पाकिस्तानले भारतमाथि लगायो अर्को गम्भीर आरोप : कश्मिरमा भइरहेको अत्याचार लुकाउन भारतले ब्रिक्सलाई दिग्भ्रमित पार्दैछ

2:34 AM

Loading...
इस्लामाबाद, १ कात्तिक ( एजेन्सी) । पाकस्तिानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि ब्रिक्स राष्ट्रहरुलाई दिग्भ्रमित पार्ने प्रयास गरेको अरोप लगाउँदै जम्मु र कश्मिरमा भइरहेको अत्याचारलाई लुकाउन ‘भरपुर’ प्रयास गरिरहेको आरोप लगाएको छ । गत जुलाईदेखि कश्मिरमा शुरु भएको हिंसामा ८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
‘भारत नियन्त्रिण कश्मिरमा आत्मनिर्णयको अधिकार माग्ने जनतामाथि भारतले नरसंहार गरिरहेको छ,’ सोमबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफका विदेश नीतिसम्बन्धि सल्लाहकार सरताज अजिजले बताएका छन् ।

You Might Also Like

0 comments