पोखराबाट ‘पुरुष निषेध’

12:38 AM

Loading...


पोखरा, १५ असोज- राष्ट्रिय जनसाँस्कृतिक महासंघ, कास्कीले शुक्रबार विजया दशमी, शुभ दीपावली, छठ लगायतका चाडहरुको अवसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले कला र साहित्यले संसारलाई बदल्न सदैव अग्रपंक्तिमा काम गरेकोे बताए । उनले अगाडी भने, “ आमा, युवाहरुको गीत, अग्निदीक्षा लगायतका कृतिहरु ज्ति पढे पनि पुरानो लाग्दैनन् ।”

प्रमुख अतिथि अधिकारीले कार्यक्रमको क्रममा नै युवा साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’ को समेत लोकार्पण गरेका छन् । उपन्यासको समिक्षा गर्दै प्राध्यापक डाक्टर यदुनन्दन उपाध्यायले उपन्यास विषयवस्तुका हिसावले उत्कृष्ट भएपनि धेरै विषयवस्तु एकै पटक उठाउँदा उपन्यास धारिलो बन्न नसकेको औंल्याए । त्यसै महिला अधिकारकर्मी सावित्री गौतमले यो पुस्तकले जैविक रुपका पुरुषलाई नभई पितृसत्तात्मक सोच राख्ने पुरुषहरुलाई निषेध गर्न खोजेको बताइन् ।

लेखक ढकालले हालसम्म पनि नेपाली समाजमा लैंगिक विभेद रहेको र पुरुषहरुले यो वा त्यो बाहानामा महिलामाथि दमन गर्ने गरेकोले यसलाई उजागर गर्न यो उपन्यास तयार गरेको बताए । कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, महासंघका प्रदेश नं. ४ संयोजक मनकुमार श्रेष्ठ, जनसंगित मञ्च नेपालका उपाध्यक्ष पद्मराज ढकाल, जनसाहित्यिक मञ्च नेपालका उपाध्यक्ष नारायण परिश्रमी, प्राध्यापक डाक्टर रविलाल अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली तथा अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ, महासंघ गण्डकीका निवर्तमान सचिव सुवास मल्ल लगायतको समेत उपस्थिती थियो ।

कार्यक्रमको बीचमा भर्खर मात्र सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनबाट निर्वाचित प्रदेश नं. ४ का संयोजक तारापति सुवेदी तथा केन्द्रीय सदस्य जीवन दाहाललाई महासंघ कास्कीले बधाई ज्ञापन गर्दै सम्मान समेत गरेको थियो । कार्यक्रम महासंघ कास्कीका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता, सचिव लोकनाथ पुडासैनीको सञ्चालन तथा उपाध्यक्ष लक्ष्मी थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

You Might Also Like

0 comments