यसकारण हुदै छ नेपालमा नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम
7:36 AM
Loading...
काठमाडौँ, १ कात्तिक । छाउनीस्थित महावीर गण (रेन्जर) र अमेरिकी सेनाको विशेष कार्यसमूहबीच आजदेखि संयुक्त तालिम÷अभ्यास ‘टिक नेल १७–०१’ सञ्चालन भएको छ ।
विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा आधारित रहने तालिम रसुवाको लाङटाङ र कास्कीको पोखरा इलाकामा कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । तालिमका लागि अमेरिकी सेनाको टोली गत असोज २७ गते यहाँ आइपुगेको थियो ।
यस्तो संयुक्त तालिम तथा अभ्यासबाट नेपाली र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदान प्रदान गर्न सहयोग पुग्नाका साथै नेपाली सेनाको क्षमतामा समेत वृद्धि हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

![]() |
0 comments