­
­

म्यानचेष्टर युनाइटेड र लिभरपुलले एन्फिल्डमा अंक बाँडे

11:57 PM

Loading...




काठमाडौं, २ कात्तिक। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । जर्गेन क्लोपको लिभरपुलसामू लगातार पाँच जित हात पार्दै म्यानचेष्टर सिटीको प्रदर्शनसँग बराबरी गर्ने मौका थियो । तर, जोजे माउरिन्होको टोलीले एन्फिल्डमा निकै डिफेन्सिभ र अनुशासित खेल प्रदर्शन गरेको छ र गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।खेलमा युनाइटेडले लिभरपुललाई मोमेन्टम बनाउने मौका नै दिएन । यद्यपि युनाइटेडका गोलकिपरले दोस्रो हाफमा दुई उत्कृष्ट बचाउ गरे । उनले इमरे कान र काउन्टिहोको प्रहार रोके ।

युनाइटेडको पनि गोल गर्ने उत्कृष्ट मौका दोस्रो हाफ नै थियो । तर, पल पोग्वाको पासलाई जान्टन इब्राहिमोभिचले सही दिशा दिन सकेनन् ।
खेलमा म्यानचेष्टर युनाइटेडको बल पोजेशन मात्र ३५ प्रतिशहत थियो, जुन २००३÷४ को सिजनबाट ओप्टाले डाटा रेकर्डिङ थाले यताकै कम हो ।

खेलपछि म्यानचेष्टर युनाइटेडका प्रशिक्षक माउरिन्होले जति सञ्चार माध्यमहरुले भनेका थिए, लिभरपुल त्यस्तो अद्भुत नभएको बताए । यो नतिजा आफूहरुले चाहेको जस्तो नभएपनि विपक्षीलाई घरेलु मैदानमा ३ अंक जोड्न रोक्न सकेको भन्दै उनले सन्तोष व्यक्त गरे । प्रिमियर लिगको इतिहासमा दुई क्लबले बराबरी खेलेको यो दोस्रो पटक हो । यसअघि २००५ सेप्टेम्बरमा भएको थियो ।

You Might Also Like

0 comments