ब्वाइफ्रेण्डसँग लण्डनमा बिदा मनाउँदै सोनम कपुर

2:34 AM

Loading...
असोज १९ गते-
बलिउड अभिनेत्री सोनम कपुर केही दिनयता बिदा मनाइरहेकी छिन् । उनले स्न्यापच्याटमा लन्डनमा घुमेका केही तस्बिर सेयर पनि गरेकी छिन् । बलिउड कलाकार बिदा मनाउन लन्डन पुग्नु त सामन्य कुरा हो ।
तर, सोनमको ‘भ्याकेसन’ किन फरक मानिएको छ भने उनीसँगै त्यहाँ आनन्द आहुजा पनि छन् । विगत लामो समयदेखि आनन्दलाई सोनमको ब्वायफ्रेन्ड भनिएको छ । तर, यी दुईले अहिलेसम्म यो सम्बन्ध स्वीकार गरेका छैनन् ।
त्यसो त यसअघि पनि यी दुई समयसमयमा विभिन्न पार्टीमा सँगै देखिएका थिए । यी दुई २ वर्षदेखि ‘गोप्य डेटिङ’मा रहेको अनुमान गर्नेहरू पनि धेरै छन् । सोनमका ब्वायफ्रेन्ड भनिएका आनन्द फेसन ब्रान्ड ‘भेन’का मालिक हुन् । – एजेन्सी

You Might Also Like

0 comments