बियर पिउनुका पाँच फाइदाहरु जानी राखौँ



ताजा खबर :- यद्यपि वियर पनि एक प्रकारको मद्यपान नै हो र मद्यमानलाई स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ । तर पोषण विज्ञहरुले भने वियरको सन्तुलित मात्रा स्वास्थ्यका लागि लाभदायक हुने बताएका छन् । विज्ञहरुका अनुसार दैनिक ३ सय ५५ मिलिलिटर सम्म वियर सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।वियर विभिन्न खाले सुक्ष्म पोषक तत्वको राम्रो श्रोत हो । यसमा फोलेट, भिटामिन बी ६, नियासिन, प्यान्टोथेनिक एसिड तथा राइबोफ्लाभिन जस्ता पौष्टिक तत्व पाइन्छ । यसमा मध्यमस्तरमा फाइबर तथा प्रोटिन समेत पाइन्छ ।

वियरको सेवनले हड्डी मजबुत पार्न सहयोग गर्छ । यसमा सिलिकन तत्व पाइन्छ जसले हड्डीमा लवण तत्वको घनत्व वृद्धि गर्दै हाडलाई टुट्नबाट जोगाउँछ । जौँ बाट बनेकेा वियर हड्डीको लागि सबैभन्दा उपयुक्त पाइन्छ ।

वियरले रक्तनलीमा रगत जम्ने समस्यालाई समेत रोक्छ । यसले सरीरको लिपिड तथा फिबि्रनोजिन जस्तोे रक्तप्रवाह सँग सम्बन्धित प्रोटिनमा सकारात्मक प्रभाव पार्छ ।

बियरको सेवनले मुटुरोगको जोखिम समेत कम गराउँछ । उखानै छ, दिनको एउटा वियरले मुटुको डाक्टरलाई टाढा राख्छ । वियरको नियमित सेवनले रगतमा एचडीएल अर्थात् असल कोलेस्टेरोलको मात्रा बढाउने तथा एलडिएल अर्थात् खराब कोलेस्टेरोलको मात्रा घटाउने सन् २०११ मा अमेरिकामा भएको एक अनुसन्धानले देखाएको थियो । अमेरिकाको हार्वाड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार वियरको नियमित तथा सन्तुलित सेवनले रक्तनलीको रोगव्याधीको जोखिम समेत कम गर्छ ।

वियरको सेवनले मृगौलामा पत्थरीको जोखिम पनि कम गर्छ । वियरमा पानीको मात्रा धेरै हुने र यसले मुत्रप्रणालीमा पार्ने प्रभावका कारण यस्तो हुने मत अनुसन्धानकर्ताहरुको छ । यसमा हुने यौगिकले हड्डीबाट क्याल्सियम निस्कने दर घटाउँछ । त्यस्तो क्याल्सियम मृगौलामा पत्थरी बनाउन काम गर्छ ।

ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजको विकासमा उपयोग गर्नुपर्छ : मन्त्री केसी



काठमाडौँ, १५ असोज । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिक कोषले २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो — ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजको विकास तथा समृद्धिका लागि उपयोग गर्नुपर्दछ ।

मन्त्री केसीले ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि उनीहरुको अधिकार सुनिश्चित गराउनुपर्ने बताउँदै ज्येष्ठ नागरिकको हक, हित र अधिकार प्रवद्र्धनका लागि आफू जीवनभर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नयाँ संविधानले सबैको अधिकार सुरक्षित गरेको बताउँदै उहाँले असन्ुतष्ट पक्षको भावना समेट्न संविधान संशोधनमा एमालेको सहयोगको अपेक्षा पनि गर्नुभयो ।

कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको जानकारी दिँदै उनीहरुलाई सम्मानका साथ समाजका हरेक क्रियाकलापमा सहभागी गराउनुपर्ने बताउनुभयो ।

समाज कल्याण परिषद्का कामु निर्देशक शिवकुमार बस्नेत, अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली, अपाङ्ग कोषका प्रतिनिधि गोपाल भण्डारी, अधिकारकर्मी कृष्णमुरारी भण्डारी र खेमनाथ उपाध्यायले ज्येष्ठ नागरिकलाई आफ्नै घरमा सम्मान र आदरकासाथ धर्म, कर्ममा क्रियाशील बनाउनुपर्ने बताउँदै त्यसका लागि समाजमा चेतनाको लहर फैलाउनुपर्ने बिचारव्यक्त गर्नुभयो ।

भूकप्पपीडितको आवासका लागि अब निर्माण सामग्री र आवश्यक कर्मीकाे व्यवस्थापनमा जाेड



काठमाडौँ, १३ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकप्पपीडितको आवास निर्माणका लागि अब निर्माण सामग्री र आवश्यक कर्मी (डकर्मी, सिकर्मी, कालीगढ)को व्यवस्थापन कार्यलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने जनाएको छ । -प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज ललितपुरमा आयोजित नियमित पत्रकार भेटघाटमा लाभग्राहीको सूचीमा परेका र भूकम्प प्रतिरोधी घर निर्माण गरेकाहरुलाई अनुदान प्राप्तिमा अब कुनै समस्या आउन नदिइने प्रतिबद्धता जनाउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माण सम्बन्धमा हालसम्म करिब १५ हजार प्राविधिक जनशक्ति उत्पादन भएको जानकारी दिँदै उहाँले अब छिट्टै १५ हजार घर निर्माण गर्ने जनशक्ति उत्पादन गरिनेछ भन्नुभयो । “आवास निर्माण गर्दा स्थानीय स्रोतसाधनको प्रयोगलाई प्रोत्साहन गरिनाका साथै निर्माण सामग्री सङ्कलनमा अब जोड दिइनेछ” उहाँले जोड दिनुभयो ।

प्राधिकरणका कार्यमा सरकार र सबै राजनीतिक दलका तर्फबाट पूर्ण सहयोग प्राप्त भइरहेको जनाउँदै ज्ञवालीले भन्नुभयो, “पुनःनिर्माणमा संलग्न गैरसरकारी संस्थाको कामलाई पनि प्रक्रिया र विधिसम्मत बनाउन अनुगमनलाई प्रभावकारी बनाइने छ ।”

भूकम्पबाट क्षति भएका करिब सात लाख ५० हजार आवासको निर्माण हुने तथा आंशिक क्षति भएका करिब दुई लाख घरको भने सबलीकरण गरिने उहाँले जानकारी दिनुभयो ।

पाकिस्तानका लागि नेपाली राजदूतले सुरु गरे काम

काठमाडौँ, १३ असोज । पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल अधिकारीले आज पाकिस्तानी राष्ट्रपति मेमनुन हुसेनसमक्ष आज राष्ट्रपति भवनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । नेपाल र पािकस्तानबीच विसं २०१६ चैत ७ गतेदेखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

भूमिहीनलाई अनुदान उपलब्ध गराउन माग

नुवाकोट, १३ असोज । जिल्ला भूमिअधिकार मञ्च नुवाकोटले जिल्लाका भूमिहीन तथा बिर्ता समस्या भएका सर्वसाधारणलाई पनि अन्य सरह अनुदान रकम उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज ज्ञापनपत्र बुझाउँदै मञ्चले भूकम्पका कारण घर भत्केका परिवारलाई दिने अनुदान रकम, गुठी, बिर्ता, भूमिहीन किसानलाई उपलब्ध नगराइएको भन्दै अनुदान रकम प्रदान गरी सुरक्षित घर निर्माणको वातावरण निर्माण गर्न सरकारसँग माग गरेको हो । मञ्च नुवाकोटका अध्यक्ष चूडामणि गजुरेलको नेतृत्वमा विभिन्न गाविसबाट आएका भूमिहीन किसानले प्रजिअ विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाउँदै गोस्र्याङ, चारघरे, खड्गभन्ज्याङ, जिलिङ, रातमाटे, गणेस्थान लगायत गाविसमा एक हजार पाँच सयभन्दा धेरै परिवार गुठी तथा बिर्ता समस्याबाट प्रभावित भएको जनाउँदै भूमिहीनको समस्या समाधान गरी जग्गधनी पुर्जा वितरणको माग गरे । ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले भूमिअधिकारकर्मीले अघि सारेका माग नीतिनिर्माणसँग सम्बन्धित भएकाले जिल्लाबाट यसमा समाधानको ढोका नखुल्ने भएकाले ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइने आश्वासन दिनुभयो ।

मध्यरातमा सहकारीबाट पाँच लाखको बिटो चोरिएपछि …



काठमाडौँ, १३ असोज । सिन्धुपाल्चोक, हैबुङ–३ काउले दोभानस्थित सिन्धुदीप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति रु चार लाख ९१ हजार ८५५ चोरी भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


छविसँग बिहेको हल्ला चलिरहँदा शिल्पा पोखरलसँग पृथ्वीराजको यस्तो लभ..( भिडियो )



ताजा खबर काठमाण्डौं । यतिवेला मनोरञ्जन जगत्मा निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविच बिहे हुने चर्चा चुलिएको छ । कतिपयले यसलाई असोज २१ गतेदेखि प्रर्दशनको तयारीमा रहेको उनीहरुको फिल्म ‘किस्मत–२’को प्रचारका लागि गरिएको फण्डा पनि भनिरहेका छन् । यतिनैबेला रंगखबर च्यानलसँगको कुराकानीमा किस्मत २का अभिनेता पृथ्वीराजले शिल्पासँग प्रेम रहेको खुलासा गरेका छन् । शिल्पाले पनि मौन समर्थन जनाएकी छिन् । तर, कस्तो खालको प्रेम ?




जान्नलाई भिडियो हेर्नुस्

New Nepali Tihar Song 2073



The President of America Barack Obama has been regarding Nepali festival Tihar-the light day of Hindu and he always messaged on Bikram Sambat in Nepal. President Barack Obama has messaged and wished a Happy Diwali to all those who celebrate the festival of lights saying it was a reminder that light will ultimately prevail. His message is a endorsement of the great Hindu Religion. This is the only Religion which respects all religions, accepts people with diverse views including those of atheist, with grace. If Hinduism (Sanatan Dharma) becomes the Religion of the World then there will be little or no terrorism.

The world knows- Nepal is stable as a Hindu and Buddhist nation. Our respect to our compatriot is based on the ancient Vedic Hindu religion. Our concern and that of Buddhists’ corresponds to each other. Goddess Kali is worshipped by all Hindus as a manifestation of Shakti-the fierce destroyer of all evil. Her peaceful manifestation is Goddess Durga. Like God and Goddess, Cow is known as a shrine for all Hindus and the Buddhists. The cow was venerated as the mother goddess in the early Mediterranean civilizations. The cow became important in Nepal & India, first in the Vedic period (1500 – 900 BCE). The lord Bhishma also observes that the cow acts as a surrogate mother by providing milk to human beings for the whole life. The cow is truly the mother of the world. Cows as Gifts of all gifts, the cow is still considered the highest in rural Nepal, India and the Hindu world. So the holy animal- ‘COW’ has declared a National animal in Nepal.

The Nepali festival Tihar is also known by many names such as Dipawal in Nepal, or Bhai Tika or Laxmi Puja or as a festival of lights and Diwali in India. It is a five-days festival, which comes soon after the Dashain Festival, and Tihar is all about worshiping of different animals such as crow, dog, cow, and worshiping of the Hindu Goddess of Fortune or Wealth (Goddess Laxmi), and cooking great meals at home, brothers and sisters shopping for gifts, flying kites, decorating homes and streets, playing cards with friends, resting and relaxing, and finally ending the festival with an exchange of a special temporary mark on forehead.

Popular Nepali actors Daya Hang Rai and Keki Adhikari

Ghaampani’ that will feature popular Nepali actors Daya Hang Rai and Keki Adhikari. The movie’s cast and crew were introduced at a press meet organized in Kathmandu on Wednesday. ‘Ghaampani’ will follow a couple’s inter-caste romantic relationship that reaches turbulent heights during the course of the movie. The screenplay is penned by Lama. Speaking at the press meet, Lama said that journalism and filmmaking share similarities. “Both of them are forms of mass media. And journalists and filmmakers are storytellers aiming to inform their respective audience,” he said. Though Keki Adhikari and Daya Hang Rai have worked together before, this will be the first time where they will play each other’s love interest. Along with the lead pair, the cast includes Ankeet Khadka, Silsa Jirel, Buddhi Tamang, Prakash Ghimire and Pushkar Gurung‘Kabadi’ director Ram Babu Gurung, cinematographer Sailendra D. Karki, Bishwa Gauchan will jointly produce ‘Ghaampani’ with Highlights Nepal and Cinema Art. 

वायु प्रदुषणविरुद्ध नाटकीय रुपमा काम गर्न डब्लुएचओको आह्वान 'विश्वका ९० प्रतिशत मानिस अस्वस्थकर श्वास फेर्छन्'





जेनेभा । विश्वका १० मध्य ९ जना मानिसले अस्वस्थकर श्वास फेर्नेे गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओले हालै एक प्रतिवेदन सार्बजनिक गर्दै प्रदुषण वायु प्रदुषणविरुद्ध नाटकीयरुपमा काम गर्न सबैलाई आह्वान गरेको छ ।

वायु प्रदुषणकै कारण विश्वमा हरेक वर्ष ६० हजार जनाको मृत्यु हुने गरेको डब्लुएचओको अनुमान छ ।

नयाँ तथ्यांकबाट आफूहरु चिन्तित बनेको डब्लुएचओको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभाग प्रमुख मारिया नेइराले बताइन् ।

प्रदुषणको समस्या शहरमा बढी भएपनि गाउँमा यसको अवस्था सोचेभन्दा बढी दयनीय रहेको डब्लुएचओका विज्ञहरुले बताएका छन् ।

विश्वका विकसित मुलुकको तुलनामा अविकसित देशहरुमा दुषित हावा पाइने गरेको डब्लुएचओको रिपोर्टमा उल्लेख छ । तर व्यवहारिक रुपमा यो प्रदूषणले विश्वका सबै देश तथा वासस्थानलाई असर पारेको नेइराले वक्तव्यमा भनेकी छिन् ।

‘यो जनस्वास्थ्यका दृष्टिकोणले आपतकालीन अवस्था हो’, नेइराले भनिन्, ‘वायु प्रदूषण नियन्त्रण गर्ने छिटो काम तत्काल लागू हुन सक्तैन ।’

सवारी साधनको संख्या घटाउन र फोहर व्यवस्थापन गर्न जोड

यसका लागि सरकारले सडकमा सवारी साधनको संख्या घटाउनुपर्ने तथा फोहर व्यवस्थापनमा जोड दिनुपर्ने डब्लुएचओले आह्वान गरेको छ । यसका साथै खाना पकाउन स्वस्थ्य र सफा इन्धन प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

आज पेश गरिएको यो प्रतिवेदन विश्वका तीन हजार ठाउँबाट जम्मा पारिएको तथ्यांकमा आधारित छ ।

