राजनीतिक दलहरुमा जनताको विश्वास घट्दो,सलबलाउन थाले पूर्वराजा ज्ञानेन्द्र ,लामो समयसम्म मौन बस्दै आएका ज्ञानेन्द्रले हिन्दु सम्मेलनमा सम्बोधन गर्ने

11:49 PM

Loading...




काठमाडौं, २ कात्तिक । नेपालमा गणतन्त्र प्राप्तिपछि लामो मौन बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले लामो समयपछि सार्वजनिक सभामार्फत आफ्नो भनाइ सार्वजनिक गर्ने भएका छन्।


पशुपतिस्थित बनकालीमा कात्तिक ४ गते सुरू हुने अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनमा शाहको सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव फणिराज पाठकले बताए। विश्व हिन्दु महासंघको संयोजनमा भारतलगायत विभिन्न देशका हिन्दुहरूको संलग्नतामा हुन लागेको सम्मेलन ११ बजे उद्घाटन हुने छ। पूर्वराजा शाहले उद्घाटनपछि सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनको तयारी पूरा भएको र त्यसका लागि देशभरिका हिन्दुहरू भेला हुने क्रम सुरू भएको बताइएको छ।

You Might Also Like

0 comments