखेको विश्वास गरिन्छ । सन् २०२० सम्ममा रुसले अन्य देशबाट हुने परमाणु हतियार निष्फल तुल्याउन १०८ वटा मिसाइल डिफेन्स तैनाथ गरिसक्ने छ । यदि विश्व युद्ध शुरु भैहालेमा रुसले आफ्नो सबैभन्दा शक्तिशाली हतियार प्रयोग गर्ने छ । रुससँग रहेको यो टोपोल मिसाइल संसारको जुन स्थानमा खस्छ त्यो स्थान १ मिनेटमै खरानीमा परिणत हुनेछ । रुसले पछिल्लो समय आफूसँग रहेका हतियार परीक्षण गरिरहेको छ । रुससँग अर्को शक्तिशाली हतियार सुखोई लडाकु जेट पनि छ । यो लडाकु जेटलाई कुनै पनि राडारले ट्र्याक गर्न सक्दैन । हावाबाट जमिनमा प्रहार गरिने हतियार बोक्ने यो सुखोई २४ सय किलोमिटर प्रति घण्टाको रफ्तारमा सम्म हावामा उड्न सक्छ ।

रुसले जुनसुकै बेला प्रयोग गर्न मिल्ने गरि १६४३ वटा आणविक हतियार सम्पन्न मिसाइल तयारी अवस्थमा राखेको छ।

You Might Also Like

0 comments