तथ्यांक अनुसार विश्वका ९२ प्रतिशत जनसंख्या प्रदुषित वायु भएको स्थानमा बस्ने गर्छन् । जहाँ वायु प्रदूषणको स्तर डब्लुएचओले तोकेको सीमा भन्दा अधिक छ ।

डब्लुएचओका अनुसार वायु प्रदुषणसित सम्बन्धित झण्डै ९० प्रतिशत मृत्यु निम्न तथा मध्य आय भएको देशहरुमा हुने गर्दछ ।

त्यस्तै दक्षिणपूर्वी एसिया तथा चीन, मलेसिया, भियतनाम सहितका पश्चिमी प्रान्त क्षेत्रमा यो संख्या अझै धेरै भएको तथ्यांकले देखाएको छ ।

२०७३ असोज १३ गते १६:२४ मा प्रकाशित

अमेरीकाको युटा साल्टलेक सिटीमा दशौ तिहार सांगीतिक साँझ हुने



अमेरिका,अमेरीकाको युटा साल्टलेक सिटीमा आगामी अक्टोबर २ ता्रीका दिन बिशेष सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम्मा नेपालका चर्चीत गायक गायिकाहरुको उपस्थीतीरहने छ । कार्यक्रममा सहभागी हुन गायक गायिका कन्हैया सिंह,अन्जना गुरूड र निर्देशक दिनेश कार्की साल्टलेक पुगीसकेकाछन ।



भने हास्य कलाकार देवीराम पराजुली ( भोक लाग्यो), नारायण त्रिपाठी, बसील अर्याल र गायक नरेन्द्र प्यासी शनिवारसम्म पुग्ने छन भने सुमन दाहाल ,राजु बजाज मिसेस नेपाल हेरिटेज रजनी थापा, गोपाल मगर र लोक गायिका सुस्मीता मल्लको कार्यक्रममा सहभागिता रहने छ ।युनाइटेड नेप्लीज आर्टिस्ट एसोसिएशन अफ नर्थ अमेरिका र भुटनिज कम्युनिटी इन युटा द्वरा संयुक्त रूपमा नेपाली कला संस्कृतीलाई जर्गेणा गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको चलचित्र निर्देशक तथा यस कार्यक्रमका उदघोषक सुमन दाहालले बताए । कार्यक्रम्मलाई भब्य बनाउन सबै तयारी पुरा गरेको कलाकार बिएस लामीछाने बजाजले बताएका छन ।




भारतीय गृहमन्त्रीद्धारा काश्मीरसँग जोडिएका राज्यमा १० किलामिटर क्षेत्र खाली गर्न निर्देशन

काठमाडौं १३ असोज । पाकिस्तान र भारतबीच तनाव बढेपछि भारतीय सरकारले कश्मीरको सीमा जोडिएको बस्तीदेखि १० किलोमिटर क्षेत्र खाली गर्न निर्देशन दिएको छ। गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानको सीमामा जोडिएको राज्यका मुख्यमन्त्रीसँग बिहिबार केही समयअगाडि वार्ता गरेको संचारमाध्यमले बताएका छन्। पाकिस्तानले गर्ने सम्भावित कार्यवाहीका कारण गृहमन्त्री सिंहले सतर्कता अपनाउन सीमादेखि १० किलोमिटर क्षेत्र खाली गर्न निर्देशन दिएका हुन्।

महानगरभित्र सामुदायिक कुकुरको गणना सकियो, कुन वडामा कति छन् ?




१३ असोज, कठमाडौं । तपाईंले जनगणना त सुन्न भएको छ, तर, कुकुरको गणनाबारे सायदै सुन्न भएको होला । यो विदेशको कुरा भने होइन, काठमाडौं महानगरपालिकाले नै शहरमा रहेका सडकमा आश्रित सामुदायिक (भुस्याहा) कुकुरको गणना सकाएको छ ।

काठमाडौं महानगरपालिका, ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्ष्टीच्युटको सहकार्यमा सञ्चालन भएको मनुमित्र कार्यक्रमले सहरका कुकुरको संख्या एकिन गरेको छ ।

तथ्यांकअनुसार महानगर क्षेत्रभित्र २१ हजार ८ सय ५६ वटा सामुदायिक कुकुरहरु छन् । तथ्यांकमा देखाइएका कुल कुकुरहरुको सङ्ख्यामध्ये ७ हजार ४ सय ३१ वटा पोथी कुकुर छन् । जसमा १ हजार ९ सय ६७ वटा पोथी कुकुरहरु बच्चालाई दुध चुसाउँदै गरेको अवस्थामा छन् ।

एउटा पोथी कुकरले एक सिजनमा १२ वटा सम्म बच्चा जन्माउन सक्छे । एकै सिजनमा यति धेरै बच्चा जन्माउन सक्नेे क्षमताकै कारण तथा कुकुर व्यवस्थापनमा एकीकृत कार्यक्रम सञ्चालन हुन नसकेका कारण सामुदायिक कुकुर व्यवस्थापनमा यस अघिका प्रयासले परिणाम पाउन सकेका थिएनन् ।

अहिले शुरु भएको कार्यक्रमलाई प्रभावकारी बनाउन महानगरका ३५ वटा वडाहरुलाई ८ क्षेत्रमा विभाजन गरिएको छ । यस अघि सिंहदरवारलाई कुकुर व्यस्थित क्षेत्र घोषणा गरिएपछि अहिले दोश्रो चरणमा भित्रि शहरका १४ वटा वडालाई समेटेर बिभाजन गरिएको क्षेत्र नं. २ मा काम गर्ने तयारी चलिरहेको छ ।

यस क्षेत्रमा ३ हजार २ सय ५१ वटा कुकुर छन् । त्यसमध्ये १ हजार ५ सय ६० वटा पोथी कुकुर रहेकोमा १ सय ९५ वटा बच्चालाई दुध चुसाउदै गरेका माउ कुकुर छन् । यस क्षेत्रमा महानगरका वडा नं. १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र ३० वडा समावेश छन् ।

कुन वडामा कति कुकुर ?


महानगरका १३, १४ र १५ वडालाई क्षेत्र नं. १ मानिएको छ । यस क्षेत्रमा रहेका ३ हजार ५ सय २५ वटा कुकुरमध्ये ९ सय १६ वटा पोथी कुकुर छन् । त्यस्तै क्षेत्र नं. ३ मा, वडा नं. १, ११, ३१, ३२ र ३३ समाबेश छन् । यस वडामा रहेका २ हजार ८ सय ४४ कुकुरमध्ये ४ सय २६ वटा पोथी कुकुर छन् ।

वडा नम्बर १० र ३४ लाई समेटेर छुट्याइएको क्षेत्र नम्बर ४ मा भने १ हजार ९ सय १४ वटा साुमदायिक कुकुरहरु रहेकोमा ८ सय ६१ वटा पोथी कुकुर छन् । महानगरका वडा नम्बर ६, ७ र ८ लाई क्षेत्र नं. ५ मा राखिएको छ । यस क्षेत्रमा ३ हजार १ सय ३६ वटा कुकुरमध्ये ८ सय १६ वटा पोथी कुकुर छन् ।

क्षेत्र नम्बर ६ अर्थात् महानगरका वडा नं. २, ३, ४ र ५ मा रहेका २ हजार ३ सय १३ वटा कुकुरमध्ये ७ सय ४० वटा पोथी कुकुर छन् । महानगरको वडा नम्बर १६ र २९ अर्थात् क्षेत्र नम्बर ७ मा भने २ हजार ५ सय १६ कुकुर मध्ये ७ सय ८० वटा पोथी कुकुर छन् । क्षेत्र नम्बर ८ अर्थात वडा नंं. ९ र ३५ मा २ हजार ३ सय ५७ कुकुरमध्ये १ हजार १ सय ३१ वटा पोथी कुकुर छन् ।

३ हजार ५ सय २५ कुकुर रहेको क्षेत्र नं. १ सबै भन्दा बढी सामुदायिक कुकुर भएको क्षेत्रका रुपमा देखिन्छ भने, १,५६० पोथी कुकुर भएको क्षेत्र नं. २ सबैभन्दा वढी पोथी कुकुर भएको क्षेत्रका रुपमा देखिन्छ ।

अहिले महानगर क्षेत्रभित्र रहेका कुकुरमध्ये १ सय १० वटा कुकुर कुपोषणबाट र १ हजार १ सय ५९ वटा कुकुर छालाजन्य रोगबाट ग्रसित छन् । मानिस र कुकुरबीचको सम्बन्ध नजिक भएकोले रोगी कुकुरमा भएका रोग मानिसहरुमा सर्ने खतरा बढी छ ।

त्यसैले महानगरले सहरी व्यवस्थापनमा सामुदायिक कुकुरको कार्यक्रमलाई प्राथमिकता राखेको हो । यस अन्तर्गत सिंहदरबार क्षेत्रमा रहेका १२० वटा कुकुरलाई रेविजविरुद्धको खोप लगाइसकिएको छ भने बन्ध्याकरणसमेत गरिसकिएको छ ।

कुकुर व्यवस्थित वडा


महानगरपालिकाको वडा नम्बर २० नेपालकै पहिलो कुकुर व्यवस्थित वडा घोषित भएको छ । महानगरका ३५ वडाहरुमध्ये यो वडालाई दशौं विश्व रेविज दिवसको अवसर पारेर बिहीबार कुकुर व्यवस्थित वडा घोषणा गरिएको हो ।

काठमाडौं महानगरपालिका कार्यालयले महानगरलाई कुकुरमैत्री सहरका रुपमा विकास गर्न कुकुरहरुको वन्ध्याकरण गर्ने, रेविजविरुद्धको खोप लगाउने तथा हरेक वडामा कुुकुर सम्बन्धी समस्या समाधानको दिगोपनाकालागि वडा स्तरीय पशु व्यवस्थापन समिति गठन गर्ने कार्य गरिरहेको छ ।

महानगरले द हृयुमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्स्टीच्युट नेपालसँगको सहकार्यमा सञ्चालन गरेको महानगरीय कुकुर व्यवस्थापन मनुमित्र कार्यक्रमअन्तर्गत यसअघि सिंहदरवार क्षेत्रलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गरिसकेको छ ।

कुनै स्थानलाई कुकुर व्यवस्थितक्षेत्र बनाउन त्यहाँ भएका कुकुरहरु मध्ये ८० प्रतिशत कुकुरको वन्ध्याकरण हुनुपर्ने र शतप्रतिशत कुकुरलाई रेविजविरुद्धको खोप लगाउनु पर्ने मापदण्ड राखिएको छ ।
अभियान अन्तर्गत वडा नं. २० मा रहेका १ सय २० वटा कुकुरमध्ये ३ महिनाको अवधिमा ५६ वटा पोथी र ४५ वटा भाले गरी १ सय १ वटा कुकुरको वन्ध्याकरण गरिएको थियो ।

गत साउन २८ गते गठित पशु व्यवस्थापन समितिलेसो क्षेत्रमा कुकुरको वन्ध्याकरण तथा रेविजविरुद्धको खोपकालागि निःशुल्क शिविर सञ्चालन गर्नुका साथै जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।

घोषणा सभामा काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले कुकुर व्यवस्थापनका लागि विगतमा अपनाइएको कुकुरको हत्या गर्ने कार्य गलत भएको धारणा राखे । मान्छेको पूर्ण सुरक्षाकालागि कुकुर व्यवस्थान गरिनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा महानगरपालिकाका सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले महानगरमा सामुदायिक कुकुरको संख्यालाई स्थिर बनाउन महानगर बहुबषर्ीय योजनाबाट अघि बढेको बताउँदै यसको सफलताका लागि समुदायको सहभागिताको अपेक्षा गरे ।

२०७३ असोज १३ गते १५:३२ मा प्रकाशित

A letter To Journalist Prem Baniya

prem-baniyaThe program Power News shows the system concerning the well-being state of Nepalese political pioneer and current political canary. The project host Prem Baniya is obtainable the distinctive problems that area unit connected with the soundness of the Nepalese pioneer and exceptional individual. various Political pioneer of Nepal from numerous political foundation such like philosophical system review of 2007, against the panchayet administering framework and diverse different pioneer of varied political distinctive proof area unit experiencing distinctive desises. Among them The Prime Minister Sushil Koirala, CPN-UML president KP Oli, Jhalanath Khanal and diverse different area unit experiencing distinctive diesis.

Very very funny joke about the current prime minster of Nepal - "Pushpa Kamal Dahal (Prachanda)" 2073



Prachanda is honored title name of “Puspa Kamal Dahal” gained throughout his leadership of communist insurgency civil war in which more than 17,000 people were killed. Finally at the revolution movement of 2062/2063 in co-operation with 7 parties , the 206 years monarchal royal system was came to end and for the first time constitutional election was held in Nepal.






In that election, the CPN Moist Party emerged as the strongest party with high number of Votes and “Puspa Kamal Dahal (Prachanda)” became the first prime minister of Republic Nepal. He had persuaded many Nepalese to provide lot of thing regarding their primitive rights, state provision , democracy and their self stability in the nation. Many of the Nepalese people supported him for the first time and became happy for being the prime minister of Nepal.





But the rule could not be effective as far as he had committed. The many of the person during his rule, engaged in corruption and he himself earned a lot of money being the prime minister. He became the part of corrupt leader and many persons comment on his work. Unfortunately he was something doing against the Chief Army Officer of Nepal – Rookmangud Katawal, which make him to resign the post of Prime Minister of Nepal. It has gone a very historical event in Nepal. Nowdays there are many comedians focus on him for the entertainment, to such issues and this act is also one of them to criticize the Prachanda work. This year too he has became the prime minister of Nepal for the 2nd time.

Cabinet decides to table Bill to Mobilise National Debt in Parliament

Today’s meeting of the Council of Ministers decided to table the Bill to Mobilise National Debt in the Legislature-Parliament. As per the decision, the bill related to the budget for fiscal year 2073-74 BS will be presented in Parliament today, said government’s spokesperson and Minister for Information and Communications Surendra Kumar Karki. The meeting also decided to table other two bills that failed to get the House approval earlier due to a change in the government in the parliament, the minister added. Other decision of the meeting includes the appointment of Prof Dr Punya Prasad Regmi as Chief of the office of Ministry of Finance and Prof Dr Dev Raj Adhikari as Secretary of the Tribhuvan University Grant Commission (TUGC). Likewise, the meeting decided to appoint vice chancellor of Tribhuvan University Prof Dr Tirtha Raj Khaniya and vice chancellor of the Agriculture and Forestry University Dr Ishwori Prasad Dhakal as representatives for the TUGC, said Minister Karki.

101-year-old gets one last ride on a Harley

Posted by Anup Baral September 28, 2016 : A 101-year-old veteran gets his wish to ride a Harley-Davidson one last time.

A 101-year-old veteran gets one last ride on a Harley-Davidson. Ray Weser fell in love with the iconic motorcycle as a teen. He even worked for the company for 24 years. Businesses in his community of Prescott, Arizona teamed up to give the man a final epic journey called "One Last Ride." The vet hit the road on a custom trike to support his body with 50 other bikers. His granddaughter says the final cruise completes his life circle, claiming he probably thinks he has died and went to heaven.

