­
­

आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउनुपर्छ–सभापति देउवा

12:54 AM

Loading...




काठमाडौं, ३ कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउन सकिएमा मात्र महिलाको आर्थिक जीवनस्तर माथि उठ्ने धारणा व्यक्त गरेका छन् ।उनले भने “महिलाको आर्थिक र सामाजिक जीवनस्तर माथि उकास्न आर्थिक क्रियाकलापमा लाग्न उनीहरुलाई उत्प्रेरित गर्नुपर्छ, यसैबाट महिला सशक्तीकरण हुन्छ ।” “महिला, नेतृत्व र दक्षिण एसियामा अर्थतन्त्र” विषय आजदेखि सुरु भएको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षाले मात्र महिलाको चौतर्फी विकासमा सहयोग पुर्याउँछ भने । दुईदिने सो सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका नेपालसहित पाकिस्तान, अफगानिस्तान, भुटानका महिला नेत्रीको सहभागिता रहेको छ । सभापति देउवाले नेपालमा जारी भएको संविधान महिला अधिकारका क्षेत्रमा ऐतिहासिक रहेको चर्चा गरे । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पाकिस्तान र भारतका कारण स्थगित दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क) को शिखर सम्मेलन आयोजना गर्न अध्यक्ष देशका रुपमा नेपालले पहल गरेको जानकारी दिए ।

उनले नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता उच्च पदमा महिलाले नेतृत्व प्रदान गरिरहँदा विश्वमा नयाँ सन्देश गएको चर्चा गर्दै नीति निर्माण तहमा महिला सहभागिताले महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस

You Might Also Like

0 comments