पाकिस्तानसँग तनाव बढ्दै जाँदा एकाएक नेपालमाथि भारतले किन गर्यो यस्तो निर्णय

2:16 AM

Loading...
कैलाली, १५ असोज । भारतले पाकिस्तानसँग तनाव बढिरहेको समयमा एकाएक नेपालसँगका तीन नाका बन्द गरेको छ । भारत–पाकिस्तानबीच आन्तरिक द्वन्द्व चलिरहेका बेला भारतीय पक्षले कैलाली जिल्लाका तीन वटा सिमा नाका बन्द गराएको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीले टीकापुरको खकरौला, भजनीको गुलरिया घाट र मरियाघाट नाका बन्द गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक गौतम मिश्रका अनुसार एसएसबीले शनिबारदेखि ती नाका बन्द गरेको छ। एसएसबीले १८ गनेसम्म नाका बन्द रहने जानकारी दिएको नेपालस्थित अधिकारीले जनाएका छन्। मिश्रका अनुसार सिमापारिबाट नेपालतर्फ छिर्ने नेपालीलाई एसएसबीले प्रवेश दिएको छ। तर, नेपालबाट जाने कसैलाई पनि छिर्न दिएको छैन। ‘नाका पूरै सिल गरेको हैन, तर नाकामा भरपुर कडाइ गरेको छ,’ मिश्रले भने, ‘हामीले किन यस्तो भनेर सोध्यौं, उनीहरूले माथिको आदेश छ भनिरहेका छन्।’ भारत र पाकिस्तानबीच केही समयदेखि तनाव भएको छ। दुई हप्ताअगाडि कास्मिरको उरीमा इस्लामिक विद्रोहीले भारतीय सेनामाथि गरेको आक्रमणमा १८ जना भारतीय फौजका जवान मारिएका थिए। भारतले उक्त हमला पाकिस्तानबाट आएका इस्लामिक आतंकवादीले गरेको आरोप लगाएको छ। जसलाई पाकिस्तानले खण्डन गरेको छ। दुई दिनअघि बदलामा भारतले पाकिस्तान नियन्त्रित कास्मिरमा ‘सर्जिकल आक्रमण’ गरेको दाबी गरेको थियो। उक्त हमलामा इस्लामिक विद्रोहीतर्फ ठूलो क्षति भएको भारतले दाबी गरेको छ। पाकिस्तानले भने भारतले कुनै सर्जिकल आक्रमण नगरेको बरु सिमाबाट पाकिस्तान भूमिमा गोली प्रहार गर्दा दुई पाकिस्तानी सेनाको ज्यान गएको र केही घाइते भएको बताएको छ। भारतले गरेको आक्रमणको जवाफी कारबाही पाकिस्तानले गर्नसक्ने आशंका भारतमा रहेको छ।

You Might Also Like

0 comments