Little girl does not feel pain, get hungry or sleep -



The little girl in the picture looks like any other girl but she is suffering from such a disorder due to which she does not eat or sleep.




Even a big wound does not make her feel pain. Doctors have given Olivia the name bionic and her mother calls her daughter made of steel.




Olivia is a resident of Huddersfield Britain and she does not feel hungry and rarely sleeps. She sleeps once in every 3 days hardly.




According to doctors she has a hereditary disorder called Chromosomal Deletion Syndrome. She is the only person in the world who is suffering from all three symptoms of the disorder which is not feeling pain, hunger or sleepy.




Thee problems were seen in Olivia in just few months after birth. She did not cry even as a toddler and did not sleep either. Her hair had not grown properly at the age of 4 too. She does not want to eat. She only drinks milk shake and eats chicken noodles forcefully.




Once she fell very badly and her lips got wounded. The wound was scary but she did not cry.




Olivia’s mother said that they do not know what happens to her because she feels no pain. With continuous medication, she has started to eat and her sleep as also increased. According to doctors her disorder is not completely curable. But the symptoms can be decreased at some level.

अमीषाको नुहाउँदै गरेको फोटोले मच्चायो हंगामा






ताजाखबर। ‘कहो ना प्यार’ फेम एक्ट्रेस अमीषा पटेलले हालै सोशल मीडियामा नुहाउँदै गरेको फोटो शेयर गरेकी छिन् । यो फोटो उनको पछिल्लो फोटो शूटको हो, जसलाई उनले आफ्ना फ्यानसामु शेयर गरेकी छिन् ।

उक्त फोटोलाई लिएर सोशल मिडियामा मिक्स रिभ्यू मिलेको छ । फोटोको क्याप्सनमा लेखिएको छ, ‘Shower like a tockstar’ र पछि गल्ती सुधार्दै दोश्रो ट्वीट आएको छ ‘टाइपिंग में गलती टॉकस्टार नहीं ‘रॉकस्टार’ ।

केहि ट्विटर युजरले यो फोटोलाई मजाक बनाएका छन् भने केहिले नयाँ बोल्ड लुक्स भनेका छन् ।

संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन एमालेले देशव्यापी अभियान सञ्चालन गर्ने



काठमाडौँ, ११ असोज । संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन नेकपा (एमाले)ले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।पार्टी कार्यालय धुम्बाराहीमा आज केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकारसम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान कार्यान्वयन गर्न चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ सञ्चालन गर्ने बताउनुभयो ।

‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नाराका साथ एमालेले कात्तिकदेखि माघ महिनासम्म अभियान सञ्चालन गर्नेछ । संविधान कार्यान्वयन गर्न ढिलासुस्ती भएकाले जनदबाब दिनका लागि अभियान सञ्चालन गर्न थालिएको उहाँले जानकारी गराउनुभयो ।

अभियानका क्रममा एमालेले संविधानका मुख्य विशेषता र पार्टीले संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिकाका सम्बन्धमा जनतालाई स्पष्ट पार्ने उहाँले बताउनुभयो । “हाम्रो पार्टीको नेतृत्वदायी भूमिकामा जारी भएको संविधान कार्यान्वयन हुन नदिनका लागि अहिले पनि अनेकौँ दुष्प्रयास जारी छन्”, उहाँले भन्नुभयो–“त्यसैले मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन र संविधान कार्यान्वयन गर्नका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्नका लागि अभियान सञ्चालन गर्न थालेका हौँ ।”

अभियानकै क्रममा एमालेले आफ्नो नेतृत्वको सरकार विस्थापनपछि सुरु भएको राजनीतिक धारले उत्पन्न राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएको उदासीनता, अन्तर्राष्ट्रिय सम्बन्धमा वर्तमान सरकारका असन्तुलित नीति एवम् तिनले नेपालको राष्ट्रियतामा पार्ने असरबारे जनतालाई जानकारी गराउनेछ ।

अभियानका क्रममा एमालेले कात्तिक १५ गतेभित्र प्रदेश सङ्गठन कमिटी, जिल्ला कमिटी तथा मोर्चा आबद्ध जनसङ्गठनको बैठक गर्ने भएको छ । सचिवसमेत रहुन भएको भट्टराईले अभियानमार्फत केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन तयारीमा भएको ढिलासुस्तीको विरोध गर्दै सरकरालाई सबै तहको निर्वाचनका लागि जनदबाब सिर्जना गरिने बताउनुभयो ।

अभियानकै क्रममा एमालेले प्रदेश भेला, प्रशिक्षण, अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।

सलमानको फिल्ममा छैनन् फवाद






ताजाखबर। केहि समयदेखी खबर आईरहेको थियो कि फवाद खान, सलमान खानको आगामी फिल्मको हिस्सा हुनेछन् । यो खबर असत्य सावित भएको छ ।

यो फिल्म सलमान खानको प्रोडक्शन हाउस मातहतमा बन्नेछ । यो फिल्मको निर्देशन नितिन कक्कडले गर्नेछन् । फिल्मको शूटिंग अरको बर्ष हुनेछ । तर अहिले खबर आएको छ कि फवाद यो फिल्ममा हुनेछैनन् ।

नितिनले एक इन्टरभ्यूमा भनेका छन् कि उनले यो फिल्मको लागि फवादलाई साइन गरेका छैनन् । उनले आफुले कुनै पाकिस्तानीसँग साथमा फिल्म नबनाईरहेको स्पष्ट पारे ।

यद्यपी नितिनले कलाकार कुनै देश वा धर्मको नहुने समेत खुलाए । पछल्लो समय पाकिस्तानी कलाकारलाई भारत छोड्न धम्की समेत आईरहेका छन् । यो समयमा नितिनले यस्तो बताएका हुन् ।

भारत-पाकिस्तानबीचको झगडाले भारतमा करियर बनाईरहेका तथा चल्तीमा रहेका कलाकारको सुरक्षास्थिती गम्भीर हुँदै गएको बताईन्छ ।

स्थानीय तह पुनर्संरचनाको मापदण्ड संशोधन, इलाकालाई मुख्य आधार बनाइने

काठमाडौँ ११ असोज – मन्त्रिपरिषद् आजको बैठकले तीन मुख्य राजनीतिक दलबीच भएको सहमतिलाई आधार बनाएर स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारण गर्दा पहिला जिल्लामा कायम रहेका इलाकालाई मूल आधार बनाउने निर्णय गरको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज साँझ बसेको बैठकले स्थानीय तहको सिमाना र सङख्यालाई निर्धारण गर्दा त्यसमा नगरपालिका भए त्यही कायम गर्ने अरु जनताको सुविधालाई दृष्टिगत गरी बनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

मुलुककै अग्लो झोलुङ्गे पुलमा ‘ब्रिज पार्क’



पर्वत, ११ असोज । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ ।सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्न र पुलसम्बन्धी अवलोकन गर्नुका साथै विभिन्न सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रमसमेत सञ्ंचालन गर्न सहज होस् भन्ने उद्देश्यले बृज पार्कको निर्माण गर्न लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्ड पोखरा, जिविस पर्वत र कुश्मा नगरपालिकाको सहयोग तथा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा बृज पार्कको निर्माणकार्य अघि बढाइएको हो । उक्त पार्कभित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि हल, शौचालय तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिने छ । ऊर्जाखोलाका रुपमा परिचित मोदीखोला र पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङसमेत निर्माण गरिने भएको छ ।

उक्त पार्क निर्माणका लागि रु २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । पर्यटन बोर्डले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराएको छ । एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढाइएको हो । यस्तै जिल्लाको अर्को अग्लो पुल बडागाउँ–मुडिकुवा पुलको निर्माण कार्य करिब ८० प्रतिशत पूरा भएको छ । अग्ला पुलबाहेक निजी क्षेत्रबाट निर्माण भएको कुश्मा–बलेवा यान्त्रिक पुल, प्रसिद्ध गुप्तेश्वर गुफा, अलपेश्वर गुफा, मोदीवेणी, हम्पाल, पञ्चासे, डहरे, गोर्लाङको लेक, शालिग्राम शिला, कालीगण्डकीमा जलयात्रा जस्ता स्थान जिल्लामा मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएका छन् ।

द फेमसको पोष्टर सार्वजनिक



काठमाडौं, ११ असोज । नेपाली कथानक चलचित्र ‘द फेमस’को पोष्टर सार्वजनिक भएको छ । आगामी कात्र्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुने यो चलचित्रले यस अघि एक एनिमेशन गीत र टिजरलाई सार्वजनिक गरेको थियो ।



अहिले सार्वजनिक पोष्टरहरुमा प्रमोद खड्का, सविना कार्की, सुरवि जैन विष्ट, सोनिया जिआर, सुमन थापालाई अटाईएको छ । पोष्टरमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । द फमेसलाई संचारकर्मी तथा निर्देशक समीर बलामीले निर्देशन तथा निर्माण गरिएको हो । चलचित्र बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । चलचित्रलाई डबल लभस्टोरी फेमेली ड्रामा भनिएको छ । चलचित्रले केही दिनमै सञ्चारकर्मी माझ ट्रेलर र बाँकी गीत सार्वजनिक गरिने बताएको छ । रश्मी भट्ट, प्रभात बलामी र सुरेश चौधरीको पनि चलचित्रमा मूख्य भुमिका रहेको छ ।



अशोक कार्कीले खिचेको फिल्ममा बाबु बलामीको द्धन्द, सन्तोष प्रगाढ र टंक बुढाथोकीको संगीत, मधुकर बलामीको एनिमेशन, सुरेश चौधरी र सुधिर श्रेष्ठको नृत्य, सुरेश चौधरीको सम्पादन रहेको छ । फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् ।


स्याउ बिक्री नहुँदा कुहिने अवस्थामा



गोरखा, ११ असोज । ल्हो गाविस– ५ का छेवाङ नर्वु लामाको बारीमा लटरम्म स्याउ पाकेका छन् । बारीका पाँच बोटमा फलेका स्याउ बिक्री नहुँदा कुहिने अवस्थामा पुगिसकेको छ । हाँगा भाँचिएला जस्तै गरी स्याउ फले पनि बिक्री गर्न भने सकिएको छैन ।दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु ?,” लामाले भन्नुभयो । लामाको मात्रै होइन, उत्तरी गोरखाका ल्हो, प्रोक, बिहीलगायत गाविसका किसानका बारीमा राताम्मे भएर अहिले स्याउ पाकेको छ । तर बिक्री हुन सकेको छैन ।

“मनास्लु पदमार्गमा पर्यटक हिँडे फाट्टफुट्ट स्याउ बिक्री हुन्छ,” लामाले भन्नुभयो । पदमार्गको आसपासमा खुलेका होटलमा स्याउ बिक्रीका लागि राखिएको भए पनि बिक्री नहुँदा किसान चिन्तित छन् । पाकेको स्याउ सदरमुकाम तथा काठमाडौँ पु¥याउन सके मनग्य आम्दानी हुने किसान बताउँछन् ।

सडक पहुँच नहुँदा स्याउ ढुवानी गर्न सकिएको छैन । मनास्लु संरक्षण क्षेत्र आयोजना र जिल्ला कृषि विकास कार्यालयले बर्सेनि स्याउका बिरुवा बाँड्ने गरेका छन् । यस वर्ष मनास्लु पदमार्ग भएर पर्यटक नआएका कारण स्याउको बिक्री ह्वात्तै घटेको छ । बिक्रीमा ह्रास आएपछि किसानले छ्याङ, रक्सी बनाउन थालेका छन् । स्याउलाई कुहिन नदिन छ्याङ बनाउनुपरेको प्रोकका पेमा लामा बताउनुहुन्छ ।

सदरमुकामबाट स्याउ उत्पादित क्षेत्रमा पुग्न करिब पाँच÷छ दिन लाग्छ । किसानले बाटो असजिलो भएका कारण स्याउ बजारसम्म पु¥याउन सकेका छैनन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख राजकुमार गुरुङका अनुसार खच्चडबाट स्याउ ढुवानी गर्दा धेरै महँगो पर्छ । “स्याउभन्दा ढुवानीको पैसा बढी लाग्छ,” उहाँले भन्नुभयो । सरकारले स्याउ ढुवानीमा सहयोग गर्न सकेमा उत्तरी भेगमा उत्पादित स्याउ बजारसम्म ल्याउन सकिने गुरुङको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख तीर्थकुमार श्रेष्ठ स्याउका चाना बनाएर राख्न सकिने बताउनुहुन्छ । उत्पादन राम्रो भए पनि उत्पादित स्याउले बजार नपाउँदा उत्तरी भेगका किसान व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् । बजारमा भारतीय स्याउको मूल्य दिनहुँ आकासिएको छ तर, उत्तरी गोरखाका विभिन्न ठाउँमा फलेका स्याउ बजारसम्म ल्याउन सकिएको छैन ।

फोहरबाट ऊर्जा उत्पादन गर्नेमा जोड



काठमाडौँ, ११ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकले काठमाडौँ उपत्यकाबाट दैनिक रुपमा निस्कने फोहरबाट ऊर्जा उत्पादन गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।नेपाली काँग्रेसका धनराज गुरुङद्वारा प्रस्तुत सो प्रस्तावलाई सोही दलका बद्रीप्रसाद पाण्डे र जीवन परिवारले समर्थन गर्नुभएको थियो । सो प्रस्तावमा उपत्यकाबाट दैनिक ६८९ टन फोहर उत्पादन हुने गरेको र यसको व्यवस्थापनमा अबाँै खर्च हुने गरेको परिपे्रक्ष्यमा फोहर उपयोग गरी नवीकरणीय ऊर्जा लगायत जैविक मल समेत उत्पादन गर्न सकिने भएकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने कार्य प्रारम्भ गर्न आवश्यक भएको जनाइएको छ ।

प्रस्तावमाथि रेवतीरमण भण्डारी, योगेन्द्र तामाङ घिसिङ, जेबी टुहुरे, प्रेम सुवाल, राजेन्द्रकुमार केसी, रामवीर मानन्धर, रामहरि खतिवडा, रामेश्वर ढुङ्गेल र प्रतीक्षा तिवारी मुखियाले फोहरबाट ऊर्जा उत्पादन गर्न सरकारले नयाँ नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले फोहरबाट ऊर्जा उत्पादनमा जोड दिएको र काठमाडाँै महानगरपालिकाले टेकुमा ऊर्जा उत्पादनको नमुना परीक्षण गरिरहेको जानकारी दिनुभयो । व्यवस्थापिका–संसद्को अर्काे बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

हिट बन्दै सन्देशको ‘मायामा(भिडियो सहित)



