टिमुरे भन्सारबाट छ महिनामै लक्ष्यभन्दा बढी राजश्व संकलन
2:28 AM
Loading...
रसुवा, १९ असोज । नेपालको उत्तरी नाकामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनाको आधाआदिमै लक्ष्यभन्दा बढी भन्सार असुली गरेको छ ।प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार असोज महिनाको १६ गतेभित्र २५ प्रतिशतभन्दा बढी राजस्व उठेको छ । असोज महिनामा राजस्व असुली रु १७ करोड लक्ष्य राखिएको छ । यस आवको साउनदेखि असोज १६ गतेसम्म रु ४३ करोड राजस्व दाखिला भइसकेको छ ।
तयारी पोसाक, जुत्ता, चप्पललगायत सामग्री चीनबाट आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । स्याँफ्रु–टिमुरेबीच लिङलिङमा पहिरोका कारण अवरुद्ध सडक अहिले पुनःसञ्चालनमा आएको बताइएको छ ।
0 comments