सुन किन्ने सोचमा हुनुहुन्छ, आज प्रतितोला ५६ हजार रुपैयाँ छ मूल्य
11:09 PM
Loading...
काठमाडौं, १ कात्तिक । दसैँ अघिदेखि स्थिर रहेको सुनको भाउमा सोमबार पनि कुनै उतार चढाव आएको छैन । दसैँ अघिको जस्तै सुन तोलामा आज ५६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । न्तर्राष्ट्रिय बजारमा आर्थिक स्थितिमा प्रभाव पार्ने खालका कुनै पनि गतिविधि नभएकाले भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल, डलर र सेयर बजारमा कुनै उतारचढाव नआएकाले भाउ स्थिर रहेको जानकारी दिनुभयो । सुन जस्तै चाँदीको भाउ पनि स्थिर छ । चाँदी तोलाको ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।
0 comments