काठमाडौं,११ असोज । नेपाली सागींतिक जगतकै एक उदयीमान् गायक सन्देश श्रेष्ठको ‘मायामा’बोलको गीत दर्शक श्रोताले निकै मनपराएका छन् । स्वर्गीय पिता बरिष्ठ सगींतकार गणेशप्रसाद श्रेष्ठको सागींतिक यात्रालाई पछ्याएका सन्देशले करिब सयवटा गीतमा सगींत भरिसकेका छन् भने उनकै स्वरमा करिब दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । अहिले युट्युबमा निकै हिट भइरहेको ‘मायामा’ बोलको गीतको भिडियोको निर्देशन तथा छायंकन सञ्चु थोकरले गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोमा सन्देश,प्रतिक्षा पाण्डे र कुमार लामाले अभिनय गरेका छन् ।


कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउनुपर्छ : मन्त्री चौधरी



काठमाडौँ, ११ असोज । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले संविधान संशोधन प्रक्रियामा एमालेलाई सहभागी गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सहयोगबिना गरिने संशोधन दिगो हुन नसक्ने बताउँदै एमालेसँग वार्ता तथा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेशको सीमाङ्कनमा विवाद भए पनि त्यसलाई पनि दलहरुबीचको सहमतिबाटै टुङ्गो लगाउन सकिने विश्वास व्यक्त गर्दै प्रदेशको सीमाङ्कन गर्दा कैलाली–कञ्चनपुरलाई थारूवान् प्रदेशमै राख्नुपर्ने विचार व्यक्त गर्नुभयो । मन्त्री चौधरीले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनका लागि चालु आर्थिक वर्ष २०७३÷७४ को बजेटका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले प्रत्येक जिल्लामा निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँले कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउनका लागि सरकारले धान, फलफूल, तरकारीलगायत अन्य सम्भाव्यता भएका उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम अघि सार्ने सङ्घीय प्रणालीअनुसार नै सात प्रदेशमै पु¥याउने बताउँदै अहिले मन्त्रालयमा कुल २७ अर्ब बजेट रहेको र त्यो अलिकति नपुग हुने बताउनुभयो ।

किसानलाई पेन्सन दिने तयारीसमेत सरकारले गरिरहेको बताउँदै उहाँले पाँच लाखसम्म आयआम्दानी गर्ने किसानलाई एउटा वर्गमा, पाँचदेखि १० लाखसम्म आम्दानी गर्नेलाई अर्को वर्गमा, १०–२५ लाखसम्म आम्दानी गर्नेलाई एउटा वर्गमा, २५ देखि ५० लाखसम्म एउटा वर्गमा र त्योभन्दा पनि कारोबार गर्नेलाई उद्योग व्यवसायीको रुपमा वर्गीकरण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

चार वर्षीया बालिका बगेर बेपत्ता



काठमाडौँ, ११ असोज । सिन्धुपाल्चोक माङ्गा–६ का दिनेश नेपालीको चार वर्षीया छोरी दिपिका नेपाली आज सोही ठाउँस्थित अँधेरी ठाडो खोलाले बगाएर बेपत्ता भएकी छिन् ।

आमासँग लुगा धुन गएको अवस्थामा खोलाले बगाएर उनलाई भोटेकोसी नदीतर्फ लगेको प्रहरीले जनाएको छ । उनको खोजी जारी रहेको समेत प्रहरीले जनाएको छ ।


मागेको सूचना नदिए आयोगले दण्ड गर्छ : प्रमुख आयुक्त बाँस्कोटा




काठमाडौं, ११ असोज । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले मागेको सूचना तोकिएको समयभित्र उपलब्ध नगराउने कर्मचारी कारबाहीको भागेदार हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय सूचना अधिकार दिवसको अवसरमा फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले संविधानको धारा २७ मा नै सूचनाको हकको स्पष्ट व्यवस्था भएको भन्दै मागेको सूचना उपलब्ध नगराउनेलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । प्रमुख आयुक्त बाँस्कोटाले “सूचना अधिकारी तोकिएपछि सूचना दिने उसको कर्तव्य हो, सूचना नदिए आयोगमा खबर गर्नुहोस्, आयोगले त्यसलाई कारबाही गर्छ” भन्दै उनले सूचना अधिकारीको सेवा र सुविधाका लागि आयोगले सरकारसँग छलफल समेत गरेको जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले सूचना माग्नु र लिनु मानव अधिकार भएको उल्लेखगर्दै कुनै पनि कार्यालयले नागरिकलाई सहज सूचना उपलब्ध गराउनुपर्ने बताए । “जहाँ सूचना लुकाउने काम गरिन्छ त्यो मुलुकले विकास गर्न सक्दैन” भन्दै उनले सूचना माग्ने संस्कृति निर्माण गर्न सबै जागरुक हुनुपर्ने बताए ।

नागरिक समाजका प्रतिनिधि विष्णुपुकार श्रेष्ठले अरुले सूचना थाहा पाए सबै बिग्रन्छ भन्ने मनस्थितिका कारण सूचनाको हक अगाडि बढ्न नसकेको बताउँदै ढिलै भएपनि जनताले सूचनाको खोजी गरेको धारणा राखे । सूचनाका हकका अभियन्ता डा रामकृष्ण तिमल्सिनाले जनताले खोजेको सूचना नपाएको कारण जनता दास भएको बताउँदै सबै जनतालाई सूचनाको हकको बारेमा जागरुक गर्नुपर्ने आवश्यकता औल्याए । सरकारले सूचना दिने संस्कारको विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

वरिष्ठ पत्रकार एवम् फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हक सम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको अधिकार जनताले नपाएकोमा चिन्ता व्यक्तगर्दै सूचनाको अभ्यासलाई प्रवद्र्धन गर्न सके मात्र मुलुकको विकास र समृद्धि हुने बताए । रासस







फुजेल घटनाको मुद्दामा लिखित बहस नोट पेस गर्न अदालतको आदेश



चितवन, ११ असोज । जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगको बहसपछि लिखित बहस नोट पेस गर्न आज आदेश दिएको छ ।जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले दुवै पक्षका अधिवक्ताबाट लिखित बहसनोट पेस गर्न लगाई बहस गर्नुहुने कानुन व्यवसायीलाई सम्बन्धित पक्षमार्फत नै जानकारी गराउन आदेश गरिएको हो । २०७३ साल कात्तिक ५ गते अगावै अदालतमा प्रतिवादीले आ–आफ्ना कानुन व्यवसायीले तयार पारेको लिखित बहस अदालतमा पेस गर्नुपर्ने भएको छ ।

सो नोट पेस गरेपछि मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को पेशी तारिख तोकिने जिल्ला अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले बताए । गम्भीर प्रकृतिका मुद्दामा मात्रै लिखित नोट पेस गर्न लगाउने प्रचलन रहेको छ । तीन दिनदेखि सो मुद्धामा अदालतमा बहस चलेको छ ।

यसअघि वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट १२ जनाले बहस गरेका थिए ।

यही असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसहित पेस गरेका थिए ।

सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा २०६१ जेठ २४ गते हत्या गरिएको थियो । सो पश्चात् कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले २०७१ साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ भने विष्णु तिवारी पनि फरार छन् । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेलसमेत फरार छन् ।

अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र शुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल (अजीव)लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटी राखेर तारिखमा छोडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राखी तारिखमा छाडेको छ । रासस




दरबारमार्गको ब्रान्डेड सेल अफरले तानेन ग्राहक




११ असोज, काठमाडौं । अघिल्ला वर्षमा दसैँको सुरुवातसँगै दरबारमार्गको ब्रान्डेड सेल अफर निकै भीडका कारण बाटो छिचोल्नसमेत नसकिने दरबारमार्ग यतिबेला सुनसान जस्तै बनेको छ ।

दसैँ सुरु हुन १० दिन बाँकी रहँदा पनि दरबारमार्गका ब्रान्डेड सेल बजारमा कुनै चहलपहल देखिएको छैन ।

‘फाटफुटमात्र ग्राहक आउने गरेका छन्’ रिबुक शो-रुममा दिलिप केशले भने, ‘बजार सुस्त छ, विगतका वर्षहरुमा भन्दा यसपटक सेलमा सामान पनि कम छ ।’


दरबारमार्गमा एडिडास, रिबुक, लि, लिभाइस, आन्टा, नाइक, वेनिल्ट लगायत अधिकांश ब्रान्डेड सामानको शो रुम छ । यी शोरुमहरु मध्ये बेनिल्टको जुत्ता चप्पल शोरुममा भने कही ग्राहकको भीड देखिएको छ ।

शो-रुमका सञ्चालक चन्द्रमाला शर्माका अनुसार यसवर्ष देखिएको भीड विगतका वर्षहरुमा भन्दा कम हो ।

‘ब्रान्डेड कपडा खरिदको लागि केही वर्षदेखि सेल अफर नै कुरेर बस्ने गरेको छु’, रिबुक शो-रुमा कपडा छान्दै गरेका नारायण दासले भने, ‘बाहिर बजारमा सस्तोमा कडा किन्नुभन्दा ब्रान्डेड समानले लगाउने सेल मेलामा उपयुक्त र गुणस्तरीय छ ।’


यसैगरी आन्टामा कपडा चान्दै गरेका विष्णु धिताल भन्दै थिए, सेलमा सस्तो, गुणस्तरीय र विश्वासकै आधारमा सेल लागेको बेला ब्रान्डेड कपडा किन्न दरबार मार्ग आउने गरेको छु ।’

कुन ब्रान्डमा कति छुट ?

दशैंमा सपिङ गर्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा ब्रान्डेड कपडा तथा जुत्ता शोरुमले विगतका वर्षहरुमै जस्तै यसपटक पनि सेल अफर गरेका छन् ।

सेल बजारमा शोरुमहरुले गर्मी सकिएसँगै स्टक क्लिरेन्सर ब्यापार बढाउनका सेल लगाएका छन् ।


सेलबजारमा रिबुक र लि शो-रुमले ४० हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्दा ४० प्रतिशत र त्यो भन्दा कम खरिदमा २५ प्रतिशतसम्म छुट अफर दिइरहेका छन् ।

यसैगरी एडिडास शो-रुमले भने दरबारमार्ग सेल बजार सञ्चालन गरेको छैन्न । सेल बजार सञ्चालनमा नरहेपनि १० प्रतिशतसम्म छुट दिइरहेको छ । एडिडासकै पुतलिसडकको शो-रुमबाट भने स्टक क्लियरेन्सकै लागि ५० प्रतिशत सम्म छुटमा सेल बजार सञ्चालन गरिरहेको छ ।

दरबारमार्गमा रहेको लिभाइसको शो-रुमले भने स्टक क्लिरेन्स गर्न पर्ने पुराना कपडामा ५० प्रतिशतसम्म छुट र नयाँ समानमा भने १० प्रतिशत छुट सहित सेल बजार सञ्चालन गरेको निकेश महर्जनले जानकारी दिए ।

यसैगरी नाइक शो-रुमले पनि १० देखि ४० प्रतिशतसम्म छुटमा स्टक समान क्लिरेन्स गर्न सेल अफर योजना ल्याएको छ ।

‘सेलमा पछिल्लो मध्यबर्गीय ग्राहकको पनि उपस्थिति छ, ग्राहकका विस्तारै जनचेतना पनि बढ्दो छ’ शो-रुमका मार्केटिङ प्रमुख धिरज पोखरेले भने, ‘तर अझैपनि कतिपय ग्राहकमा भने पुराना र म्याद गुजरेको सामान सेलमा बेच्ने गर्छन भने भावना अन्त्य भइसकेको छैनन् ।’


यस्तैगरी आन्टाले दुई किन्दा एक वटा फ्री दिने गरी सेल अफर सञ्चालन गरेको छ । बेनिल्टले भने विगत वर्षहरुमै जस्तो गरी यसपटक पनि सबै प्रकारको जुत्ता चप्पलमा ५० प्रतिशतसम्म छुट दिँदै सेल बजार सञ्चालन गरेको छ ।




संसदमा ओलीले आफ्नै ढाडमा धाप मारे ! (भिडियोसहित)



११ असोज, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीको धज्जी उडाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनयको शैलीमा प्रचण्डको विरोध गर्ने क्रममा हात पछाडि लगेर आफ्नै ढाडमा धापसमेत मारे ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले बुधबार संसदको बैठकमा समय लिएर एकघण्टा लामो सम्बोधन गरे । ४० हजारबाट ४ लाखलाई भूकम्पपीडितलाई पहिलो किस्ताको अनुदान दिएको भन्ने प्रचण्डको दाबीको उनले खण्डन गरे ।

आफूले गरेको कामको जस प्रचण्डले लिन खोजेको भन्दै ओलीले प्रचण्डतिर हेरेर भने, ‘सबै ठिक्क पारेर पानीको मुहान पनि बनाइयो, पाइप पनि बनाइयो, धारा पनि फिट गरियो । प्रधानमन्त्रीज्यूले टुटी खोलेर भन्नु भो, देख्नु भो, मैले आएको भोलिपल्ट पानी ल्याइदिएँ (धारा खोलेको इशारा गर्दै) ।

ओलीले अघि भने, ४० हजारबाट ४ लाख अनुदान वितरण गरेको टुटी खोल्नुभएको होइन र ? सबै कुरा तय भएको थियो, वित्तीय संस्थाहरु त्यहाँ पुर्‍याइएका थिए, दिने कसलाई भन्ने सबै पूर्वाधार तय गरेको थियो । पैसासम्म फिल्डमा पठाइसकेपछि सरकार परिर्वतन भयो र पैसा वितरण हुने काम धमाधम सुरु भएको थियो र ट्याक्क धारा खोलेर भन्नुभो गर्ने मान्छे यस्तो हुन्छ, आउने वित्तिकै -धारा खोलेको इशारा) उनले यसो भन्दा संसदमा हाँसोको फोहोरा छुट्यो ।

‘पानीको मुहान कसले बनायो, पाइप कसले बिछ्यायो, धारा कसले बनायो मतलब छैन, पाइप खोलेर गर्ने मान्छेले यसरी गर्छ यी तररत पानी …।’ (हाँसो)

ओली यतिमै रोकिएनन् । उनले अघि भने, अब अलिक पछि तुइन पनि विस्तार गरिसक्नुहुन्छ । किनकि टेण्डर लागिसकेको छ, सबै काम भइसकेको छ । एक वर्षजस्तो भित्र नेपालका तुइन त विस्तार हुन्छ । प्रधानमन्त्रीजीले यसो गर्नुहुन्छ (आफ्नो देब्रे हात पछाडि लगेर आफैंलाई धाप मार्दै) वा.. वा… वा ! (ओलीले तुइन ‘विस्थापन’ भन्नुपर्नेमा झुक्किएर ‘विस्तार’ भनेका हुन् ।)

हेर्नुहोस् भिडियो

ब्याक टू ब्याक ४ वटा फिल्म गरिन् नीताले, खोज्दैछिन् सफलता ?




