दशैंको अवसरमा नेपालीलाई भाइबरले दियो भाइबरबाट ५२ देशमा निशुल्क फोन गर्न सकिने सुविधा, यस्तो छ तरिका -पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्
12:06 AM
Loading...
पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्नेपालीलाई भाइबरले दियो भाइबरबाट ५२ देशमा निशुल्क फोन गर्न सकिने सुविधा, यस्तो छ तरिका –
स्मार्टफोन एप भाइबरले नेपाली उपभोक्तालाई दुई साताका लागि राति दुई घण्टाभित्र १० मिनेटका लागि नि:शुल्क ‘भाइबर आउट कल’ सुविधा दिएको छ । भाइबरको आधिकारिक वेबसाइटमा उल्लेख भए अनुसार यो सुविधा नेपाली नम्बरबाट डायल गर्ने ग्राहकले मात्र पाउने छन् ।
भाइबरबाट राति ८ बजेदेखि १० बजेसम्म विभिन्न ५२ मुलुकहरुमा निशुल्क फोन गर्न सकिने भएको छ। भाइबर आउटबाट ५२ मुलुकका ल्याण्डलाइन वा मोबाइल फोनमा १० मिनेटसम्म निशुल्क कुरा गर्न सकिने छ। अफर सेम्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म लागू हुने भाइबरले जनाएको छ।
यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ। अथवा भाइबरको किप्याडमा चाहेको नम्वर डायल गरेर यो सेवा लिन सकिने छ। यसका लागि देशको कोड भने सही थिच्नुपर्दछ।
अस्ट्रेलिया, बहाराइन, बाङ्गलादेश, बेल्जियम, भुटान, ब्रुनेइ डारुसुलाम, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ, मलेशिया, नेपाल, नेदरल्याण्ड, न्यू जियल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल कतार, रुस, साउदी अरेयिबा, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, भिएतनाम देशमा निशुल्क कल गर्न सकिने भाइबरले जनाएको छ।
0 comments