अमेरीकाको न्युयोर्कमा खाना खाएर सुतेका एक नेपाली आफ्नै कोठामा मृत भेटिए
12:10 AM
Loading...
अष्टिन, टेक्सास । अमेरीकाको न्युयोर्कमा फेरी एक नेपाली आफ्नै कोठामा मृत फेला परेका छन् । न्युयोर्कको कुइन्स स्थित आफ्नै अपार्टमेन्टको कोठामा शनिवार राती खाना खाएर स ुतेका शैलेन्द्र देवकोटा आइतवार बिहान मृत भेटिएका हुन् । मृतक देवकोटा आइतवार बिहान काममा नगएपछि एउटै अपार्टमेन्टमा बस्ने उनका साथी प्रकाश थापाले उनी स ुतेको कोठाको ढोका खोलेर हेर्दा स ुतीरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरी संगै पुगेको स्वास्थ्य कर्मीको टोलीले देवकोटालाई मृत घोषणा गरेको थियो । नेपालको आंबुखैरेनी घर भएका देवकोटाको मृत्युको कारण नखुलेपनि हृदयघातका कारण मृत्युभएको हुन सक्ने अनुमान गरेको बताइएको छ । करिब ४५ को हाराहारीका सहयोगी र मिलनसार मृतक देवकोटा आफ्ना जेठा छोरा संग करिब ६ बर्षदेखी न्युयोर्कमा बस्दै आएका थिए । उनका छोरा एक हप्ता अघि मात्रै नेपाल गएका थिए । घटनावारे जानकारी पाएलगत्तै उनका परिवारले शव नेपाल पठाइदिन सहयोग
गर्न नेपाली संघ संस्थाहरुलाई आग्रह गरेका छन् । यसैबीच न्युयोर्कमा रहेको रिजउड नेपलिज सोसाइटीले मृतक देवकोटाको शव नेपाल पठाउन गरिने प्रक्रियाको संयोजन गरिरहेको सोसाइटीका सचिव मिलन शाहिले जानकबारी दिनुभयो ।
0 comments