हुनत, धेरै चलचित्रमा काम गर्नु कलाकारको सफलता होइन । बक्स अफिसमा चलचित्र हिट नभएसम्म कुनै पनि कलाकारको सफलता गनिदैन । नायिका नीता ढुंगाना अहिले सफल चलचित्रको खोजीमा छिन् । गतबर्ष चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ नराम्रोसँग चिप्लिएपछि नीताको करिअर पनि चिप्लिएको हो । त्यस अगाडिका बर्षमा उनको चलचित्र वा गीत हिट भएका थिए ।

‘फूलै फूलको मौसम तिमीलाई’को असफलताले नीतालाई झट्का मात्र दिएन, सोच्न पनि वाध्य बनाइदियो । चलचित्र बजारमा अन्य नायिकाको रफ्तार बढ्दै जाँदा आफ्नो रफ्तार कमजोर बनेको पिर उनलाई थियो ।

यो बर्ष अहिलेसम्म उनको कुनै पनि चलचित्र रिलिज भएको छैन । तर, नीताले ४ वटा चलचित्रमा काम गरिसकेकी छिन् । उनले नायक निखिल उप्रेतीसँग चलचित्र ‘निर्भय’मा काम गरिन् । यसपछि, रोशन श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘भाग्य’मा काम गरिन्, जुन एउटा गीति चलचित्र हो ।

यसपछि, उनले राजु अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘लेक साइड’को छायांकन सकिन् । यो चलचित्रमा उनले नायक जीवन लुइटेलको प्रेमिकाको रुपमा काम गरेकी छिन् । यो चलचित्रको छायांकन सके लगतै नीता अहिले चलचित्र ‘पञ्चायत’को छायांकनमा व्यस्त छिन् ।

यसरि, हेर्दा नीतालाई खाली बस्नु परेको छैन । तर, यी सबै चलचित्रको व्यापार उनको करिअरका लागि महत्वपूर्ण छन् ।

घिमिरेलाई खोज्न बंगलादेशबाट गोताखोर ल्याइँदैनः गृहमन्त्री निधि (भिडियोसहित)



११ असोज, चितवन । गृहमन्त्री विमलेन्द्र निधिले त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा बंगलादेशबाट गोताखोर नल्याइने बताएका छन् ।

सोमबार यातायात मन्त्री रमेश लेखकले घटनास्थलको अवलोकन गरेपछि बंगलादेशबाट गोताखोर ल्याएर भए पनि घिमिरेको खोजी गर्ने बताएका थिए । मन्त्री लेखकको बिफ्रिङपछि प्रधानमन्त्री प्रचण्डले पनि आवश्यक परे बंगलादेशबाट गोताखोर ल्याउन कुटनीतिक पहल गर्ने बताए ।

तर, मंगलबार सुरक्षा प्रमुखसहित चितवन दाह्रचोकको घोप्टेभिर पुगेका गृहमन्त्री निधिले भने बंगलादेशका गोताखोरभन्दा नेपालका सुरक्षाकर्मी र माझीहरु नै सक्षम रहेको बताए ।

मन्त्री निधिले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘नेपाली नदीनालाबारे उनीहरुलाई जानकारी छैन, त्यसैले नेपाली सुरक्षा निकाय र माझीहरुको सहयोगमा खोजी कार्य गर्नुको कुनै विकल्प छैन ।’

उनले ६ सयको संख्यामा सुरक्षाकर्मी र स्थानीय माझी परिचालन गरिएका कारण घिमिरेको अवस्था पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

हेर्नुहोस् भिडियो

घिमिरेका घाइते गाडी चालकलाई उपचार गर्न काठमाडौं पठाइयो





११ असोज, चितवन । चितवन दाह्रेचोकको घोप्टेभिरमा दुर्घटनामा परेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका गाडी चालक विष्णु राईलाई उपचारका लागि मंगलबार काठमाडौं पठाइएको छ ।

आइतबार घिमिरे र परिवारका सदस्य सवार गाडी घोप्टेभिरबाट त्रिशुली नदीमा खस्दा चालक राई घाइते भएका थिए ।पूर्वगृहमन्त्री घिमिरे र उनका दुई भाइ अझै वेपत्ता छन् भने आमासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

चालक राईलाई मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं प्रहरी अस्पतालमा उपचारका लागि पठाइएको हो ।

उनको मिर्गौला र घाँटीमा रगत जमेकाले चितवनमा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए ।

सोही हेलिकप्टरमा गृहमन्त्री विमलेन्द्र निधि, सुरक्षा निकायका प्रमुखहरु, चालक राईको श्रीमती र छोरासमेत काठमाडौं आएका छन् ।

ट्याटु शो गर्दै रीहाना




विश्व चर्चित गायिका रीहाना स्टेज र स्टेज बाहिर आफ्नो स्टाइल र फेसनका कारण चर्चित छिन् । विशेषगरि, रीहानाले स्टेजमा जसरी आफ्नो गायनबाट तहल्का मच्चाउने गर्छिन्, पहिरनले पनि उत्तिकै चर्चा पाउने गर्दछ ।

सोमबार बेलुकी उनै विश्व चर्चित गायिका स्टाइलिस्ट पहिरनमा उपस्थित भइन्, तर उनमा कुनै खालको डर थिएन । पेरिसमा एक फेसन विकमा उपस्थित हुने क्रममा रीहानाले आफ्नो शरीरमा खोपिएको ट्याटु पनि शो गरिन् ।

प्रिन्ट गरिएको स्कर्ट र माथिल्लो भागमा स्पष्ट रुपमा ट्याटु देखिने पहिरनमा रीहाना आकर्षक देखिएकी थिइन् । हलिउड नायिका जस्तै गायिकाहरु पनि पहिरनमा सजग हुने गरेका छन् ।

प्रेमध्वजको‘ती आँखा’मा विकास र विनीता (भिडियो)



ताजा खबर काठमाण्डौं । ‘पर लैजाउ फूलहरु’ ‘घुम्तीमा नआउ है’ जस्ता हिट गीतहरुमा आफ्नो स्वर दिएका वरिष्ठ गायक प्रेमध्वज प्रधानले झण्डै एक दशकपछि आफ्नो स्वर रेकर्ड गराएका छन् । गायक प्रेमध्वजले जुगोल ढंगोलको संगीत तथा एरेञ्ज, डब्बु क्षेत्रीको शब्द रहेको ‘ती आँखामा’ बोलको गीतमा स्वर दिएका हुन् । प्रेमध्वजलाई केञ्जुमा सुब्बाले गायकीमा साथ दिएकी छिन् । मोहनराज आचार्यको निर्देशनमा बनेको भिडियोमा मोडलद्वाय विकास लामिछाने र बिनिता वली फिचरिङ छन् । भिडियोमा अमृत सुनुवारको छायाँकन र माधव बेलवासेको सम्पादन रहेको म्युजिक भिडियो आकर्षक बनेको छ । सोमबार राजधानीमा प्रेसमिट गर्दै उक्त भिडियोलाई बजारमा ल्याइएको हो ।



भिडियो :-

अब हुनेछ परिणीतिलाई चुनौती






ताजाखबर। बलीवुड एक्ट्रेस परिणीति चोपडा, होमी अदजानियाको आगामी फिल्म ‘तकदुम’मा एक्टर इरफान खानसँग काम गर्ने भएपछि उत्साहित छिन् ।

परिणीतिले भनेकी छिन्, ‘म निकै आत्तिएकी छु, साथै उत्साहित पनि छु । इरफान एक ग्लोबल आइकन हुन् र उनलाई उनको कामको लागि चिनिन्छ’ ।

शुद्ध देसी रोमञ्स’को परिणीति र सुशांत सिंह राजपूतको जोडी तीन बर्षपछि ‘तकदुम’मा फेरी स्क्रिनमा देखिनेछन् । यो चलचित्रमा काम गर्दा परिणीतिलाई निकै चुनौती सामना गर्नुपर्नेछ ।

धादिङमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी



असोज ११ गते- उत्तरी धादिङको मार्पाकमा यात्रुबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । आज बिहान सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३ १८ नम्बरको बस लापाङ चौतारा नजिकै दुर्घटनामा परेको हो ।

सडकबाट करीव २०० मिटर तल खसेको धादिङका एसपी शरद खत्रीले जानकारी दिए । मृतकमध्ये पुरूष १० र महिला ४ जना रहेपनि उनीहरुको सनाखत हुन भने बाँकी छ ।

दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।

थप विवरण आउन बाँकी छ ।

लहानमा नयाँ ‘सरगम एफएम’ खुल्यो

लहान, ११ असोज । सिरहाको लहानबाट आजदेखि ‘रेडियो सरगम’ एफएम ९३ मेगाहर्जको नियमित प्रसारण सुरु भएको छ ।शेख मिडिया हाउसद्वारा लहान नगरपालिका–८ मा सञ्चालित एफएमको नियमित प्रसारणको एक कार्यक्रमका बीच प्रेस चौतारी नेपालका महासचिव राजेश राईले उद्घाटन गर्नुभयो । यससँगै लहानमा एफएम रेडियोको सङ्ख्या पाँच तथा सिरहा जिल्लामा आठ पुगेको छ । यसअघि लहानबाट ‘रेडियो सौगात’, ‘रेडियो समग्र’, ‘रेडियो समाद’ र ‘रेडियो फूलबारी’ प्रसारण हुँदै आएको छ ।

सो अवसरमा महासचिव राईले रेडियो एफएमको विकाससँगै मुलुकमा पछाडि परेका समुदायका आवाज राज्यसम्म पुग्न लागेकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

शेख मिडिया हाउसका अध्यक्ष फिरोज शेखको अध्यक्षतामा आयोजित एफएम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिरहाका पूर्वसभापति तथा ‘रेडियो सौगात’का सञ्चालक दिनेश्वर गुप्ता, पत्रकार सुरेन्द्रप्रसाद गुप्ता र ‘रेडियो समग्र’ एफएमका अनुज राउतलाई सम्मान गरिएको थियो ।

कसम तोहारको सिक्वेल चलचित्र ‘कसम तोहार–२’ को छायाङ्कन सुरुfकसम तोहारको सिक्वेल चलचित्र ‘कसम तोहार–२’ को छायाङ्कन सुरु

११ असोज- जुनी फिल्मको प्रस्तुतिमा थारु कथानक चलचित्र ‘कसम तोहार–२’ को छायाङ्कन सोमबारदेखि यहाँ आरम्भ गरिएको छ ।सामाजिक द्वन्द्व, नारी प्रधान र पारिवारिक भूमिकालाई समेटेर बनाइएको चलचित्र कसम तोहार–२ को छायाङ्कन धनगढीबाट सुरु गरेको निर्देशक सुरज चर्णाबठवाले बताउनुभयो ।

चलचित्रमा मुख्य नायकको भूमिका आषिश चौधरी र नायिकाको भूमिका सन्ध्या योगी थारुले गर्नुभएको छ । कैलाली कञ्चनपुरको पर्यटकीय क्षेत्रलाई समेटेर सो चलचित्रको छायाङ्कन गरिने निर्देशक चर्णाबठवाले बताउनुभयो ।

थारु कथानक चलचित्रमा मुन थारु, सुमित्रा श्रेष्ठ, ज्योति यादव रहेका छन् भने खलनायकको भूमिकामा खुशीराम चौधरी, प्रभात चौधरी रहेका छन् । सुरज चर्णाबठवाको निर्देशनमा बनेको चलचित्रका शृङ्गार सुमन शङ्कर, छायाङ्कनमा सहयोग सोकिला चौधरी र नृत्य निर्देशनमा भीम अधिकारीले सहयोग गरेका छन् ।

सुदूरपश्चिम क्षेत्रको कैलाली कञ्चनपुर जिल्लामा रहेका पर्यटकीयस्थललाई चिनाउन यसै क्षेत्रमा चलचित्रको सम्पूर्ण छायाङ्कन गरिने बताइएको छ ।


‘माथिल्लो मस्र्याङदी ए’ बाट बिजुली उत्पादन सुरु, अब घट्ला त लोडसेडिङ्ग ?



लमजुङ, ११ असोज । भुलभुलेमा निर्मित ‘माथिल्लो मस्र्याङ्दी ए’ बाट आजदेखि व्यवसायिक विद्युत उत्पादन सुरु भएको छ । आयोजना उद्घाटनका लागि आज काठमाडाँै र लमजुङमा छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो । काठमाडाँैमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले औपचारिक उद्घाटन भएको घोषणा गरिएको जानकारीपछि जिल्लामा सांसद भीष्म अधिकारी र सहायक प्रजिअले संयुक्त रुपमा स्वीच अन गर्नुभएको थियो ।

पचास मेगावाट क्षमताकोे सो आयोजनामा २५÷२५ मेगावाटका दुई टर्बाइन जडान गरिएको छ । हाल दुईमध्ये युनिट नं १ मात्र सञ्चालनमा ल्याइएको छ । एउटा मात्र युनिटबाट २५ मेगावाट विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ । युनिट नं २ को परीक्षण पनि सफल भएको तर नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौतानुसार तीन महिनापछि सञ्चालनमा ल्याइने बताइएको छ ।

उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्राधिकरणले प्रसारण लाइन बनाउनुपर्ने भए पनि बनाउने छाँटकाँट नदेखाएपछि आयोजना स्वयंले रु ३० करोडको लागतमा २० किमी लामो प्रसारण लाइन निर्माण गरेको थियो । विद्युत्गृहदेखि मध्यमस्र्याङ्दीसम्म आयोजनाले आफैंँ प्रसारण लाइन बनाएको हो ।

माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कंले निर्माण गरेको हो । आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनीको सिनोहाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कंको १० प्रतिशत लगानी छ । रन अफ रिभर प्रविधिमा निर्माणाधीन उक्त आयोजनाका लागि सुरुमा रु साढे १२ अर्ब लाग्ने अनुमान गरिएको थियो । अहिले करिब रु १६ अर्ब पुग्ने अनुमान गरिएको आयोजना स्रोतले जनाएको छ ।

आयोजनाले सुख्खा याममा अर्थात् पुसदेखि चैतसम्ममा पाँच करोड ७० लाख युनिट र वर्षायाममा २६ करोड ६ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ ।

सुष्मिताको घरमा पनि भेटियो डेंगुको लार्भा






ताजाखबर। बलीउड अभिनेत्री सुष्मिता सेनलाई मुंबई महानगर पालिका (बीएमसी)ले कारबाहीको सुचना पठाएको छ । सुष्मिताको फ्ल्याटको ग्यालरी र छतमा डेंगुका लार्भा भेटिएपछि सुचना पठाईएको हो ।

BMC का अधिकारीका अनुसार मुंबई नगर निगम कानूनको धारा ३८१-बी अनुसार सुष्मिता सेनलाई सुचना पठाईएको हो । उनको घरमा डेंगू, चिकनगुनिया जस्ता रोगको प्रसारको लागि जिम्मेवार ठहर गर्दै यो कदम उठाईएको बताईएको छ ।

अब सेनलाई २० हजारको कारबाही साथै अदालतमा मुद्दा लाग्न सक्ने बताईएको छ ।

Nepali Comedy by Khadka Ji (Sitaram Kattel)



Sitaram Kattel and Kedar Ghimire are the scriptwriter, co-director and the major actors.On this week EpisodeDhurmus and his family welcome guest at their home and they are is helping their guest.Also you can see Magne Budo in various comedy scene.Watch another episode of comedy tv show meri bassai. Meri Bassai is comedy program; Today’s Episode you can see Priyanka Karki( Nepali Actress ) for the first time in Meribassai and other guest is child actor.To watch more click on the picture. Meri Bassai is comedy program; Today’s Episode you can see Paras Khadka for the first time in Meribassai. Khadka ji requested Paras to come in Meri Bassai.Dhurmus, Lyangri and his friend are in big trouble this week. All the women from village are looking for them. This week Meri Bassai has raised a strong question about the safety of girls in our village. Fatauri Aamai has a visitor from city. He has a very good gift for Bhatbhate and Fatauri Aamai.

