ओमकारेश्वर मन्दिरकालागि रु १६ लाख

12:50 AM

Loading...




पोखरा, ३ कात्तिक । धार्मिक क्षेत्रको भौतिक विकासका लागि पण्डित नपढाईकन बिना मण्डप सुरु गरेको महायज्ञबाट पनि आवश्यक आर्थिक सङ्कलन गर्न सकिन्छ भन्ने यहाँको एक धार्मिक संस्थाले उदाहरण दिएको छ ।पोखरा उपमहानगरपालिका–१७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा भौतिक संरचना निर्माणार्थ सुरु गरिएको घरदैलो अभियानअन्तर्गत लगभग रु १६ लाखभन्दा बढी आर्थिक सङ्कलन गरेर उदाहरणीय बनेको हो ।रातोपैह्रा समुदायिक वन क्षेत्रभित्र अवस्थित सो क्षेत्रमा प्रवचन हल तथा मठाधीश आश्रम निर्माण गर्ने पवित्र उद्देश्यले सञ्चालन गरिएको अभियानमा धार्मिक क्षेत्रको विकासका लागि दाताबाट स्वस्फूर्त सहयोग प्राप्त भएको निर्माण समितिका अध्यक्ष भगवान पन्तले बताए।उनका अनुसार सेतीनदीको किनारास्थित छुट्टाछुट्टै दुईवटा मन्दिरमा शिवमूर्ति र लिङ्ग स्थापना गरिएको सो महत्वपूर्ण धार्मिकस्थलको गुरुयोजना तयार गरेर आवश्यक भौतिक निर्माण गर्ने समितिको लक्ष्य रहेको छ ।

आश्रम भवन जीर्ण हुँदा सङ्कलित अठार पुराणलगायत महत्वपूर्ण ग्रन्थको सुरक्षा अपरिहार्य भएकाले आर्थिक सङ्कलन अभियान सुरु गरिएको बताउँदै अध्यक्ष पन्त भने, “सो क्षेत्रमा व्यवस्थित दाहसंस्कार स्थल, किरियापुत्री भवन, सुरक्षित बाटो, खानेपानी लगायतका भौतिक संरचना निर्माणका लागि दाताको खोजी भइरहेको छ ।पोखरा–१७ हिमाली टोलकी ७० वर्षीय सुश्री नानीमाया थापाले सो क्षेत्रमा ज्योतिर्लिङ्गको प्रत्यक्ष दर्शन पाएपछि आफ्नै निजी खर्चमा शिव मन्दिर निर्माण गरेका थिए भने बालब्रह्मचारी देवानन्द गिरीले नित्य पूजापाठ गर्दै आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर विक बताए ।

You Might Also Like

0 comments