सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सक्रियता बढायो
12:29 AM
Loading...
नेपालगञ्ज २३ असोज । चाडपर्वमा हुने सवारी चापका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सक्रियता बढाएको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार ट्राफिक प्रहरीले चेकिङ बढाएको जनाएको छ । ट्राफिक प्रहरीको नियमित चेकिङ तथा ट्राफिक नियम पालना गर्न र गराउन सरोकारवालाले निभाएको भुमिका कारण अहिले सवारी दुर्घटनामा कमी आएको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा सवारी जाँचका साथै सचेतनामुलक कार्डहरु बितरण गर्दै यात्रालाई सुरक्षित बनाउन आग्रह गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
0 comments