पूर्व मिस नेपाल रुवि राणा बनिन् पुनाकाे ब्राण्ड एम्बेस्डर



काठमाडौँ, ११ असोज– पुना कस्मेटिक एन्ड ब्युटी केयर प्रालिद्वारा पूर्व मिस नेपाल रुवि राणालाई कम्पनीको व्यावसायिक प्रवद्र्धनका लागि ‘ब्रान्ड एम्बास्डर’ घोषणा गरिएको छ ।

उक्त कम्पनीले न्युजिल्यान्डमा बनेको ‘पुना स्किन केयर ब्रान्ड’ नाम दिइएको क्रिम नेपाली बजारमा ल्याएको छ । विभिन्न प्राकृतिक बिरुवा तथा जडीबुटी लगायतको मिश्रणबाट बनेको नयाँ क्रिमले छालालाई शुद्ध, स्वस्थ्य र सुरक्षित बनाउने र त्यसमा कुनै पनि हानिकारक रसायनको प्रयोग नगरिएको जनाइएको छ ।

प्रालिका प्रबन्ध निर्देशक समदीप गुरुङले सो वस्तु राम्रो र गुणस्तरीय भएकाले नेपाली बजारमा लोकप्रियता कायम गर्ने बताउनुभयो । मेगा बैंकका नायब महाप्रबन्धक रवीना देशराज श्रेष्ठले प्रतिस्पर्धात्मक बजारमा नयाँ क्रिम स्थापित हुन गुणस्तर राम्रो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

ब्रान्ड एम्बास्डर भएपछि पूर्वमिस नेपाल राणाले महिला तथा पुरुषले विशेष गरी आफ्नो शरीरको सौन्दर्य ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।




नेविसंघमा फाटोः पौडेल समूहका विद्यार्थीको बस्यो छुट्टै भेला



काठमाडौँ, १० असोज । निर्णय प्रक्रियामा सम्मानजनक सहभागिता नभएको भन्दै नेपाल विद्यार्थी सङ्घमा आज छुट्टाछुट्टै बैठक भएका छन् ।

भर्खरै भएको निर्वाचनमा अध्यक्ष हुनुभएका नैनसिंह महरले नेविसङ्घलाई एकलौटी ढङ्गले सञ्चालन गरेको भन्दै पौडेल समूहका विद्यार्थीको छुट्टै बैठक बसेको हो ।

पार्टीका पदाधिकारी र केन्द्रीय समितिलाई जानकारी बिना नै अध्यक्ष र महामन्त्रीले एकलौटी ढङ्गले विभिन्न कार्यक्रमको आयोजना गरेको भन्दै आफूहरुको छुट्टै बैठक बसेको उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिनुभयो ।

सङ्घको विधानमा सङ्घको चुनाव लडेका व्यक्तिको पद स्वतः खारेज हुने र तीन महिनाभित्र त्यो जिल्लामा निर्वाचन गराउने व्यवस्था भए पनि अध्यक्षले कार्यवाहक अध्यक्ष तोकेर विधानको उल्लङ्घन गरेको थपलियाले बताउनुभयो ।

यता देउवा पक्षीय नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले विधानसम्मत ढङ्गले सङ्गठन चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि अन्योल रहेका नेविसङ्घको भर्खर अधिवेशन भएको छ सबैको भावनालाई समेटेर अगाडि बढ्ने पक्षमा नेतृत्व छ ।”

उहाँले नेविसङ्घ गतिशील बनाउने कुरामा वर्तमान नेतृत्व लागिपरेको बताउँदै कुनै पनि कार्यक्रम गर्दा सङ्गठनमाथि आँच आउन किसिमले गर्न नहुने बताउनुभयो ।





यसकारण बलीउड अभिनेत्री काजोलले बल्ल खोलिन् फेसबुक एकाउन्ट





एजेन्सी । बलीउड चर्चित सुन्दरी नायिका काजोल देवगानले न्यूर्याकमा रहेको फेसबुकको मुख्य कार्यलयको भ्रमण गरेपछि बल्ल फेसबुक अकाउन्ट खोलेकी छिन् ।

पति अजय देवगणको नयाँ फिल्म ‘शिवाय’को प्रमोशनका लागि अमेरिकामा रहेका काजोल दम्पत्तिले चलचित्रको प्रमोशनका लागी काजोलले नयाँ फेसबुक खोलेकी हुन् । जुन पेन चाँडै नै भेरिफाइड पनि हुनेछ ।





बेल्जियमका लागि नेपाली राजदूतमा थापा नियुक्त



काठमाडौँ, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालाई नियुक्त गर्नुभएको छ ।

सो कुरा राष्ट्रपति कार्यालयले जनाएको हो । राष्ट्रपति भण्डारीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसेन्टसँग बिदाइ भेट गर्नुभयो । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उहाँहरुबीच दुईदेशबीच विद्यमान राजनीतिक, साँस्कृतिक, आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति भण्डारीले गत वर्षको भूकम्पका कारण राहत र खोजी तथा पुनःनिर्माणमा थाई सरकारबाट प्राप्त सहयोगका लागि थाई सरकार र जनतालाई धन्यवाद दिनुभयो ।

यसैबीच राष्ट्रपति भण्डारीले नेपालका लागि जापानका प्रतिनिधिसभाका सदस्य तथा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्य कोतारो नागासाकी र नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्तामा उहाँहरुबीच दुई देशबीच सम्बन्ध स्थापना भएको ६० औँ वर्ष पुगेका अवसरमा जनस्तरदेखि नै आपसी सम्बन्ध थप सुढृढ बनाउँदै लैजाने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता धु्रवराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





नारायणगढ–मुग्लिन सडकखण्डको काम दशैंमा पनि नरोकिने



चितवन, ११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नारायणगढ–मुग्लिन सडकखण्डको आज निरीक्षण गरी चाडपर्व नजिकिएकाले यात्रुलाई सहज हुने गरी आवागमन सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।बाटो चौडा गर्ने क्रममा घन्टौँसम्म जाममा बस्न बाध्य भएको जनगुनासो बढिरहेका बेला मन्त्री लेखकले चाडपर्वभरि आवागमनमा बाधा नपुग्ने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले दोहोरो सवारी आवागमन नरोकी अन्य काम गर्नुपर्ने बताउनुभयो । ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरे कारबाही गरिने बताउँदै उहाँले आयोजनामा खटिएका कर्मचारीलाई जिम्मेवार बनेर तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

प्रजिअ विनोदप्रकाश सिंहको रोहबरमा सडक निर्माणस्थलमै आयोजनाका प्रमुख र इन्जिनियरलाई समेत राखेर मन्त्री लेखकले काममा ढिलासुस्ती गरे कारबाही गरिने चेतावनी दिनुभयो । कामको गुणस्तर अनुगमन गर्न पनि उहाँको निर्देशन थियो । “कमजोर काम गरेर कसैले ठग्न नपाओस्, कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ”–मन्त्री लेखकले भन्नुभयो ।

आयोजनाले आजदेखि नै चाडपर्वभरि बाटो नरोकी काम गर्ने जनाएको छ । हालसम्म ठाउँ ठाउँमा समय समयमा सडक रोकेर चौडा गर्नुपर्दा यातायात अवरुद्ध भई सडक पार गर्न यात्रुलाई घन्टौँ लाग्ने गरेको छ । आयोजनाले सडकमा भएका खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गर्न लगाएको छ जसका कारण सवारी गति बढ्न थालेको छ ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दसैँमा सो सडक हुँदै यात्रा गर्नै यात्रु सवारी जाममा नपरुन् भन्नाका लागि उच्च सतर्कता अपनाइएको छ । कहीँकतै पहिरो खसे तत्काल पन्छाउने व्यवस्था गरिने तथा सडकमा खाल्डाखुल्डी सम्याउने र धुलो कम गर्न पानी छर्कने काम समेत हुने उहाँले बताउनुभयो ।

ठेक्का दिँदा विसं २०७४ वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ । विसं २०७२ वैशाखदेखि सडक चौडा पार्ने काम थालिएको हो ।

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मि र १६ किलोदेखि आँपटारीसम्म ११ मि फराकिलो सडक निर्माण गरिँदै छ । विश्व बैंकको दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । ‘एसियाली राजमार्ग’अन्तर्गतको ‘ए एच ४ टु’ खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्ड पर्छ । इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालका कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियाली राजमार्गको एक खण्ड हो ।

आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कं, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कं र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कंलाई ठेक्का दिइएको छ । राजधानीबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहन्छ । सो सडक हुँदै दैनिक आठ÷नौ हजार सवारीसाधन आवातजावत गर्छन् ।


सस बनाउने पदार्थ कुहिएको भेटिएपछि सस उद्योगमा सिलबन्दी



काठमाडौँ, ११ असोज । सस बनाउने कच्चा पदार्थ सडेगलेको पाएपछि चुरियामाई सस उद्योग धापाखेललाई आज सिलबन्दी गरिएको छ ।सिलबन्दी गरिएको उक्त सस उद्योगलाई तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा आउन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा सस बनाउने कच्चा पदार्थ सडेगलेको पाएपछि सो उद्योगमा सिलबन्दी गरिएको हो ।

यसैगरी विभागले महाकाली सेती यातायात व्यवसायी सुन्धारा र बर्दिया कृष्णनगर यातायात सुन्धारालाई सरकारले तोकेको भाडादर अनुरुप टिकट बिक्री गर्न र विद्यार्थीलाई पनि छुटको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

नियमित अनुगमनका क्रममा विभागले आज काठमाडौँ उपत्यकाको १२ स्थानमा अनुगमन गरिएको थियो ।

त्यस्तै गत भदौ २४ गते सिलबन्दी गरिएको अङ्गुरा सस उद्योग धापाखेलले निर्देशन पालना गरेको पाएपछि अनुगमन टोलीले आज त्यसको सिल तोडिएको छ ।

त्यसैगरी दर्ता नगरी क्लिनिक सञ्चालन गरेका,े बिक्री बिल औषधि व्यवस्था विभागको ढाँचाअनुसार नभएको, औषधि पसल नै दर्ता नगरी ओपिडी सञ्चालन गरेको पाएपछि कात्यायनी फार्मेसी जडीबुटी तथा क्वालिटी फार्मेसी, समुन्त फार्मेसी, लालुपाले मेडिकल सेन्टर र लालुपाते पोलिक्लिनिक पेप्सीकोलालाई जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गरी सात दिनभित्र आपूर्ति व्यवस्थापन विभागमा आउन निर्देशन दिइएको छ ।

म्याद नाघेको सामान बिक्री वितरण गरेको, दर्ता नवीकरण नगरेको भन्दै भाटभटेनी सुपरस्टोर र सेलबेज डिपार्टमेन्टल स्टोर महाराजगन्ज तथा विगमार्ट लाजिम्पार्टलाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिँदै मिति सकिएको ५०० एमएलको ३७ बोतल फेन्टा, २ दशमलव २५ लिटरको पाँच बोतल मिरिन्डा नष्ट गरिएको छ ।


बिहेपछि महिलाहरु मोटाउँनुको बैज्ञानिक कारण यस्तो रहेछ



पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ । त्यसैले अहिले भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला ।



अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले बिहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो ।

महिलाहरुले बिहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ, जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् ।

अध्ययनकर्ताहरुले पुरुषहरु भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् ।

बिहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् । एजेन्सीको सहयोगमा





दिल्लीबाट काठमाडौं आउँदै गरेको विमानमा धूवाँ देखिएपछि आकस्मिक अवतरण



काठमाडौँ, ११ असोज । नेपाल वायु सेवा निगमको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको ‘लुम्बिनी’ एयरबस एक्कासि धुवाँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । चालक दलका सदस्यसहित १६३ यात्रु रहेको विमानमा १२ हजार पाँच सय फिट उचाइमा रहेका अवस्थामा धुवाँ देखिएपछि अवतरण गराइएको निगमका प्रवक्ता रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालभित्रको सिमानामा प्रवेश गरेपछि एयरबसमा जहाजभित्र धुवाँ देखिएपछि काठमाडौं टावरलाई सम्पर्क गरी आकस्मिक अवतरण गराइएको हो । विमानमा रहेका सबै यात्रु सकुशल भएको र धुवाँ देखिनाका बारेमा परीक्षण गरिरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यसरी ठगिन्छन् मलेसिया जाने कामदार



काठमाडौँ, ११ असोज । नेपालबाट मलेसिया जाने कामदारलाई विभिन्न तहमा ठगी हुने गरेको छ ।


यहाँ आज आयोजित पत्रकार सम्मेनमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजङ्ग शाहीले त्यहाँस्थित कंले नेपाली कामदारका लागि निःशुल्क पठाउने प्रवेशाज्ञा तथा टिकटमा स्थानीय बिचौलिया, नेपाली दूतावास तथा विभिन्न रोजगारदाता संस्था मिलेर अनियमितता गर्ने गरेको आरोप लगाउनुभयो ।

मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिंह बस्न्यातको असहयोगका कारण त्यहाँ बसोबास गर्ने नेपालीले पीडादायी जीवनयापन गर्न बाध्य भएको उहाँको भनाइ थियो । शाहीका अनुसार मलेसियामा बस्ने नेपालीलाई नेपाल फिर्ता गर्न राजदूत बस्न्यातले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दूतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराइएको छ । आफूले त्यसको विरोध गरेका कारण आफूलाई ११४ विदेशीको नक्कली प्रवेशाज्ञा मिलाएको जस्तो गम्भीर र तथ्यहीन आरोप लगाएको उहाँले जानकारी गराउनुभयो । शाहीले त्यसको छानबिन गरी पुष्टि गर्न माग पनि गर्नुभयो ।









बालिघाट पर्यटकीय क्षेत्रका रुपमा स्थापित



रामपुर (पाल्पा), ११ असोज । कालीगण्डकी नदीको किनारमा अवस्थित बालिघाट क्षेत्रलाई धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा विकास गरिएको छ ।पर्यटकीय क्षेत्रको रुपमा स्थापना गरेपछि विगत दुई वर्षयता पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । बालिघाट धार्मिक क्षेत्र संरक्षण समितिको पहलमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि रमणीय बनेको बालिघाट क्षेत्रले धेरैको मन लोभ्याएको छ ।

