आजदेखि पाँचौं संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता
2:08 AM
Loading...
पोखरा १५, असोज- पोखराको संगम क्लवको आयोजनामा शनिबारदेखि पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ हुने भएको छ । माछापोखरी खेल मैदानमा ८ दिनसम्म संचालन हुने क्लवका अध्यक्ष शिव गुरुङ्ग (माया) ले बताए । उनका अनुसार प्रतियोगितामा ४७ टिमको सहभागिता हुने छ । उद्घाटन दिउँसो २ बजे पछि आर्टी टेनिङ सेन्टर बिरुद्ध डेविड फल्स क्लव बिच हुने भएको छ । “लागु औषद निर्मुल हाम्रो अभियान, समाज परिवर्तनमा युवा जागरण ” भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्घाटन शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले गर्ने कार्यक्रम तय भएको क्लवले जनाएको छ । संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा संचालन हुने उक्त प्रतियोगितामा विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैया र दोश्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरीने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनहि दुई दुई हजार साथमा ट्रफि प्रदान गरीने भएको छ । शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन भने मुख्य प्रायोजक संगम, एल.जी, हङ्गकङ्गले उक्त प्रतियोगिताको लागि ५ लाख ४३ हजार १७ रुपैया आर्थिक सहयोग गरेकोे क्लवले जनाएको छ । त्यसै गरी सह प्रायोजकको रुपमा संगम युके र संगम जापान रहेका छन । फुटवल खेलको विकास गराउने उद्धेश्यले नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको प्रतियोगिताका संयोजक सुर्य बहादुर गुरुङ्ग (राजु) ले बताए । २०६६ मा २० हजार प्रथम पुरस्कार राखेको क्लवले हरेक बर्ष पुरस्कार राषिमा बृद्धि गर्दै अघि बढेको छ । गत बर्ष विजेतालाइ ८० हजार थियो भने यस बर्षका विजेतालाई एक लाख २१ हजार १ सय ११ रुपैया रहेको छ । प्रतियोगिता असोज २२ गते सम्म संचालन हुने छ ।
0 comments