स्थानीयवासीको पहलमा सरकारी एवम् गैरसरकारी सङ्घ संस्था र स्थानीयको सहयोगमा बनेको शिवालय मन्दिर, बाल उद्यान, दरै संस्कृतिमा आधारित घुमाउने घर, पिकनिक स्थल, प्रतिक्षालय, हरियाली आँपको बगैँचा, बालुवामा खेलिने भलिबल कोर्ट, हरियाली घाँसेमैदानसहितको जङ्गल, संस्थाको कार्यालय निर्माण गरिएपछि यस ठाउँको सुन्दरतालाई अझ मनमोहक पारेको स्थानीय वीरबहादुर विसीले बताउनुभयो ।

बालिघाट क्षेत्रमा रहेको शिवालय मन्दिरमा पूजापाठ गर्न र वनभोजका लागि आउनेको सहभागिता बढ्दो छ । कालिनदीको चिसो, शान्त, मनोरम दृश्यसँगै मनै लोभ्याउने खालको बालिघाट क्षेत्रमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थानका विद्यालय, सङ्घसंस्था, व्यक्ति अवलोकन गर्न र पिकनिकका लागि आउने गर्दछन् ।

वाल्मिकी ऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको धार्मिक किम्वदन्ती रहेको बालिघाटमा शनिबार पिकनिक आउनेको चहलपहल हुने गरेको बालिघाट संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाले बताउनुभयो ।

कालिगण्डकी नदीबेँसीमा रहेका यस्ता धार्मिक तथा साँस्कृतिक स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्नसके थप गाउँको विकासमा टेवा पुग्ने थियो । बालिघाट जस्तै थुप्रै धार्मिक, ऐतिहासिक, मनोरम क्षेत्रको विकास गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्रिँदा व्यापार व्यवसाय फस्टाउने थियो ।


Fake ID Nepali Short Movie Social Awareness



Facebook is one among the popular and widely used social networking sites that will help you to know more about your friends. Some use it to stay in contact with their friends and family members but some use it to search new friends. Mostly guys find it difficult to impress a girl on facebook chat because it’s not about the conversation he make with her but also includes every detail of his profile.

Are you looking for some best tips to impress her on facebook? In this article you can learn some tips about impressing a girl on facebook chat.If you want to impress a girl first you should make your profile interesting by deleting unwanted posts and share exciting facts. Often update your profile and also profile picture which was taken at work place or school or with family members. Do not keep the picture that is edited in Photoshop and more over try to include your pet in profile picture to let her know you are a caring person.

Read Also: Free movie downloading sitesTry to visit her profile often and know what kind of person she is. You will not get much detail but you can know about her studies, family and little facts. Track her status, likes and dislikes and you can join the community in which she is in. you can find her close friend and make them as your friend also because they could help you in knowing more about her.

Try to be in online when she is active in Facebook and make some comments or like her post which will let you know your presence. If your comment is worth surely she will make an attempt to know about you and notice your profile which can be the best way to impress a girl on facebook chat. If she is impressed by your profile there are possibilities that she will add you as friend.





गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदै, जन्मदिनको अवसरमा सार्वजनिक गर्यो यस्तो डुडल



एजेन्सी – विश्वकै सबैभन्दा ठूलो र द्रुत गतिको सर्च इन्जिन गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदैछ । जन्मदिनको अवसरमा उसले बेलुन फुकेर अरु अल्फाबेट बनेको बेलन बनाएको छ जुन निरन्तर आकाशमा उडीरहेको देखाइएको छ । गुगलले गुगलले सेप्टेम्बर २७ तारिखलाई आफ्नो जन्मदिन भनेपनि अरु ६ वटा दिनमा पनि गुगलले आफ्नो जन्मदिन मनाइरहेको छ ।

गुगलले यसअघि सेप्टेम्बर ७, ८, २६ र २७ तारिखलाई पनि आफ्नो जन्मदिनको रुपमा मनाए पनि गुगल डट कम डोमेन दर्ता भएको मितिलाई आधार मानेर सेप्टेम्बर १५ तारिखमा गुगल १९ वर्ष पुगेको हो ।

Rajesh Payal Rai’s Father View Regarding His Marriage



Rajesh Payal Rai (born 30 September 1975) is a Nepali singer and actor. Referred to in the media as the ” Rai is King”, he is known as a versatile singer in the Nepali music Industry. . He has done playback singing for more than one thousand Nepali Movies. In addition, he has recorded several private albums such as Darshan Namaste, Rai is King and Syamuna etc. He has sung Japanese and Bhojpuri songs as well. He performed on a worldwide tour and won several musical awards from 1995- 2015.Rajesh Payal Rai born in Khotang district Saramatha Zone East of Nepal. His father is Ratna Rai ( former chief of Khotang District, Ex British Army) and his mother is Sancha Laxi Rai. He has four brothers and one older sister Namita. He grew up in Buipa Khotang.

एक हप्तादेखि बन्द सिद्धिचरण लोकमार्ग अझै खुलेन



गाईघाट (उदयपुर), ११ असोज । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–२ स्थित ठाँटीमा निरन्तर पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड अझैसम्म पनि खुल्न सकेको छैन ।

एक हप्तादेखि उक्त सडकखण्ड खुल्न नसक्दा मालबाहक सामान समेत ढुवानीमा अवरुद्ध हुँदा उदयपुरको घुर्मी, ओखलढुङ्गाको हर्कपुर र खोटाङलगायतका स्थानमा उपभोग्य वस्तुको अभाव हुन थालेको सम्बन्धित क्षेत्रका जनताले बताएका छन् ।

पेट्रोल, डिजेल तथा अन्य उपभोग्य वस्तुको अभाव हुँदा उदयपुरको घुर्मी बजारलगायत हर्कपुर क्षेत्रमा समस्या हुन थालेको घुर्मीका सरेन्द्र खड्काले बताउनुभयो ।

सिद्धिचरण लोकमार्ग खुल्न नसकेपछि अहिले घुर्मी, हर्कपुरलगायत खोटाङको हलेसी क्षेत्रमा व्यापारीले व्यापकरुपमा वस्तुको अभाव देखाएर कालोबजारी गर्न थालेको हलेसी च्यास्मिटार–३ का दीपेन्द्र चामलिङले बताउनुभयो ।

खानेतेल, पेट्रोल, डिजेललगायतका उपभोग्य वस्तुको मूल्य व्यापारीले दोब्बरले वृद्धि गरेको समेत चामलिङको भनाइ रहेको छ । यता लोकमार्ग अवरुद्ध हुँदा दसैँमा टाढा–टाढाबाट सिद्धिचरण लोकमार्ग हुँदै पहाडी क्षेत्रको ओखलढुङ्गा, सोलु र खोटाङ हिँडेका यात्रु बाटैमा बिचल्लीमा परेको घुर्मीका यातायात व्यवसायी कुमार लुङ्गेलीले बताउनुभयो ।

केही यात्रु भने दुईचार दिनसम्म पनि सडक नखुलेपछि पैदल हिँडेर नै कठिन यात्रा गर्दै पहाडी क्षेत्र लाग्न थालेको समेत यातायात व्यवसायीले बताएका छन् । यता सिद्धिचरण लोकमार्ग खुलाउन सडक डिभिजन कार्यालय लहान, इलाका प्रहरी कार्यालय कटारीसहितका स्थानीय समेत लागेर दैनिक प्रयास गरेको भए तापनि पहिरो झर्ने क्रम जारी रहेकाले गर्दा काम गर्न बाधा परिरहेको कुरा इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

केही सञ्चारमाध्यमले सिद्धिचरण लोकमार्ग खुल्यो भनेर समाचार आएको कुरा समेत सत्य नभएको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक मदन गिरीले बताउनुभयो ।

स्वास्थ्य सेवालाई सुदृढीकरण गर्न स्वास्थ्य बिमा



बैतडी, ११ असोज । स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य सेवालाई सुदृढीकरण गर्नका लागि पनि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि सोमबार बैतडी पुग्नुभएका कार्यकारी यो कार्यक्रमले सबै नागरिकलाई समान व्यवहार गरेको र पहुँच नपुगेकाको स्वास्थ्य सेवामा पहुँच पु¥याउने दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सरोकारवालाले स्वास्थ्य बिमा कार्यक्रम निकै राम्रो भएको र यसलाई कार्यान्वयनमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको हुनाले त्यो हकलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्नका लागि घरघरमा गएर दर्ता गर्ने कार्यक्रम रहेको छ उहाँले भन्नुभयो “स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि जिल्लामा स्वास्थ्य बिमा सञ्चालन समिति रहने र त्यसले कार्यान्वयन गर्नेछ ।”

कार्यकारी निर्देशक डा लोहनीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारको सङ्ख्या भएकाले दुई हजार ५०० जमा गर्नुपर्ने र ती सदस्यको रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभयो ।

यसलाई प्रभावकारी बनाउनमा सबै नागरिकको उत्तिकै सहयोग रहनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । बैतडीमा स्वास्थ्य बिमाका लागि जानकारी दिने कार्यक्रम सुुरु भइसकेको र फागुन १ गतेदेखि सेवा सुरु हुने उहाँले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रत्येक गाविसमा दर्ता कर्मचारी राखिने र उनीहरुले घरमै गएर प्रत्येक परिवारको नाम दर्ता गर्नेछन् । स्वास्थ्य बिमा कार्यक्रममा दर्ता भएकाको नामावलीका आधारमा उनीहरुलाई सेवा प्रदान गरिने बताइएको छ ।

यसैबीच बैतडीमा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमअर्थात स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सरकारले चालु आवमा २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्ने नीति लिएसँगै सुदूरपश्चिमका अछाम र बैतडीमा चालु आवदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने र गरिब नागरिकलाई उपचार सेवामा पहुँच पु¥याउने हिसाबले सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनी बताउनुभयो । स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि बैतडी पुग्नुभएका डा लोहनीले स्वास्थ्य बिमा कार्यक्रम सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका सञ्चालन गरिएको बताउनुभयो । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको हुनाले त्यो हकलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्नका लागि घरघरमा गएर दर्ता गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै नागरिकले सहयोग गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बिमा कार्यक्रम सफल हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ ।

DASHAIN TIHAR - NEW NEPALI DASHAIN TIHAR SONG 2016/2073 | KIRAN BIMALI | GAURAV DARPAN


It's a live musical program. In this program we play Nepali folk music videos and inform about Nepali culture, customs, tradition and Nepali folk music industry. We can watch this show from 1pm to 2pm live in Image channel television everyday. Audience can directly interact with presenters of the program through telephone calls. This program entertains the audiences with variety of topics each day.

DANCE PLUS 2




Star Plus aired most Liked Dance reality show of Remo D'Souza Season 2 is more thrilling compared to the Dance Plus 2 Season 1. We Have See the Amazing Dancers Contestants throughout the Season and now it's time for the Grand Finale. See the 25th September 2016 Public Voting Results.

India may revisit Indus Waters Treaty signed with Pakistan in 1960


In what could be a significant development, the government has called a meeting on Monday to discuss the Indus Water Treaty.

As per media reports, officials from Water Resources Ministry and MEA will brief Prime Minister Narendra Modi on different aspects of the treaty.

Earlier on September 22, India had made it clear that ‘mutual trust and cooperation’ was important for such a treaty to work.The assertion had come amid calls in India that government should scrap the water distribution pact to mount pressure on Pakistan in the aftermath of audacious Uri terror attack.

“For any such treaty to work, its important that there must be mutual cooperation and trust between both the sides. It cannot be a one-sided affair,” Ministry of External Affairs Spokesperson Vikas Swarup had said cryptically when asked if the government will rethink on the treaty given the growing strain between the two countries.

He had also noted that the preamble of the treaty itself said that it was based on ‘goodwill’ and had said that there were differences over its implementation between the two countries.

Pressed further if India will scrap the treaty, he had refused to elaborate and had only noted that in diplomacy everything was not spelled out and that he had not said that the treaty was not working.

101-YEAR-OLD WOMAN GIVES BIRTH

The illegal and controversial surgical operation was done in a private clinic in Turkey, where European laws on ovary transplants do not apply, admits the centennial mother who does not wish to disclose the name of the clinic where the operation was undertaken.

“I am very grateful to all the team of doctors who decided to go on with the operation,” she admitted in tears. “I am so grateful to have given birth to my 17th child. This is a true blessing and a testament to the power of the creator,” she told local reporters.

“For so long I have felt useless to God, I could not procreate since I turned 48 years old when I was diagnosed with ovarian cancer. For a long time I believed God was punishing me for only bearing 16 children, but in his godly generosity, he has granted me with fertility once again,” acknowledges the century-old fervent Catholic.

What the Flop 26 Sep – Patrakaar ko Dashain

What the flop is TV Show program aired by Kantipur Tv hosted by Sandeep. There is no Top Stories section, no video clip and anything that were available in regular shows of What the Flop. Today episode Sandip starts talking about the Job.He ask the questions to the audience that in which condtions you can continue your job? He gives the answer in different conditions like teacher, Doctor, Designer, Driver etc. He suggest that according to the profession if we get the theme and get successful result then we can continue our job but there is just oposit in Sabhasad post. He continue asking question that what is the qualification to be Sabhasad? He is making the program so funny please do not miss the watch what the flop

डिआईजी नवराजलाई सलाम – धनबहादुर पुरी



ताजा खबर :- नेपाल प्रहरीकै हिम्मतवाला प्रहरी हुन सिलवाल,देशभर अपराधिक गतिविधि गर्नेहरुलाई प्रहरी खोरमा कोच्न सक्ने हिम्मत राख्दै प्रहरी भित्र भएका कुहिएका आलुहरुलाई छानी छानी फ्याक्ने अभियानमा होमिएका उनलाई सम्पूर्ण नेपालीले एक पटक सलाम गनै पर्छ । नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल प्रहरी संगठनका एक कहलिएका चर्चित नाम हो । उनको नाम चर्चामा मात्र हैन ब्यावहार र काममा पनि उस्तै छ । पूर्व क्षेत्रमा एक वर्ष प्रमुख भएर वस्दा पूर्व उज्यालो भयो । उनको नाम न सुपारी काण्डमै जोडियो न कुनै आर्थिक काण्डमा । एउटा प्रहरी संगठनको उच्च ओदाहमा वसेर प्रहरीकै आचरण सुधारमा समेत लागेका डिआईजी सिलवाललाई मन पराउँने प्रहरीहरु अत्याधिक छन । यस अर्थमा पनि सिलवाल एक निष्ठावान नेपाल प्रहरी कर्मचारी हुन ।

अहिले सम्म विवादमा नतानिएका डिआईजी सिलवालले अपराध रोक्न देशब्यापी अभियान थालेका छन । संगठनकै सुद्धिकरणमा खरो रुपमा लागेका सिलवाल देशभरी हाई हाई छन । नागरिकमुखी कार्यक्रम, गुन्डागर्दी नियन्त्रण जस्ता कामले उनी चर्चामा आईरहेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हेडक्वार्टरका प्रमुख समेत रहेका डिआईजी सिलवाल बर्षौं अघिका फाइल खोजेर अपराधि पक्राउ गर्ने अभियानमा छन । सिआइबीको प्रमुख बनेको छोटो समयमै २५ देखि २९ बर्षअघि अपराध गरेका र खुलेआम हिँडिरहेकाहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका सिलवाल अहिले यो अभियानलाई निरन्तरता दिन चाहान्छन । यसरी समग्र देशको हितमा लाग्ने सिलवाललाई नेपाली जनताले सलाम गर्ने पर्छ । उनले गरेको काम,उनको अभियान, साच्चै नेपालको हितको लागी छ भन्दा फरक नपर्ला ।



प्रहरीहरु ब्यावहारीक मुखी हुनु पर्छ भन्ने अभियना नेपाली जनताहरुको लागी राम्रो हैन र ? यसरी समाजमा भएका अपराधहरुलाई न्यूनिकरण गर्ने अभियनामा होमिएका डिआईजी सिलवाललाई राजनितिज्ञहरुले पनि साथ दिनु पर्छ । पैसाको पछि कुद्ने प्रहरी अधिकारीलाई नै चुनौती दिने उनको अभियानमा हामी जनता किन नलाग्ने ? जटिल र गहन प्रकृतिको अपराध अनुसन्धानका लागि स्थापना भएको केन्द्रीय अनुसन्धान ब्युरोमा उनको गरेको कामको प्रसंसा हामीले किन खुलेर नगर्ने ? बीस अर्षअघि ठमेलको रेगी पवमा इटालियन नागरिकको हत्या गरेर भागेका टासी गुरुङदेखि २९ बर्षअघि एघार वर्षीय बालक मारेर फरार भएका विष्णु बहादुर थापा सम्मलाई पक्राउ गर्ने हिम्मत अरुले किन गरेको थिएनन ? र उनकै पालामा पक्राउ कसरी परे ।


‘दण्डहीनताको अन्त्य गर्नु हाम्रो अभियान हो भन्दै प्रहरी संगठनमा लागेका डिआईजी सिलवाल एउटा नमुना प्रहरी उच्च अधिकारी हुन भन्दा फरक नपर्ला । कसैको प्रलोभन,दवाव सम्म नमान्ने उनी साचै नेपालको उदाहरणीय प्रहरी अधिकृत हुन ।

सिलवालले चालेको कदमकै कारण अपहरण,फिरौती असुली, हत्या जस्ता जघन्य अपराध लगभग सून्यमा पुगेको छ । एक अधिकृतले सिंगो प्रहरी संगठनलाई हेर्ने धारणामा परिवर्तन ल्याउन सक्दारहेछन भन्ने प्रमाणका रुपमा डिआईजी सिलवाल जिउँदो प्रमाण हुन । उनी आफैमा स्वच्छ छवि भएको प्रहरीमा गनिन्छन । भविष्यमा प्रहरी प्रमुख हुने हैस्यत राख्छन सिलवाल । प्रहरी संगठन भित्र मात्र नभई नागरिक समाजमा पनि इमान्दार र चुनौतिसंग जुध्न सक्ने क्षमता भएको प्रहरी अधिकृतका रुपमा परिचत सिलवाल निकट भविष्यमा नै प्रहरी संगठनका आइजीपीका एक नम्वरको प्रवल दावेदार मानिन्छ । उनी अहिले सम्म प्रहरी संगठनको हिरो नै हुन भन्दा फरक नपर्ला । यसरी एक जना देशका इमान्दार प्रहरीलाई प्रमुख हुन नदिने नियत राखेर हिड्ने केहि उच्च प्रहरी अधिकृतहरुको ब्यावहार सुध्रियोस्। यदी प्रहरीमा साच्चै परिर्वतन गर्ने हो भने राजनितिमा लागेर हिडेका दल,मन्त्री र नेताहरुले सिलवाललाई आईजीपी वनाउँनुको विकल्प छैन ।
पूर्व वस्दा के के गरे ?

एक वर्ष पूर्व क्षेत्रीय प्रमुख भएर वस्दा जनताको मन जिच्ने काम गर्ने सफल भए । ४ सय ३९ किलोमिटर क्षेत्र खुल्ला सिमाना भएको पूर्व क्षेत्रमा हुने साना हतियार, लागु औषधको कारोवार र चोरी तस्करीवाट हुने सजिलो आम्दानीका कारण हुने अन्य सामाजीक अपराध नियन्त्रण गर्ने सफल भए । लोभ लालचमा नपर्ने डिआईजी सिलवालकै कारण मातहतका घुस खाने प्रहरीहरु समेत सुध्रिका छन भन्दा अहिले पनि अन्यथा हुदैन ।

त्यस भन्दा अगाडी सम्म आर्थिक चलखेल हुने प्रही कार्यलयहरुमा लगभग आर्थिक कारोवार सुन्य जस्तै भएको प्रहरीहरु नै वताउँछन । सिमा अपराध, तस्करी, गुन्डागर्दी लगायतका उपराधहरु नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलको उनले पूर्वी नेपालको ब्यापारीक केन्दं्र इटहरी तथा आसपासका क्षेत्रहरुमा गुण्डागर्दी, तथा दिउँसै लुटपाटको घट्ना हुने ठाउँलाई सुधार्ने उनको मुख्य हात छ । उनको पूर्वाञ्चल आगमनसंंगै पूर्व क्षेत्रमा खास गरी झापा, मोरङग, सुनसरी,सप्तरी र सिरहामा पेशेवर रुपमा संचालित सुपारी तस्करी नियन्त्रणमा आए । नेपाल सरकारले अति संवेदनशिल जिल्लाको रुपमा घोषणा गरिएका सिराहा र सप्तरीमा शान्तीसुरक्षा र अपराध नियन्त्रणमा डिआइजी सिलवालको अहम भूमिका रह्यो ।

जातीय क्षेत्रीय राजनितिकले चर्को रुपमा सडक आन्दोलन देखी सदन आन्दोलन सम्मको कार्यक्रम सार्वजनिक गदै छ यसमा जनताको सुरक्षाको प्रहरीले चलाख्याई गदै पूर्वमा निकै राम्रो भुमिका निर्वाह गरेको सिलवाल नेपाल प्रहरीको प्रमुख भए आम नेपालीहरुले साच्चै शान्तीसुरक्षाको महसुस गर्ने थिए । यसरी राम्रो काम गर्ने प्रहरीलाई सर्मथन गदै प्रहरी आचरण विरुद्ध काम गर्ने प्रहरीको आलोचना गर्नु सचेत नागरीकको कतब्य वन्न जान्छ । यसरी नै जनताको पक्षमा निस्वास्र्थ भावनाले काम गदै आएका सिलवाल भविष्यमा प्रहरी प्रमुख वनेर प्रहरी भित्र र समाजमा लुकेका अपराधहरु वाहिर ल्याउँन यही छ सुभकामना ।

बिहे गर्न आँटेकी युवतीको पछि-पछि दुई युवा (भिडियो)

ताजाखबर। मोडल अनु शाहको बिहे पक्का छ । उनले कार्ड बाँडिरहेकी छिन् । तर, उनका पछि दुई युवक ज्यान फालेर लागेका छन् ।हालै सार्वजनिक अपिल त्रिपाठी निर्देशित म्यूजिक भिडियोमा यस्तै कथा छ । अल्बिन थापाको स्वरमा रहेको ‘हे गोरी’ बोलको गीत सार्वजिक भएको हो जसमा निराजन प्रधान, अनु शाह र सुमनको अभिनय छ । सरोज अधिकारीले छायांकन गरेका छन् भने सुवास अमगाईँले सम्पादन गरेका छन् ।
गीतमा शब्द तथा संगीत कमल खत्रीको छ ।
भिडियो:

No Tension 37 – Nepali Comedy Video



This is new comedy clip on ‘No Tension’ Nepali Comedy Clip series directed by Gyanendra Koirala. All the clips on this series are produced by tvNEPALI. ‘No Tension’ is the collection of new Nepali comedy video where Gyanendra Koirala presents the events, social issues and human behaviour in a funny way. ‘No Tension’ is the status of mind where one generalise own tension and pressure to other and become relief from such kind of pressures. The world is changing day by day. Everyone on the planet is busy to survive in this changing time. So people are getting more and more individualistic and forgot to laugh. We make people to laugh from heart. Some of the video have political satire, but our intention is not to hurt anybody. We want to spread ideas in a funny way and we believe in creative criticism of activities and subject. If we make comedy of anybody like celebrities or political person or players or actors, we focus on subject matter not on individual. So we request all our audience to have fun and take all our videos as a entertainment. We say sorry for any inconvenience made by our videos and stories. Please do not forget to like, comment and share our videos. Uploading and reproduction of our videos are strictly prohibited.

सडक दुर्घटनामा परि भारतीय नागरिकको मृत्यु



मोरङ, १० असोज । बेलबारी–३ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रु बस र भारतीय नं प्लेटको कार ठोकिँदा आज एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७५६१ नं को बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ यु ३४२१ नं को कार ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । दुर्घटनामा कार चालक भारत, सुपौल घर भएका २८ वर्षीय विनयकुमार जैसवालको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बयरवन–९ मा आज बिहान एक महिलाको शव फेला परेको छ । बयरवन–९ स्थित जङ्गलको झाडीमा नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया आर्य मूलकी महिलाको शव फेला परेको इप्रका पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।





जीवन लुईँटेल भन्छन्, ‘भारतमा नेपाली कलाकारले नाम कमायो भने खुशीको कुरा हो’ (भिडियो)

ताजाखबर। नायक जीवन लुईँटेलले बलीउडले आफुलाई बोलाउने आशामा बेला-बेला मुम्बई पुगिरहन्छन् ।
केहि समय अघि मात्र हिन्दी सिरियल ‘कुमकुम भाग्य’को सेटमा पुगेर कलाकार भेटेका लुईँटेले भारतमा नेपाली कलाकारले नाम कमायो भने खुशीको कुरा हुने बताएका छन् ।
उनि बेला-बेलामा अमेरिकामा पनि गईरहन्छन् । उनि अमेरिका जाँदा केहि समय उतै बसेर फर्किने गरेका छन् । यतिबेला उनको फिल्म ‘सुब्बा साब’को प्रचारमा छन् ।
हेर्नुहोस् जीवन लुईँटेलसँगको रमाईलो कुराकानी:



जेटिएको जागिर दिएपनि गर्दैन’- युवा कृषक गोपी यादव



खगेन्द्र दाहाल, नेपालगञ्ज- बाँके बसुदेवपुर वडा नं २५ का ३८ वर्षिय युवा कृषक गोपी प्रसाद यादव गाउकै अगुवा कृषकका रुपमा चिनिन्छन । गोपीले कक्षा ५ सम्म मात्र पढेका छन । घरको आर्थिक अवस्था कमजोर भएकाले ५ कक्षा भन्दा माथि चाहेर पनि पढ्न पाएनन्, । दैनिक ज्याला मजदुरी गरेर घरमा साझ विहानको छाक टार्ने कृषक यादव विस्तारै तरकारी खेती गर्न थालेपछि अवस्था नै फेरीएको छ । शुरुमा त उनले २०५८ सालमा ५ धुर जमिनमा तरकारी खेतिगर्न थाले । त्यहि ५ धुर जमिनमा लगाएको तरकारीले यादवलाई विस्तारै व्यवसायिक बन्न सिकायो । तरकारी खेती गर्ने क्षेत्रफल बढाउदै लगेका कृषक यादवले हाल १० कठ्ठा क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्ने गरेका छन ।तरकारी खेती गर्नु पुर्व कृषक गोपीले ज्याला मजदुरी सगै भैसी पनि पाल्ने गर्दथे । दुई वटा भैसी पालेका थिए उनले । भैसीलाई रोग लाग्दा उपचार गर्न नसक्दा दुवै भैसी म¥यो । भैसीमा लगाएको लगानी सबै डुवेको उनि बताउछन । गोपी यादवलाई भैसी नफापेपछि पाल्न छाडेर विस्तारै थोरै लगानि बाट तरकारीखेतीगर्न तर्फ लागेका हुन । पहिले सानो क्षेत्रमा तरकारी लगाउने कृषक गोपी ६५ साल देखी उनको व्यवसायिक तरकारी खेती गर्नमा रप्तार बढाए । एक्कासी ५ कठ्ठा क्षेत्रफल भन्दा बढिमा तरकारी खेती गर्न थाले त्यसमा पनि सफल भएपछि उनले अहिले १० कठ्ठा क्षेत्रफलमा तरकारी लगाउछन । युवा कृषकको रुपमा बेग्लै पहिचान बनाएका कृषक गोपीको बारीमा बाह्रै महिना तरकारी फल्छ । तरकारी खेतीमा गएर काम गर्न उनलाई आनन्द आउछ ।

तरकारी खेती गर्दा धेरै खुसी लाग्ने गरेको छ उनि भन्छन्, ‘मलाई जेटिएको जागिर दिए कसैले भने पनि गर्दैन तरकारी खेती मात्रै गर्छु ।’ गोपीलाई एक सस्थाले कृषि प्रावधिकको रुपमा काम गर्न भनेर प्रस्ताव आएको हो तर जागीर भन्दा तरकारीमा बढी फाइदा हुने देखेर जागिर खान मानेनन्, । पढाई कम भएपनि कसैभन्दा कम नभएको अनुभुति गराउन सफल छन युवा कृषक गोपी यादव । उनि राधा कृष्ण कृषि सहकारी सस्थाको अध्यक्ष्य भएर सस्था समेत चलाइरहेका छन । गोपीले तरकारी खेती सम्बन्धि आफु पनि थुप्रै तालिम लिइसकेका छन । हिजो आज विभिन्न कृषक , कृषक समुहहरुलाई तरकारी खेती सम्बन्धि तालिम दिन थालेका छन ।

उनले तालिम लिएरै एग्रोभेट पनि आफै खोलेका छन गाउँमा । कृषक गोपी यादवले जेटिएको जागिर पाएर पनि त्यसै छाडेका भने होइनन । उनि भन्छन जेटिएको जागिर भन्दा मैले तरकारीबाट बढी कमाउछु भने किन गर्ने ? अहिले कृषक गोपीले केहि नभएपनि तिन महिनामा १ लाख चोखो बचत गर्छन । यसरी हेर्ने हो भने उनले बार्षिक ४ चाख तरकारी उत्पादन गरेरै कमाएको देखिन्छ । कृषक गोपीको घरमा ८ जनाको परिवार छ । बहिर बाट तरकारी किनेर खादा विषादी हालेको धेरै पाइने भएकाले पनि आफै आग्रेनिक तरकारी फलाएर आफु पनि खाने र अरुलाई पनि खुवाउने गरेको बताउछन ।